घण्टाघरबाट हेर्दा

मन्त्री पद वितरण
राम मिलाएर जोडी एक काना एक कोडी भनेझै झालेमालेका अध्येक्षे खप्रओ र माउवादी अध्येक्षे प्रचण्डाउको मिलन भा’रैछ । अब हेरौ न पहिलो संविधानसभाको निर्वाचनमा प्रचण्डाउले कम्ता प्रदेश बाँड्या थेनन् । जहाँ गयो त्यहीँ पुगेर प्रचण्डाउ फुत्त गोजीबाट निकालेर प्रदेश दिइहाल्थे । तामसालिङ्ग, तमुवान, लिम्बुवान, मगरात, सेर्पालिङ्ग, थरुहट, खम्बुवान के के हो के के । प्रचण्डाउको बाँड्ने रोगले यतिबेला खप्रओलाई गाँज्या रै’छ यतिबेला खप्रओ जहाँ जहाँ पुग्छन् त्यहीका उमेदवारलाई मन्त्री पद बाँड्छन् । ताप्लेजुङ्ग पुगेर भाषन गर्दा योगश भट्टराईलाई मन्त्री बनाइदिम्ला भने, ललितपुर पुगेर नवराज सिलवाललाई मन्त्री बनइदिम्ला भने । मन्त्री पद बाँड्दा बाँड्दै सिद्धेला जस्तो पो छ । बरु खप्रओलाई भाषन गर्न नै रोक पो लगाउने हो कि ? छोरो जन्मनु कहिले कहिले कोक्रो बन्नु पहिले भनेजस्तो निर्वाचनमा कस्ले बहुमत ल्याउँछ पत्तो छैन मन्त्री पदचाहिँ अहिले नै दनादन वितरण । गजब छ वा †
बर्षमान र जनार्जन थुरुरु
हिन्दीमा एउटा उखान छ जैसी करनी वैसी भरनी । माने आफूले जस्तो ग¥यो पछि आफूलाई पनि त्यस्तै हुन्छ । यतिबेला राजनैतिक दलका नेताहरुको खोपडीमा निर्वाचन भन्दा अरु कुरा खेल्दै खेल्दैन । बाम गठबन्धनबाट उमेद्वार भएका बर्षमान पुन र जनार्जन शर्मा यतिबेला आफ्नैबाट थुरुरु हुन थाल्या छन् । अस्तिका दिन बर्षमान पुनको गाडीमा रोल्पातिर माइन मात्र विस्फोट भएन, रुकुमतिर जनार्जन शर्मालाई पनि आपत्तै परेछ । यी दुईले पनि हिजोका दिनमा कम्ता ग¥या थे ? आज अब यिन्लाई गर्न थालेछन् । दुवै जना विचाराहरु निन्याउरो मुख लगाएर हिड्न थाल्या छन् । हिजो अरुलाई बम हान्दा यी दुई कम्ता खुशी हुन्थेनन् आखिरी त्यो वाम यिनीहरुले सिकाएका छ हुन् नि । हिजो अरुलाई नसिकाएको भए आज अन्डरपेन्टमा अपानवायु छोडेर थुरुरु हुनुपर्ने नै थिएन । कि कसो हौ ?
सुचनेको नाटक
मसिनो बोल्ने, होचा होचा कदका झालेमालेका नेता सुचने उर्फ सुभाषचन्द नेम्वाङ्ग नाटक गर्न पनि खप्पिस रै’छन् । नपत्याए एकपटक इलाममा पुगेर आÏनै टोड्काले पनि हेर्न सकिन्छ । गोडा दशेक दिन पहिला सुचने किराँत धर्मगुरु आत्मनन्दन लिँगदेनकोमा पुगेर गुरु चुनाउ जित्न सकूँ भनेर आर्शीवाद मागेछन् । सुचनेले आर्शीवाद माग्दा गुरु त एकपटक सेन्टीफ्लाट नै भएछन् । गुरुले पत्याउनै सकेनन् । पत्याउन पनि कसरी ? पहिचान विरोधी, संघीयता विरोधी, धर्म विरोधी सुचनेले आर्शीवाद मग्नु आश्चर्य नै हो । तर अब मतदाता लाटा रैछन् । सुचनेको नाटक उनेरले नबुझ्ने कुरै भएन । जे होस् नाटक गर्न सुचने पनि जाज्वल्यमान नै रै’छन् । आखिरी झालेमालेका नेता जो ठहरिए ।
क्या वात ?
यो मान्छेको जात भन्या साह«ै चलाख । अब हेरम न झन चुनाउ आ’छ
राजनैतिक दलका नेताहरुलाई बोल्न कस्ले भेट्टाउने । उँभोबाट नभए उँधोबाट भएपनि आवाज निकालि हाल्छन् । अब ती शंकर पोख्रेललाई हेरौ न उन्ले अस्तिका दिन भन्या अब ५ नं. प्रदेशका युवाहरुले
रोजगारीका लागि विदेसिनु पर्दैैन रे । पोख्रेलको कुरा सुनेपछि युवाहरु बडो दोधारमा प¥या छन् । के भन्या होलान् पोख्रेलले ? देशाँ बसुम भने रोजगारी छैन, सरकारले रोजगारी दिँदैन । अब विदेश पनि जानु पर्दैन । पाँच नं. प्रदेशका युवाहरुले बल्ल–बल्ल कुरो बुझे । मुलुका चुनाउ लाग्या छ । पोख्रेल चुनाउमा खडा भएका छन् । प्रचार प्रसार गरेर भोट मागिदिने नभएसी’ पोख्रेलले त्यो भन्या होलान भनेर विचराहरु गम खाँदैछन् । जे होस् मंसिर २१ गतेसम्मका लागि विदेसिनु नपर्ने भयो । कि कसो हौ ?
