डा. केसीको चौधौ आमरण असनसन

सरकारसँगको पाँचबुदे सहमतिपश्चात त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका प्रा.डा. गोविन्द केसीले अनसन तोड्नु भएको छ ।
बरिष्ठ हाडजोर्नी प्रा.डा. केशीले शिक्षण अस्पताल महाराजगञ्ज अस्पताल अगाडि जुत्ता सिलाउँदै आएका सिराहाका नथुनिया मोचीको हातबाट जुस पिएर अनसन तोड्नुभयो । चिकित्सा शिक्षामा आम सर्वसाधारणको पहुँचको माग राखी पटक पटक अनसन बस्दै आउनु भएका केसी र सरकारका बीचमा पाँचबुदे सहमति भएको छ ।
सहमतिमा चिकित्सा शिक्षा अध्यादेशको दफा ५ बमोजिमको चिकित्सा शिक्षा, आयोगलाई पूर्ण दिन सरकारले सात दिनभित्र सिफारिस समिति गठन गर्ने, त्रिवी शिक्षण अस्पतालको डिनमा प्रा.डा. जगदिशप्रसाद अग्रवाललाई निरन्तता दिने लगायतका बुँदाहरुमा सहमति भएको छ । चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारको माग राख्दै प्रा.डा. केसी चौधौपटक अनसनमा बस्नुभएको थियो । केसी र स्वास्थ्यमन्त्री दिपक बोहराबीचमा शुक्रबार चार घण्टा लामो छलफल पछि दुवै पक्ष सहमतिमा पुगेका थिए ।
त्रिवी शिक्षण अस्पतालका तत्कालीन डिनलाई बसार्खस्त गरिसकेको अवस्थामा सर्वोच्चका प्रधान न्यायाधीश गोपाल पराजुलीले पुनर्वहाली गरेपछि प्रा.डा. केसी न्यायालयप्रति नभई पराजुलीप्रति आक्रोसित भएर चौधौ आमरण अनसनमा बस्नु भएको थियो । तत्कालीन डिनले माफियाको निर्देशनमा मेडिकल कलेजहरुलाई धमाधम अनुमति दिएपछि उनलाई हटाउन केसीले आमरण अनसन नै बस्नु परेको थियो । उनको बर्खास्तीलाई सर्वोच्च अदालतका यसभन्दा अगाडिका प्रधान न्यायाधीशहरुले समेत सदर गरिसकेको अवस्थामा प्रधान न्यायाधीश पराजुलीले पुनर्वहालीको निर्णय गरेपछि मुलुकभरि यसले संसय पैदा गराएको थियो ।
पूर्व डिन अर्थात शशी शर्मालाई पराजुलीले पुनर्वहाली गरेपछि मुलुकमा फेरि एकपक मेडिकल माफियाहरु सल्बलाएका थिए । प्रधान न्यायाधीश पराजुलीको गलत निर्णयका विरुद्धमा जब केसीले आमरण अनसन शुरु गर्नुभयो सोही रात उहाँलाई गिराफ्तार गरेपछि
पराजुलीका विरुद्धमा सडकमात्र तातिएन, सडकमा नारा जुलुस मात्र लागेन सञ्चारमाध्यमहरुमा पराजुलीका विरुद्ध समाचारहरु सम्पेषण भए । सम्भवतः नेपालको इतिहासमा प्रधानन्यायाधीश यो हदसम्म आलोचित भएको पहिलो पटक हो । राजधानीका सडकमा स्वस्फूर्त रुपमा चिकित्सक, पेशाकर्मी, सर्वसाधारण, प्रधानन्यायाधीशका विरुद्धमा नारा जुलुस गर्दै सडकमा आए । अदालतलाई सम्मान भ्रष्टहरुलाई अपमन, हामी सबै गोविन्द केसी, मानहानीको मुद्ध हामीलाई पनि लगा जस्ता नाराहरु गुन्जिए ।
आखिरी प्रा.डा. गोविन्द केसीको समर्थनमा स्वस्फूर्त रुपमा त्यसरी नारा जुलुस गर्दै सडकमा मानिस आउनुको प्रमुख कारण केसीको इमान्दार छवि नै हो । मुठ्ठीभरका केही भ्रष्टहरुले नीति निर्माण तहमा जसरी हालीमुहाली गरेका छन् त्यसका विरुद्धमा आम नगरिकहरुको आक्रोस पनि हो । शनिवार आफ्नो ६ दिने १४ औै अनसन तोड्दै प्रा.डा. केसीले व्यक्त गरेको भनाईले अब प्रधानन्यायाधीशको शैक्षिक योग्यताका प्रमाणपत्र, नागरिकता छानविनका लागि सम्बन्धित निकायमा आदेश दिइसकेको छ । अब सम्भावित कारबाहीबाट पराजुली भाग्न सक्ने अवस्था देखिदैन । अनसन तोड्दै केसीले भन्नुभयो मेरो लडाई भ्रष्ट, माफियाहरुका विरुद्धमा हो । आगामी फागुन ८ गते सम्ममा प्रधान न्यायाधीश पराजुलीले पदबाट राजीनामा नदिए पुनः आफै १५ औं पटक अनसन बस्ने घोषणासमेत केसीले गर्नुभएको छ ।

तपाईको प्रतिक्रिया