घण्टाघरबाट हेर्दा

फुरु· खप्रओ
उखान तुक्के बाजे माने खप्रओ हिजोआज फुरुङ्ग प¥या छन् । बाम गठबन्धन गरेर आगामी निर्वाचनमा ठूलो दल बनेर सिंहदरबारको कुर्सीमा मडारिएर वाल्वाटारमा ढल्कौला भन्ने सपना देख्या छन । । तर खप्रओको सपनामा शनिग्रह लाग्ला–लाग्ला जस्तोदेखिएको छ । झालेमालेका कार्जेकर्ताहरु एक अर्कालाई देख्यो भने ङुर्रर्र–ङुर्रर्र गर्न थाल्या छन् । माउवादीका कार्जेकर्ता झालेमालेलाई भोट नहाल्ने, झालेमालेका कार्जेकर्ता माउवादीलाई भोट नहाल्ने । दुवैको भोट ख्वाप्प–ख्वाप्प काँग्रेसमा झर्ने भएसी’ खप्रओको एकलौटी सरकार बनाउने सपना फुइøया पूरा हुन्छ ? केन्द्रमा खप्रओ र प्रचण्डाउले हात मिलाए पनि तल्तिर कार्जेकर्ताहरु हात हालाहाल गर्लान् जस्तो देखिएको छ । रियल सिन हेर्न एक महिना कुर्नुपर्ने भएको छ ।
उपिन्द्रको भविष्य वाणी
आÏनै जात भाइसँग नआँटेर उछिट्टिएका उपिन्द्र जादवले नेप्लीज काँग्रेसको बारेमा अस्तिका दिन गज्जबकै भविष्यवाणी गरेछन् । कहिले झालेमाले, कहिले माउवादी कहिले फोरम त कहिले संघीय फोरम भएर हिड्ने जादवले अस्तिका दिन भन्या नेप्लीज काँग्रेसलाई दशा लाग्या छ । अब हुने निर्वाचनमा पत्ता साफ हुन्छ रे । जादवले गफ गर्ने अरु केही कुरै भेट्टाएनछन् क्यारे । आफ्नै लगौटी खुस्केर अरल्ल परेको जादवले देख्दै देखेनछन् । अरुलाई चाहिँ दशा लाग्या समेत थाहा पाउँदा रै’छन् । यसो भैसीको भकारो सोहोरेर गाउँमा बस्ने जादव कसरी भविष्ये वेत्ता
भए ? घण्टाघरलाई यही नेर ग्रेट कन्फ्युज भा’छ । स्थानीय निर्वाचन प्रथम र दोस्रो चरणमा मैदानैबाट साफ भएका जादवले तेस्रो चरणमा भने दुई चार ठाउँमा के जितेका थिए अरुको बारेमा भविष्येवाणी नै गर्न सक्ने
भएछन् । यसैलाई भन्छन् लाटो देशको गाँडो तन्नेरी ।
स्वतन्त्र उठ्ने रे
दिपक मनाङ्गे उर्फ राजीव गुरुङ्ग माने डनका यतिखेर हातखुट्टाका नौनारी गलेर आएका छन् । झालेमालेमा
छिरेर मानाबाट टिकट लिम्ला र सांसद बनम्ला भनेर कत्रो सपना पालेर बस्या थे । विचराको सपनामा उखान तुक्के खप्रओले छिर्किनी लगाइदिइहाले नि । मनाङ्गबाट विचराको नाम सिफारिस पनि भाथ्यो । नाम सिफारिस हुनासाथ चुनाउ प्रचारमा दौडिएर मनाङ्गे समेत पुगे । त्यत्रो सांसदको नाम सिफारिस भएर यिन्ले आफ्नो आनीबानीमा सुधार गर्न सकेनछन् । मनाङ्गमै १० लाख रुपैयाँ लुटपाट पार्देछन् । अब भएन त फसाद ? विचाराको के गल्तिी ? सानोदेखि लागेको बानी न प¥यो । अन्तेमा अध्येक्षे खप्रओको कन्पारो तातेछ । गुण्डा नाइकेलाई टिकट नदिने भेनर प्वाक्क बोल्दिए । अब मनाङ्गे स्वतन्त्र उठ्ने रे ।
खनालको आक्रोस
पूर्व राजा ज्ञानेन्द्र साहले मुलुकमा नेतृत्व नभएको, अब आफूले नेतृत्व गर्ने उपयुक्त समय आएको जस्तो लाग्या छ भनेर भाईटिकाका दिन यसो के बोल्या थे झालेमालेका झल्ला झलुले आक्रोस पोखेछन् । किन आक्रोस पोख्या होलान् ? उन्ले आक्रोस पोख्दा वाहीवाही पाउँछु भन्ने सोच्या थे क्यारे । तर उल्टो भयो । सामाजिक सञ्जालमा झलुलाई आमाचकारी गाली गर्नेहरुको भिड नै लाग्या छ । झलुलाई गाली गर्दा गर्दा गाली गर्नेहरुको गाली नै सिदिसकेको छ । बढो गोरुले कोरली ऐठन सक्दैन भनेको ठीकै रै’छ । अबचाहिँ जनता ढाँटेर लुट्ने पेशा परिवर्तन पो गर्ने हो कि ?
