घण्टाघरबाट हेदा

संसदमा कुस्ती
हैन हौ हाम्रा घिचुवा सांसदहरुलाई सविधान बनाउन पठाइइा हो कि कुस्ती खेलेर च्याम्पिन बन्न हा ? बाल मतलब नराखी
राज्यको ढुकुटी हसुरेर नौटंकी देखाएर नपुगी अव त ससदमै कुुस्ती पो भिड्न थालेछन् । अब हाम्रा सभासदहरुले आगामी वर्डकपमा कुस्तीबाट भाग लिने पक्का भएको छ । यसको दह्रो रिहर्सल अस्तिका दिन उनेरले गरेरै दखाइदिए ।
राप्रपा नेपालका कार्जेकर्ता, कााग्रेस–एमालेका कार्यकर्ता जस्तै गरेर सभासदहरु पाखुरा सुर्कदै होहल्ला मच्चाउादै एक अर्कामा जाइलागे । घरेलु मन्तरी बाउदेउ गौतमले हिन्दु
राज्येको माग गर्दै अनसनमा बसेका जोगी सन्यासीलाई पक्राउ गरी तितरवितर बनाउने निर्देशन पुलिसलाई दिनु नै संसदमा कुस्तीको शुरुवात भएको रै’छ । उनीहरु पाखुरा सुर्किएर एक अर्कालाई पछार्न मात्र अगाडि सरेनन् थुतुनोमा आएजति आमा चकारी गाली समेत गर्न भ्याए । कुस्तीका एम्पाएर सुचनेले बारम्बार सिठ्ठी फुकेछन् । मान्ने भे’ पो ? अन्तमा उन्ले खेलै बन्द गर्ने घोषना
गर्नुपरेछ ।  जे होस् हाम्रा सभासदहरुले संविधान नबनाए पनि कुस्तीमा चाहिा वल्र्ड च्याम्पियनको लक्षण देखाएका छन् । यसलाई सबैले शुभ संकेतकौ रुपमा लिएका छन् ।
दन्त बझानमा खप्रओ माकुने
जुन गोरुको सिङ छैन त्यसैको नाम तीखे भनेर त्यसै भन्या हैन । अस्तिका दिन माकुन्याउले खप्रओलाई भन्नु भने ।  हुन त माकुन्याउको काम अब भन्ने त हो नि । केही दिन यता माकुन्याउ खप्रओलाई अलि बढी नै थुतुनो चलाएर मज्जा लिन थाल्या छन् । नवौ महाधिवेशनमा ओलीबाटै पछारिएका माकुनेले ओलीका यस्तै गतिविधि भइरहे पार्टीमा विग्रह आउने चेतावनी दिएछन् । सहमतिका साथ अघि बढ्ने आग्रहलाई कमजोरी ठाने भयंकर भुल हुने माकुनेले चेतावनी दिएको देख्दा घण्टाघरलाई पनि कुरी कुरी लाग्या छ । झालेमालेको
औपचारिक बैठकमा खप्रओलाई घुक्र्याउन माकुने कार्जेकर्ताको पंक्तिमा बसेछन् । मञ्चमा बस्न बारम्बार आग्रह गर्दा पनि उन्ले केटाकेटीको जस्तै गरी मुन्टो बटारेछन् । माकुनेमा नानी जस्तै घुक्र्याउने बानी पनि रै’छ  यतिबेला कसैले बाल मतलब नै
नगरेपछि मन त्यसै त्यसै औडाहा भएर आउादो हो । सब बख्त बख्त कि बात है ।
लुरे बाउराम
जिल्लातिरै सीमित हुनुपर्ने मान्छेलाई मैले केन्द्रमा ल्याएर महत्वपूर्ण पद दिएा भनेर एकाताका माउवादी अध्येक्षे प्रचण्डले धेर्रै ठाममा भाषन गर्‍या थे । त्यत्रो विद्वान मान्छेलाई प्रचण्डाउले के भन्या होलान् भनेर घण्टाघरलाई त्यसबेला कम्ता खुल्दुली भएको थिएन । समय वित्दै जाादा प्रचण्डाउले भन्या कुरा सबै सही रै’छ । किताबको हरफ पढेर विद्वान भएर के गर्नु ? लुर नभएसी । राजनैतिक विवाद समाधान समितिको संयोजक बनाएर गाडी, घोडा, तेल, भत्ता सबै लुरे बाउरामलाई दिइयो । यिन्ले त उल्टो समझदारी भन्दा असमझदारी बढाइदिए । सहमतिको ‘स’सम्म गर्न सकेनन् । के के न नापौला झौ गरेर विद्रोही समूहसाग वार्ताको नौटंकी गरे । आखिरी जसरी पनि राज्येकोषकै दोहन ।
रिसोर्ट महिमा
हाम्रा नेता तथा सभासदहरुलाई हिजोआज संसद भवनभन्दा रिसोर्ट प्यारो लाग्न थाल्या छ । अस्तिका दिन पनि उनीहरुको  गोकर्ष रिसोर्टमा पुगे । आवासीय वार्तामा जुटे । पहिला त रिसोर्टमा के खाने भन्ने कुरैमा उनीहरु बीचमा विवाद भएछ । पछि खाने कुरा र सुत्ने कुरामा बल्ल तल्ला सहमति गरेछन् । भोलिपल्ट बेलुकाको ह्याङ–ओभरले अबेरसम्म पसारिएर उनेरले भुसुक्कै बिर्सेछन् । गोकर्ण
