धरान÷ तस्करी गरी लुकाइराखेको अवैध काठ सहित धरान–१७
रेल्वेबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानको टोलीले धरान–१७ का इन्द्रबहादुर मगरलाई ६ किवि ८ फुट सालको काठ सहित पक्राउ गरेको हो । झ्याल ढोकामा प्रयोग हुने साइजको ५ फुट तथा ६ फुटको सालको काठ मगरको घरबाट बरामद भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी रामेश्वर पौडेलले बताउनुभयो । सुराकीको आधारमा शुक्रबार राती मगरको घरमा छापामारी सो काठ वरामत
गरिएको डिएसपी पौडेलको भनाई छ । मगरको घरको वरन्डामा लुकाइ
राखेको अवस्थामा काठ फेला परेका डिएसपी पौडेलले वताउनुभयो ।
पक्राउ परेका मगर र काठ आवश्यक कारबाहीको लागी सेक्टर वन कार्यालय धरानमा बुझाइने डिएसपी पौडेलले जानकारी दिनुभयो । प्रक्राउ परेका मगरले आफु टेम्पो ड्राइभर भएको र आफुलाई कसैले फसाउन घरमा काठ ल्याएर राखिदिएको बताए ।

