बकम्फुसे निधी
राजिन्दर महतोसँग भिड्दा आफै उत्तानोचित्त परेर वल्लो घाट न पल्लो तिरका भएका बुढानिलकण्ठे काजीका सबैभन्दा विश्वासिला पात्र विमलेन्द्र निधीले भन्या काम चलाउ राष्ट्रपतिले राष्ट्रिय सभाका तीन जना सदस्ये मनोनित गर्न पाउँदिनन् रे । बोल्नेलाई भन्दा सुन्नेलाई कुरी कुरी लागेर आउने कुरा विमलेन्द्रले किन बोल्या होलान् ? अर्काको आङ्गको भैसी देख्ने तर आफनो आङको जुम्रा देख्ने भन्या यही हो । काम चलाउ पर्धानमन्तरीलेचाहिँ तीनजना सिफारिस गर्न हुने अनि काम चलाउ राष्ट्रपतिलेचहिँ मनोनित गर्न नहुने ? आषाढदेखि नै बुढानिलकण्ठे काजी पनि त काम चलाउ थे नि । उन्लेचाहिँ भटाभट रेकर्ड तोडेर निर्नय गर्न, नियुक्ति गर्न हुने अरुलेचाहिँ
नहुने ? बोल्दा नि भाँति पु¥याउनु पर्छ नि । जग हँसाउने गफास्ट त दिनु भएन नि ।
स्याल र सिंहको भीडन्त
काँग्रे ससदीय दलको नेता को भन्ने भनेर यसपटक रोचक भीडन्त हुने भएको छ । बुढानिलकण्ठका स्याल र क्षेत्रपाटीका सिंहबीच भिडन्त बडो रोचक हुने भएको छ । हुन त स्याल बडो चतुर छ । पद भनेसी चप्रासीको समेत नछोड्ने स्वभावको छ । पार्टी भाँडमा जाओस कि कार्जेकर्ता भाँडमा जाओस पद बिना टिक्नै सक्दैनन् । होटलको बासदेखि हरिया घाँससम्म हालेर जोइटिंग्रे सासदहरुलाई आÏनो बसमा पार्न नन्दी भृंगी परिचालित गर्न खप्पिस छ । तर क्षेत्रपार्टीका सिंह उही गर्जिन र झम्टिन मात्र जान्ने हो । गर्जिएर र झम्टिएर जोइटिंग्रे सांसदहरु साइड लागिहाल्छन् । आखिरी अहिलेको दुनियाँ चतुरहरुकै नै हो । त्यसै हाँस्य व्यंग्यकार भैरव अर्यालले त्यसै लेख्या होइनन् चोरी चकारी नगरे चतु¥याई हुन्न, दंगा फसाद नगरे इज्जतै रहन्न । क्या गजब लेख्या छन् अर्यालले ।
जनयुद्ध भन्दा ठूलो
मान्छेको मति बिग्रिएपछि कसैले सम्झाएर, सिकाएर, अह्राएर नहुँदो
रै’छ । त्यसैले बुढापाकाहरु भन्ने गर्थे विनाशकाले विपरीत बुद्धि । अब अहिले माउवादी केन्द्रका अध्येक्षे प्रचण्डाउलाई हेर्दा पुग्छ । झालेमालेका अध्येक्षे खप्रओले के गोटी सुँघाइद्या छन् कुन्नि उनको मथिंगल एमालेमय भा’छ । उखान टुक्का मात्र ओली मार्न खप्रओ पोख्छ रै’नछन् । टुनामुनामा पनि त्यस्तै रै’छन् । नत्र प्रचण्डाउ जस्ता चतुर छलाङ्ग मार्ने नेता टोलाएर बस्ने थेनन् । अस्तिका दिन प्रचण्डाउले झालेमालेसँग पार्टी एकता जनयुद्ध भन्दा ठूलो उपलब्धी हासिल भएको भन्दै भाषन ठोकेछन् । उन्का कार्जेकर्ताहरुले प्रचण्डाउलाई प्रश्न गर्न थाल्या छन् झालेमालेसँग मिल्नुभयो भने जनयुद्ध किन ग¥या ? किन त्यतिका मान्छे सिध्याएको ? किन यत्तिका
संरचना नाश ग¥या ? तर झालेमालेको टुनामुनाले एकोरिएका प्रचण्डाउलाई जाबो त्यस्ता प्रश्नले केही लछारपाटो लगाउनवाला छैन । सुत्दा उठ्दा हरेक समय प्रचण्डाउ झालेमालेकै गायत्रीमन्त्र जाप गर्छन् ।
पुत्ला दहन
विचरा पर्धानमन्तरी खप्रओलाई कम्ता टेन्सिन छैन । पर्धानमन्तरी भएको दुई साता वित्दै उन्लाई सतिको दशाले छोएछ कि क्या हो ? अब हेरौ न एकातिर पर्धानमन्तरीले बालकोटमा आफ्नो ६७ औं जन्मदिन धुमधामसँग मनाइरा’ थे अकोतिर देशैभरि उन्का पुत्लामा आगो झोसिदै थियो । त्यसरी आगो झोस्ने कामचाहिँ नेत्रविक्रम चन्दका कार्जेकर्ताले ग¥या थे । आगोमात्र झोसेको भए त केही थिएन खप्रओलाई भएभरको
राजनैतिक गाली समेत गर्न भ्याए । दलाल रे, ससदीय भासमा भाएिको नक्कली कम्निष्ट रे, दािणपन्थी रे, सामन्तवादको प्रनिनिधि रे । अरे वाफ रे वाफ † हैन हौ त्यस्ता राजनैतिक गाली कहाँबाट सिक्या होलान् । चन्दका कार्जेकर्ताले खप्रओको पुत्ला जलाएर खै के उखडिएका जस्तो छैन । पहिला पहिला गिर्जाउको पुत्ला झालेमालेले पनि कम्ता जलाका थेनन् । पुत्लामात्र जलाका हुन् र ? विधि पु¥याएर १३ दिन सम्मको कार्जेक्रिया गरेर पिण्ड समेत लडाएका थिए , तर गिर्जाउ लामै समय बाँचे अनि सत्तैमा बसे । पुत्ला जलाउँदा उल्टो हुन्छ कि क्या हो ?
फोरमका चार सर्त
संघीय समाजवादी फोरमका अध्येक्षे उपिन्द्र जादव पनि खुंखार खेलाडी नै
रै’छन् । पहिला पहिला झालेमालेलाई फुट्या आँखाले हेर्न सक्दैनन थिए । एमाले मुक्त मधेश बनामछम भनेर खोक्थे । तर अहिले झलेमालेका अगाडि सर्पलाई विन बजाए जस्तै लल्याकलुलुक भा’छन् । भित्रभित्र खप्रओले सरकाराँ लगिदिए हुन्थ्यो भनेर छट्टपट्टिएका छन् । आखिरी उपिन्द्र जादव भन्या मनै कालो, मुखै कालो, पेटै कालो भा’ मान्छे त हुन् । राजनीतिको कखरा पढ्या कस्लाई थाहा छैन ? खप्रओके सरकारमा जान खुट्टा उचालेर बस्या गन्ध खप्रेओले नपाउने कुरै भेन । त्यसैले
बारम्बार फोरमलाई सरकाराँ ल्याउनुपर्छ भनेर खप्रओले फलाक्नुको राज त यो पो रै’छ । बाहिर बाहिर आनाकानी गर्ने भित्रभित्र चाहिँ कोल चाटने प्रवृत्तिका उपिन्द्रले आफ्ना कार्जेकर्ता, मधेशका मतदातहरुलाई स्वागत बनाउन एउटा गतिलकै उपाय निकालेछन ्। सरकारमा जान चारवटा सर्तराखेछन् । तिन्ले राख्या सर्तमा २२ बुँदे सम्झौताको कार्यान्वयन, संविधानको धारा २७४ को उपधारा ७ मा संसोधन, संघीय सिमांकन आयोग गठन सम्बन्धी प्रस्ताव राख्ने, प्रदेश नं. २ को सरकारमा एमालेको सहभागिता । जाबो त्यस्ता माग खप्रओले चुड्कीको भरमा ओके गरिदिन्छन् ।
आन्दोलन चर्काउने रे
अब नेप्लिज काँग्रेस सरकार र