रिसोर्टको वार्ताको प्रगति विवरण सून्य भए पनि लाखौ रुपैयाा राज्येकोषबाट व्यहोरियो । संविधान नबनाए पनि जन्ताले तिरेको करको भने नेता र सभासदले राम्रै सदुपयोग गर्‍या
छन् ।
साँढेको राजकानी
नेपालमा सविधानसभाबाट बनाउने भनिएको संविधान र कोसौ परसम्म सााढेको राजकामी झर्ला र खाउला भनेर पछि लागेको स्यालको कथा उस्तै उस्तै भएको छ । न सााढेको पछिल्तिर झुण्डिएको
राजकानी झरोस र स्यालले पाओस न नेताहरुले संविधान बनाउााछन् र नेपालीले पाउाछन् । पहिलो संविधानसभाबाट पनि संविधान
झरेन र दोस्रोबाट पनि झर्ने छााटकााट नै छैन । पहिला नेपाली जनतालाई के के न झारौला झौ गरेर नेताहरुले भाषण ठोके अब यतिबेला सबैलाई उनीहरु गुएालाको फूल देखाउदै छन् । देशभित्रै जाबो एकथान संविधान लेख्न नसक्ने नेताहरु भन्दा क्रिकेटका खेलाडी नै ठीक । उनीहरुले विदेशमा गएर पनि चयाम्पिएनसीप त जिते ?
हातलागी शून्य
नयाा संविधान मार्फत राज्यको पुनसंरचनामा यतिबेला तीन दलका लाउकेहरु माथापच्चीमा लागेका छन् । कााक्राजस्ता चीरा भएको देशलाई टुक्रा टुक्रा बनाएर मादल बजाउन खोज्नेहरु यतिबेला कक्रिएका छन् । विदेशी राजदुतहरुले नेपालमा संघीयता आवश्यकता नै छैन, बनाए पनि बढीमा चार प्रदेशमात्र बनाउनु भनेर नेताहरुलाई अर्ति दिएछन् । विदेशीको अर्तिले यतिबेला सबै भन्दा बढी अप्ठेरोमा प्रचण्डाउ पर्‍या छन् । जातजातिको नाममा १४ वटा सम्म प्रदेश बनाइदिन्छु भन्दै विभिन्न मोर्चाको नेता बने । अब विदेशीको भनाई नमानौ भने भोलिका दिनमा प्रचण्डाउ सधौ सडकमा मानौ भने मोर्चाका कार्यकर्ताले नै सडकमा पुर्‍याइदिने । कम्ता अप्ठेरोमा पुग्या छैनन् प्रचण्डाउ । दु:ख पाइस मंगले आफ्नै ढंगले भन्या यही हो । प्रचण्डाउ बढी बाठा भएकै कारण ओरालो लाग्ने क्रम जारी छ । अब त प्रचण्डाउको घुर्कीलाई सबैले उडाइदिन थाल्या छन् ।
हावादारी गफ
खप्रओको आर्शीवादले सडकबाट क्याविनेट मन्त्री बनेका महेश बस्नेतले अस्तिका दिन
धरानमा आएर फुइा लगाएको देख्दा नयाा जोगीको याद आयो । धरानमा आएर उन्ले भने ५० हजार युवालाई रोजगारीको व्यवस्था गर्दैछु । बस्नेतभन्दा अगाडिका मन्त्रीहरुले पनि त्यस्ता अपानवायुजस्ता गफ कति चुटे कति । हैन हौ यिन्ले
कसरी ५० हजार युवालाई रोजगारी दिन्छन् हा ? भएका उद्योग धन्दा यिन्कै नन्दीभृंगीहरुले चल्न दिादैनन्, कतिपय बन्द भइसके, नयाा उद्योग खोल्ने छााटकाट छैन । अनि जथाभावि हावादारी गफ गरेर हुन्छ ?
अन्तेमा
हाम्रा पर्धानमन्तरी सुशिल दा’साग सुर्खेत तिरका सुकुम्बासीहरुले जग्गा र जग्गाको धनीपूर्जा मागे छन् । ती सुकुम्बासी पनि सुझ न बुझ देउराली पुज जस्ता छन् । विचरा दा’ आफै संग जग्गा र जग्गाको धनीपूर्जा छैन । अनि उन्ले सुकुम्बासीलाई कहााबाट दिउन् ? जोसाग जे छ त्यो साग त्यही माग्नुपर्छ । जोसाग केही छैन ऊसाग कसरी माग्न सक्या होलान् ? बरु दा’साग तीनवटा मोवाइल थियो । बरु त्यी मोवाइल माग्या भए दा’ले खुरुक्क दिन्थे । त्यसैले अब माग्दा पनि होस
पुर्‍याएर, सोच विचार गरेर पो माग्ने हो कि ?

तपाईको प्रतिक्रिया