रोजगारको प्रलोभनमा भारत पुर्याइएका छ नेपाली युवतीको उद्धार

काठमाडौं ÷ भारतको उत्तराखण्डमा पर्ने रुद्रपुरबाट छ जना नेपाली युवतीको उद्धार गरिएको छ । वैदेशिक रोजगारको प्रलोभनमा पारी भारत पु¥याइएका सिन्धुपञ्लाचोकका युवतीको माइती नेपाल कञ्चनपुरले उद्धार गरेको हो ।
माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले उद्धार गरिएका युवतीको उमेर २० देखि २५ वर्ष रहेको बताए । पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै उनीहरुलाई भारत पुर्याइएको थियो । माइती नेपालले सीमावर्ती बजार वनवासामा रहेको मानव बेचबिखन विरुद्धको इकाइको सहयोगमा उनीहरुको उद्धार गरेको हो । भारतका रुद्रपुर प्रहरीले सोधपुछ गर्दा अवैधरूपमा दिल्लीबाट तेस्रो मुलुक पठाउन लागिएको भेटिएपछि माइती नेपाललाई खबर गरेका थिए । भारतीय प्रहरीले उनीहरुकोे साथबाट राहदानी एवम् अन्य वैदेशिक रोजगारसम्बन्धी कागजपत्रसमेत फेला समेत पारेको छ ।
त्यसैगरी, मानव तस्करीमा संलग्न सिन्धुली टाँडीकी नानीमाया माझी, पर्साका विष्णु लोप्चन र सिन्धुपाल्चोकका सोमबहादुर गोलेविरुद्ध रुद्रपुर अदालतमा मानवबेचबिखन विरुद्धको मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया