इटहरी÷ रु ५० मा भरपेट खानामात्र होइन एक बोतल शिल प्याक खानेपानी समेत पाइने गोरखा डिपार्टमेन्ट स्टोरको गोरखा किचन आम सर्वसाधारणका लागि यतिबेला बरदान नै सावित भएको छ ।
हुन त स्वच्छता, स्वाद र शुद्धता गोरखा किचनको विशेषता नै भएको छ । अर्काको सिटी सफारी भाडामा सञ्चालन गर्दै आएका खनारका राजेश चौधरी सोमबार गोरखा किचनको आरामदायी टेबल कुर्सीमा बसेर खाना खाइरहेका थिए । रु ५० मा दात, भात, तरकारीर अचारसँगै भरपेट खाना खाने उनीमात्र हैन कम आम्दानी भएका अरु पनि थुप्र थिए । गोरखा किचनले कम आम्दानी भएकाहरुका लागि भरपेट खाना रु ५०, चिकेन खाना रु ९० मा विगत केही बर्षदेखि उपलब्ध गराउदै आएको छ ।
पारिवारिक वातावरण रहेको किचनले राम्रो आम्दानी भएकाहरुलाई लक्षित स्वादिष्ट थकाली खाना समेत उपलब्ध गराउदै आएको छ । मुस्ताङको चामल, मुस्ताङकै दाल, टिम्मुरबाट बनाइएको अचार, स्वच्छ चिकेन, मटनको स्वाद अनुसारको परिकार, आÏनै गोरखा डेरीबाट उत्पादित दूध, दही, घ्यू आदिले दैनिक गोरखा किचनमा ठूलो संख्यामा ग्राहकहरु पुग्ने गर्दछन् । दैनिक बढ्दो मूल्य वृद्धिका कारण बजारका अन्य होटलहरुमा खाना खाँदा साधारण खानाको १ सय २० रुपैया पर्छ भने चिकेन र मटन सहितको खाना २ सय ५० देखि ३ सय सम्म पर्छ । बजारको खानामा शुद्धता पाइदैन तर गोरखाको खानामा शुद्धता पाइन्छ , काम विशेषले विराटनगर हिडेका बेलबारीका सरोज राईले भन्नुभयो । स्वच्छता, स्वाद र शुद्धतामा हामी कुनै सम्झौता गर्दैनौं गोरखा डिपार्टमेन्ट स्टोरका सञ्चालक बलराम आचार्यको कथन छ ।
पूर्वाञ्चलमै गोखा बेकरीको उच्च माग
गोरखा डिपार्टमेन्ट स्टोरबाट उत्पादन भएको विभिन्न स्वादका गोरखा वेकरीको माग पूर्वाञ्चलमा ह्वात्तै बढेको छ । आफनै गोठको सुद्ध गाई वस्तुको दूध, घ्यूबाट दर्जनौ प्रकारका मिठाइ र वेकरीको माग धान्न धौ–धौ पर्न थालेको स्टोरका सञ्चालक बलराम आचार्यले बताउनुभयो । बेकरीमा सुजी पप, कोकोनट विस्कुट, हेल्दी ब्रेड, गोरखा कोकोनट, फुट केक, ब्लाक फरेस्ट भेनिला पेस्टी, पाइनापल पेष्टी, गोरखा कुकिज, सुजी टेष्ट, चटपट विस्कुट, क्यावरी रोल, जाम रोल, टिफिन केक, तिल विस्कुट, वर्थ डे केक, आदि रहेका छन् । हाल आफूले उत्पादन गरेका मिठाई र बेकरी डिपार्टमेन्ट स्टोरले इटहरी र विस्तारित शाखा विराटचौकबाट ग्राहकहरुलाई उपलब्ध गराइरहेको छ भने इनरुवा, झुक्का, धरान, दुहवी, विराटनगर, पथरी, बेलबारी, उर्लाबारी, दमक लगायतका स्थानमा समेत सप्लाई शुरु गरेको छ ।
