साास्कृतिक नगरी जनकपुरपमा स्रस्टाहरुको जमघट

राजधानी बाहिर रहेका साहित्यिक स्रष्टा र साहित्यिक गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले गत शुक्रबार जनकपुरमा वृहत जनकपुर सास्कृत नगरी कार्यक्रम सम्पन्न भएको छ ।
भारतीय राजदुतावास बीपी कोइराला भारत नेपाल फाउन्डेसनको आयोजनामा उद्योग वाणिज्य संघ जनकपुरको सभाकक्षमा सम्पन्न उक्त साास्कृतिक नगरी कार्यक्रममा नेपाल भारत मैत्री संघका जिल्ला अध्यक्ष उमेश प्रसाद सिंहले नेपाल भारतबीचमा जुन घनिष्ट सम्बन्ध छ त्यसमा अझ एउटा इाटा थप्ने काम साहित्यिक कार्यक्रमले गरेको बताउनुभएको थियो ।
यसैगरी उद्योग वाणिज्ज्य संघ जनकपुरका अध्यक्ष शिव शंकर साहले कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । उहााले भन्नुभयो, सास्कृति र साहित्यको सम्बन्धमा विचार मन्थन गर्न साझा मञ्च पाउनु सबैको लागि खुशीको कुरा हो । यस्ता कार्यक्रमले एक अर्काका भवना बुझ्ने अवसर प्रदान हुनेछ । साहित्यकार राम भरोस कापडले ऐतिहासिक नगरी जनकपुरमा रहेका प्राचीन ताल तलैयाहरु दिनप्रतिदिन अतिक्रमको चपेटामा परेको हुनाले यसको संरक्षण हुनु पर्ने कुरामा जोड दिनुभएको थियो । उहााले नेपालको ऐतिहासिक र सास्कृतिमा समृद्ध जनकपुरको विकासमा सहयोग गर्न भारतीय राजदुतावासलाई आग्रह गर्नुभएको थियो ।
भारतीय राजदुतावास प्रेस, सूचना तथा सास्कृति सम्बन्धी प्रथम सचिव एवम् बीपी कोइराला भारत–नेपाल फाउन्डेशनका सचिव अभय कुमारले भगवान राम र सीताको विवाह नै दुई देशको धार्मिक एवम् ऐतिहासिक सम्बन्ध सुदृढमा वैद्धिक कालदेखि नै काशे ढुंगा सावित भएको बताउनुभयो । नेपाल र भारत बीचमा कैयौ समानताहरु
रहेका छन् । यसका अलावा रोटी–बेटीको साझा सम्बन्ध रहेको छ । सचिव अभय कुमारले नेपालीमै सम्बोधन मात्र गर्नुभएन कविता समेत नेपालीमै वाचन गर्नुभएको थियो । यसैगरी प्रख्यात लेखक डा. राजेन्द्र विमलले यस प्रकारका कार्यक्रमले नेपाल भारत सम्बन्धलाई जनस्तरबाटै मजबुत बनाउने धारणा  राख्नुभयो । त्यस अवसरमा झण्डै ३० जना भन्दा बढी कवि तथा कवयित्रीहरुले नेपाली, मैथली, हिन्दी र आग्रेजीमा आफ्ना रचनाहरु स्रोतामाझ पस्किएका थिए ।
त्र

तपाईको प्रतिक्रिया