बाउराम का“ग्रेस शरणमा
नेपालका ताइ न तुईका बरिष्ठ विद्वान बाउरामलाई अस्तिका दिन देखि अलि निन्द्रा प¥या छ रे । झण्डै १५ दिनदेखि दिनको भोक न रातको निन्द्रा भएका बाउरामलाई नेपाली काँग्रेसले
गोरखाबाट सघाइदिने ट्यब्लेट दिएसी’ उनलाई निन्द्रा पर्न थाल्या हो रे । त्यत्रा हरिलठ्ठक विद्वानको झालेमाले, माउवादी, उपिन्द्रको फोरम वल्लो छेउबाट पल्लो छेउमा पुग्ने गरी भकुण्डाउन थालेसी’ नेप्लिज काँग्रेसलाई सहानी भूति नलाग्ने कुरै भएन । सबैसँगबाट हार खाएसी
विचरा काँग्रेसको अघिल्तिर पुगेर लम्पसार परेछन् । शरणमा आएसी’ मरण त दिनु भएन । आखिरी नेप्लिज काँग्रेस लोकतान्त्रिक जो ठहरियो । अब
गोरखबाट काँग्रेसले बाउरामलाई सघाइदिने भा’छ ।
प्रचण्डाउको जुवातास
प्रचण्डाउले यस पटकको तिहारमा आÏनो घरमा मज्जाले जुवातास खेलेछन् । किन नखेलुन त सामान्त र कुलिन वर्गमा दरिइसकेको मान्छे न परे । तर प्रचण्डाउलाई जुवा तास खेल्न कुरी कुरी लाग्नुपर्ने थियो । हिजो दशर्षे जनयुद्धका बेला कसैले जुवातास खेल्यो भने त्यही तास पानीसँग चोपेर खान लगाउने, जुवा तास खेल्नेको घुँडो फुकाल्न निर्देशन दिने अनि आज आफै जुवातास खेलेसी अरुले जिब्रो टोक्दैनन् त ? आÏनै
घरमा वरिपरि पुलिसलाई सुरक्षा दिन लगाएर पो खेल्या रै’छन् त प्रचण्डाउले । हैन ती पुलिस पनि के भा’का हँ ? भुराभुरीले सडकमा यसो झण्डी पुर्जा खेल्दा समेत अठ्याएर लैजने तर प्रचण्डाउले जुवा तास खेल्दा सुरक्षे दिने ? यो त हर्दै भयो वा †
चिप्लिने खतरा
झालेमालेसँग लगनगाँठो कसेर चितवनबाट चुनाव जित्ने सपना देखका प्रचण्डाउ र गोरखाबाट चुनाउ जित्ने तानावना वुनेका लारायण काजी चुनाउ अगाडि नै स्खलित हुन थाल्या छन् । आफूलाई अनेकौ जालभेल
गरेर चुनाउ हराएको बदला चितौनका देवी ज्ञवालीले लिने भा’छन् भने काँग्रेसले साथ दिने भएसी’ लारायन काजी चिप्लिने पक्का भएको छ र आफू चिप्लने भएपछि प्रचण्डाउ र लारायन काजीको यतिबेला निन्द्रा
हराम भा’ छ । बाम गठबन्धन गरेर राष्ट्रपति बनौला भन्ने प्रचण्डाउको सपना यसपटक पनि भित्ताकै मात्र
राष्ट्रपति हुने चिन्ताले प्रचण्डाउ भुत्भुतिन थाल्या छन् ।
अन्तेमा
नेपालीहरुको महान चाड पर्व दशै तिहार भर्खरै सिद्धिएको छ । दशैँ तिहारमा जुवाको खाल देखि तासका पत्तिहरु कम्ता उफारिएनन् । यसका अलावा मनै तरंग गर्ने र आकाशै छेडुलाझै गरेर पडकाहरु पनि पड्काइए । पड्का ल्याउनेहरुलाई प्रहरीले झ्याम–झ्याम समातेर आफनैतिर लग्यो । दिनदहाडै गोली हानेर मान्छे मार्नेलाई नेपालका साहसी प्रहरीहरु समात्न सक्दैनन् तर पड्का समातेर बडो साहसीको काम गरेको प्रहरीको अनुभव छ । सडकमा लंगुर पूर्जा खेल्नेलाई धपाउने प्रहरी महलमा भएका जुवा तासबाट नजराना लिएर संरक्षणमा जुटेको देख्दा घण्टाघरलाई प्रहरीको साहसको मुक्तकण्ठले प्रशंसा गर्न मन लाग्या छ ।

तपाईको प्रतिक्रिया