आर्थिक अवस्था कमजोर भएकालाई निःशुल्क कम्प्युटर शिक्षा

धरान÷आर्थिक अवस्था कमजोर भएका तर प्राविधिक ज्ञान सिक्ने चाहनेका लागि विगत बर्ष झै यस बर्ष पनि स्वीट नेपालको आर्थिक सहयोगमा मिक कम्प्युटर प्रालिले तीन महिने वेसिक, हार्डवेयर, डिपिटी, डाटावेस, मल्टिमिडिया, ग्राफिक्स डिजाइन, वेव डिजाइन, सर्भर नेटवर्किङ्ग प्रशिक्षण तालिम सञ्चालन गर्न लागेको छ ।
विगत २३ बर्षदेखि कम्प्युटर सम्बन्धी प्राविधिक शिक्षा दिदै आएको धरान १२ स्थित प्रा.लि. हालसम्म ३६ ैहजार भन्दा बढीलाइ कम्प्युटर शिक्षा दिएर दक्ष बनाइसकेको छ । आर्थिक अवस्था कमजोर भएका कम्प्युटर सिक्ने सबै वर्ग समुदायलाई लक्षित गरी विगतदेखि नै स्वीट नेपालको सहयोगमा निःशुल्क कम्प्युटर शिक्षा प्रदान गर्दै आएको प्रा.लिले यसपटक पनि ५ सय २५ जनालाई यसपटक पनि पूर्ण निशुल्कमा कम्प्युटर शिक्षा दिने प्रा.लिका प्रवन्ध निर्देशक राजकुमार थोप्राले जानकारी दिनुभयो ।
आगामी माघ १४ गतेदेखि सञ्चालन हुने प्रशिक्षण कक्षामा सिक्न चाहनेहरुका लागि फर्म खुल्ला रहेको प्रा.लिका प्रबन्ध निर्देशक थोप्राले जानकाररी दिनुभयो । फर्म भर्नेहरुका लागि अन्तर्वार्ताबाट छनौट गर्ने र ५ सय २५ जनाभित्रमा पर्न नसकेका कम्प्युटरका इच्छुक विद्यार्थीहरुलाई ७५ प्रतिशत छुटमा पढाइने उहाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया