गोविनद बस्नेत
धरान/नयाा बस्ने संविधानमा मगर जातिको पहिचानलाई स्थापित गराउने उद्देश्यले धरानमा जिल्लास्तरीय हुर्रा नाच कार्यक्रमको आयोजना गरिएको छ ।
धरान १५ सदन उच्च माविको प्राड्रणमा भएको हुर्रा नाच कार्यक्रममा सुनसरी र धनकुटाका मगर जातिहरुले आफ्नो मौलिक हुर्रा नाच प्रतियोगिताको आयोजना गरेका हुन् ।
जातीय संस्कृतिलाई अब बन्ने संविधानमा उल्लेख गर्न दबाब दिनुका साथै नया पुस्तालाई समेत मगरहरुको जातीय संस्कृतिको विषयमा जानकारी गराउने उद्देश्यले प्रत्येक बर्ष धरानमा हुर्रा नाच कार्यक्रमको आयोजना
गरिएको नेपाल मगर संघ धरान नगर समितिका अध्यक्ष चित्र थापा मगरले जानकारी दिनुभयो ।
उहाले नयाा पुस्ताले आफ्नै संस्कृतिलाई विर्सदैगएकोले २०६५ सालदेखि प्रत्येक बर्ष जिल्ला स्तरीय हुर्रा नाच प्रतियोगिताको आयोजना
गरिएको भएपनि यसपटक भने प्रतियोगितात्मक नभई कार्यक्रमको आयोजना गरिएको उहाले जानकारी दिनुभयो ।
प्रतियोगितामा धनकुटाका विभिन्न गाविस र सुनसरीका विभिन्न गाविसका गरी २ सय भन्दा बढी मगर जातिहरुले हुर्रा नाचेका छन् । हुर्रा नाच कार्यक्रममा बुढापाका, युवा र युवा पुस्तको उत्तिकै उपस्थिति रहेको देखिएको थियो ।
त्र