राष्ट्रपति विरुद्ध आन्दोलन गर्ने रे । काँग्रेसको आन्दोलन भनेको पानीमा छोडेको अपानवायु जस्तै त हो । नेपालाँ आन्दोलन गर्नु भन्या ढुंगा, मुढा, चक्काजाम हो । अब काँग्रेसले यस्ता कामै गर्न सक्दैन । ढुंगा, मुढा चक्काजाम नगरे सरकारले देख्नु त परै जाओस सुन्दा नि सुन्दैन । एघार महिना टन्न खाएर सुत्ने, १२ औ महिनामा आफू भन्दा ठूलो झण्डा बोकेर निर्वाचनमा जने गरेसी कस्ले पत्याउँछ ? आन्दोलन नि के का लागि रे भन्दा
राष्ट्रपति र सरकारका विरुद्धमा रे † भष्टाचार, गुण्डागर्दीका विरुद्धमा भए तै तै अरुले नि सोच्थे होलान् । सरकार र
राष्ट्रपतिका विरुद्धमा के भनेर आन्दोलन गर्ने ? झालमाले र माउवादीले मात्र डकारे, हाम्लाई दिएन, हाम्ले नि पाउनुपर्छ भनेर सडकाँ उफ्रने ? अघि राँड मनिन, पछि राँडले जानिन बाघ लाग्यो घिच्याउन राँड लागि चिच्याउन भन्या यही हो । पार्टीभित्र चैतेहरुलाई हालीमुहाली गर्न देसी’ सिद्धिएन ?
छाया“ सरकार बनाउने रे
पानी बिना माछो भट्याक भट्याक गरेर छटपटिएजस्तै यतिबेला नेपाली काँग्रेस सत्ताबाट हँचेट भएसी भट्याक भट्याक गरेर छटपटिन थाल्या छ । अब सत्ताको असली स्वाद चाख्न नपाए पनि नक्कली स्वादका लागि नेप्लिज काँग्रेसले छायाँ सरकार बनाउने रे । मति बिग्रेसी खति हुन्छ भन्थे हो कि क्या हो ? हैन छायाँ सरकार किन बनाउनु प¥यो हँ ? न छायाँ
सरकारको मन्त्रालय हुन्छ, न सुविधाका गाडि हुन्छन् न आवास हुन्छ, न सुरक्षाकर्मी सहितको गार्ड हुन्छ सबै कुरा छायाँ जस्तै हुने भएसी छायाँ सरकार बनाएर दुनियाँ किन हँसाउनु ? अब छायाँ सरकार गठनमा पनि काँग्रेसभित्र लफडाबाजी शुरु होला जस्तो छ । छायाँ सरकारको पर्धानमन्तरी समेत स्यालबहादुरले अरुलाई देलान् जस्तो छैन । पद भनेसी जस्तोसुकै होस् स्यालबहादुरले अरुका पोल्टामा पर्नै दिँदैनन् । अब पाँच बर्ष छायाँ सरकारको भए नि स्यालबहादुर पर्धानमन्तरी बन्ने भए । घण्टाघरको अग्रिम बधाई ।
लफडा मिल्यो
माउवादी केन्द्र र झालेमालेबीच पार्टी एकताको लफडा मिलेको छ । एउटै धर्म, एउटै जात, एउटै भाषा, एउटै सँस्कृति भएर नि माउवादी र झालेमाले अलग अलग बस्नु पर्दा दुबैलाई असह्य पीडा भा’थ्यो । अब त्यो लफडा टुंगोमा पुग्या छ । पहिला पहिला झालेमालेले जनताको बहुदलीय जनवाद छोड्दै नछोड्ने र माउवादीले माउवादी समाइ रहने अड्डी कसेपछि दुबैकीचमा मिलन होला कि नहोला भन्ने आशंका भा’थ्यो अन्तेमा दुवैले आ–आफ्नो मूल सिद्धान्त बनाएसी दुवै दलका अध्येक्षेले सात बुँदामा सिग्नेचर घस्काए । दुवैले ग्वाम्लाङ्ग अंगाालो हाले । झालेमालेलाई सरकाराँ बहुमत चाहिया यो भने माउवादीलाई सिद्धिनुबाट जोगिनु
थ्यो । घ्यु बेचुवा र तरवार वेचुवाको कुरा हाललाई मिल्या भनी दिगो होला भन्नेमा घण्टाघरलाई चाहिँ शंंकै छ । कि कसो हौ ?