धरानमा गोरखा फागुनदेखि सञ्चालनमा आउने
धरान÷अब गोरखा डिपार्टमेन्ट स्टोरका धरान तथा पहाडी क्षेत्रका ग्राहकरुले आफूलाइ चाहिने जुनसुकै प्रकारका सामानहरु खरिदका लागि इटहरी पुग्नु नपर्ने भएको छ । पूर्वाञ्चलकै प्रतिष्ठित एवम् ब्राण्डेड गोरखा डिपार्टमेन्ट स्टोरले आगामी फागुनदेखि पाँचौ शाखा धरानबाट शुरु गर्ने भएपछि धरान तथा पूर्वी पहाडी जिल्ला धनकुटा, तेह्रथुम, संखुवासभा, भोजपुर, ओखलढुंगा सम्मका ग्राहकहरुले अब इटहरी पुग्नु नपर्ने भएको हो ।
गोरखा डिपार्टमेन्ट स्टोरका सञ्चालक बलराम आचार्य भन्नुहुन्छ, हाम्रो योजना अनुसार समयमै भवन निर्माणको काम सम्पन्न हुन नसक्दा एक बर्ष अगाडि सञ्चालनमा आउनु पर्ने थियो त्यो हुन सकेन । तर अब फागुनदेखि सञ्चालनमा ल्याउने योजना छ आचार्यले भन्नुभयो । निर्माणाधीन गोरखा डिपार्टमेन्ट स्टोर अत्यन्तै सुविधा सम्पन्न हुने स्टोरका म्यानेजर श्रीप्रसाद गौतमले बताउनुभयो । फागुनदेखि सञ्चालनमा आउने डिपार्टमेन्ट स्टोरमा पार्किङ्गको समुचित व्यवस्था, दुईवटा मुभी हल, दुईवटा सेमिनार हल, एक वैकेट र एकै पटकमा पाँचसयले खान खान सक्ने क्षमताको किचेन रहने सञ्चालक आचार्यले बताउनुभयो । गोरखा डिपार्टमेन्ट स्टोर इटहरीमा हाल चार लाख ५० हजार प्रकारका ग्राहक लक्षित सामानहरु
रहेका छन् । त्यति नै परिमाणका सामान धरानमा समेत रहने भएपछि ग्राहकहरुले हरेक सामानका लागि चौतफी भौतारिनु पर्ने अवस्था नरहने बताइएको छ ।
गोरखाको पा“चौ तला जन्मेदेखि १५ बर्षसम्मका नानीहरुको संसार
गोरखा डिपार्टमेन्ट स्टोरको पाँचौ तलाको विशेषता नै बेग्लै छ । नानीहरुका लागि स्वदेशी तथा विदेशी ब्राण्डका आकर्षक कपडाले अभिभावक र बच्च दुवैको मन लोभ्याउँछ । खास गरी भर्खर जन्मिएका बच्चादेखि १५ बर्ष उमेरका बच्चाहरुका कपडा, आकर्षक खेलौना, स्टेशनरीका सामान, स्कुल व्याग आदि खरिद गर्न उक्त तलामा विहानैदेखि ग्राहकको भीड लाग्ने गरेको छ । जाडोका समयमा न्याना लुगा र गर्मीका लागि अत्यन्नै हलुका कपडा छान्नेहरु तँछाडमछाड गरिरहेका हुन्छन् । झापाको सुरुङ्गा २ बाट आएकी अस्मिता शिवाकोटीले सोमबार झण्डै दुई घण्टा लगाएर दुई जना नानीका लागि कपडा किनेको बताइन् । जुन हे¥यो त्यही राम्रो लाग्छ, हल्का र सस्तो समेत भएपछि नकिनी त मनै थामिएन । उनीसँगै रहेका पति अर्जुन उप्रेतिले भने श्रीमति लिएर हिँड्नै अप्ठेरो । जे देख्यो त्यही किन्छन् । पतिले यसो भन्दा उनी खित्का छाडेर हाँस्दै थिइन् ।