टिकट किन्नैको हतारो
झालेमालेका अध्येक्षे खप्रओले अस्तिका दिन नेपाली जनतालाई मात्र होइन रेलमार्ग अध्यन गर्न चाइनबाट आएका चाइनिज टोलीलाई पनि आन्द्रा बटारिउन्ज्याल गरेर हराएका छन् । कुरो के परेछ भने लुम्बिनी पोखरा रेलमार्ग अध्ययन गर्न आएका चाइनिज टोलीलाई खप्रआले भनेछन् ल्हासामा जाने रेलको टिकट कहिले किनम । बाटो अध्यन गर्न आएका चानजिज टोली खप्रओको कुरा सुनेर सेन्टीÏलाट भएछन् । विचराहरुलाइ पछि पानी छ्यापछुप पारेर व्युँताउनु प¥या थ्यो रे । नेपालाँ जाबो एउटा सडकको खाले पर्न छ दुई चार बर्ष लाग्छ भने लेलमार्गको कुरा पो त गाँठे । फेरि
रेलमार्ग बन्दैमा कुई कुई गरेर रेल दौडी हाल्ने पनि होइन क्या रे । यति जान्दा जान्दै ओली वा के भा’ होला ? अहिल्यै
रेलको टिकट किन्छु भन्छन् वा †
ड्याम्मै घर खरिद
डँडेलधुरे काजीको पत्नी भएकै नाताले कजिनी नेता भइन् । काजीकै जोरबलले कजिनी घनगढीबाट चुनाउ लड्दैछिन् । यसो होलो, खुकुलो र सजिलो भा’ले काजीको कजिनीलाई धनगडी पु¥याएर उभ्याउछन् । ३० अ‍ौं बर्षदेखि घाम पानी नभनी काम गर्दैै आएका काजेकर्ताहरु रन्किनु स्वभाविक हो ।
रन्किए, नानाथरि भने । कसैले त टुरिष्ट उमेद्वारसम्म भने । त्यो कुरा सुनेसी’कजिनीका कन्सिरी रनक्क
रन्किनु स्वभाविक हो । उन्ले पनि ड्याम्मै तीन खोकामा घर किनिछन् । अब धेरै भएसी’ त स्थानीय भइयो । कस्ले अब टुरिस्ट उमेद्वार भन्ने । कजीनीको आइडिया त मान्नैपर्छ
वा † चुनाउ पछि बेच्दा भैगयो ।
राख्दा नि भै’गो । अब कजिनीलाई कस्ले टुरिष्ट उमेद्वार भन्दो रै’छ
हेरम त ?
बाउरामको आ“खा
नेपालमा मुरख विद्वानको उपाधि पाएका बाउराम बाजेको एउटा आँखा बन्द होला जस्ते पो छ । हाम्रो गामघरतिर एउटा उनाख छ एउटा छोरो के छोरो एउटा आँखा के आँखा । मने एउटा कुराको भर हुँदेन । भोलि Ïयाट्ट केही भैदियो भने स्वाहा । बाउन्न ठक्कर पचपन्न हण्डर भनेझै विचराले कसैबाट साथ नपाएसी’ नेप्लिज काँग्रेसको साथमा गोरखाबाट चुनाउ लड्ने भएका छन् । तर चुनाउ चिन्ह नै विचित्रको भयो ।।कमसेकम डबल आँखा त लिनुपथ्र्यो । त्यति गर्न नसके नि रुखकै छहारी रोज्नु पथ्र्यौ । बाजेले दुवै काम गरेनन् । लिंठिङ्ग एउटा आँखा लिएर हिडया छन् । उता लारायन काजी गुलेली मटेङ्ग्रा लिएर एउटा आँखा ताकेर बसेका छन् ।
अन्तेमा
भगवानले चाहे भने छप्पर फोरेर दिन्छन् लिन चाहे भने गाँड फोरेर लिन्छन् भन्छन् हो रै’छ । अब हेरौ न मंसिरको महिना खेतबारीमा धान लहलह भा’छ । धान काट्ने मान्छे छैनन् । युवाहरु सबै विदेश पलायन भा’छ । किसानलाई कम्ता टेन्सिन छैन तर उनीहरु सपटक मान्छे नपाइर्एला कि भन्ने चिन्ता थियो । तर भगवानले तँ चिता म पु¥याउछु भन्छन् रे । त्यस्तै भएको छ । उमेद्वारहरु भोट माग्न गाउँ पस्दा घर रित्तै हुन्छन् तर खेतीपातीमा मतदाता काम गरिरहेका हुन्छन् । मतदाताहरु पसिना काढेर धान काटेको विचरा उमेद्वारले टुलुटुलु हेर्नु पनि भएन । उनीहरु पनि धान काट्नु चुट्न भिडिदिन्छन् । तर किसानलाई एउटा कुराले पिरोलेको छ त्यो के भने कतिबेला आएर खेतको धान उमेद्वारले काट्ेलान, काचै काटिदिएर हिडे भने अर्काे पिरलो । त्यसैले किसानहरु यतिबेला खेतमै बस्न थाल्या छन् रे ।

तपाईको प्रतिक्रिया