वाम एकता स्वार्थ समूह गठबन्धन

यो साता नेपालको दलीय राजनीतिमा अलि अपत्यारिलो चलखेल देखियो । अर्थात दुई स्वार्थ समूह नेकपा एमाले र माओवादी केन्द्रबीचमा चुनावी साँठगाँठ देखि पार्टी एकता सम्मका विषय सतहमा आए ।
दुई स्वार्थ समूहको गठजोड बाहिरिएसँगै अन्य दलहरु चकित भएका थिए । अपवाद के भने सत्ताको रस्वादन गर्ने माओवादी केन्द्र प्रमुख प्रतिपक्षी दल एमालेसँग साँठगाँठ गर्न पुग्नु हाँस्यास्पद हो ।
एमालेसँग गठबन्धन गर्नु नै थियो भने माअ‍ोवादी केन्द्र सत्ताबाट बाहिरिनु पथ्र्यो । तर उसले त्यो निस्वार्थता देखाउन सकेन । यसर्थ एमाले र माओवादी बीचको गठजोड स्वार्थले जेलिएको छ । आगामी मंसिर १० गते र २१ गते गरी दुई
चरणमा एकैपटक हुन लागेको प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनमा स्पष्ट वहुमत ल्याउने उद्देश्यण्का साथ मात्र दुवैबीच गठजोड भएको हो ।
यिनको गठजोडले मुलुकको सर्वथा हित गर्दैैन । दुवै दलमा तिनै पात्र छन् जले मुलुकको कार्यकारिणी अधिकार प्रयोग गरिसकेका छन् । कार्यकारिणी अधिकार प्रयोग गर्ने दुवै दलभित्र असफल पात्र पनि छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड दुईपटक प्रधानमन्त्री भए भने एमालेका अध्यक्ष केपी ओली एकपटक । तर दुवैले आफ्नो कार्यकालमा मुलुकको हितका लागि स्मरणीय कुनै काम गर्न भने सकेनन् । यिनको कार्यकाल विवादास्पद मात्र रहयो । आगामी निर्वाचनमा दुवै दलको गठजोडबाट बहुमत ल्याई प्रदेश र केन्द्रमा आफेनो एकलौटी सरकार बनाउने भन्दा यसको फरक उद्देश्य केही देखिदैन । यस जठजोडमा अब कहिल्यै कम्युनिष्ट नबन्ने घोषणा गरेका नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई समेत पुछडीको रुपमा मिसिन आइपुगेका छन् ।
दोस्रो र तेस्रो दलको गठबन्धनले प्रारम्भमा नेपाली काँग्रेसलाई घाटा पुग्ने एकथरि स्वाँठ राजनैतिक विश्लेषकहरुले आफ्ना धारणा सार्वजनिक गरेका छन् । यसको परिणाम कुर्न अब धेरै दिन छैन । दुवै दलका कार्यकर्ता पंत्तिःमा चरम असन्तुष्टि देखिन थालिसकेको
छ । माओवादी केन्द्रका गोपाल किराँती लगायत नेताहरु माओवादी केन्द्र पुनर्गठन कार्यमा लागि सकेका छन् । दुवै दलबाट असन्तुष्ट भएकाहरु तत्काल छुट्टै केन्द्र वा मोर्चाको निर्माणमा लागेका
कारण जुन उद्देश्यका साथ बाम गठबन्धनको चर्चा गरिदैछ र आगामी निर्वाचनमा दुईतिहाई बहुमतको सपना देख्ने र बाँड्ने काम हुँदैछ त्यो आशातित सफल नहुने संकेतहरु देखिन थालेका छन् । दुवै दलका असन्तुष्ट नेता कार्यकर्ताहरुले आफ्नो मत निर्वाचनमा अन्यत्र जाहेर गर्ने सम्भावना बढ्दै गएको छ । एमालेका कार्यकर्ताहरुले माओवादीको १० बर्षे नरसंहार बिर्सिएका छैनन् भने वर्ग सत्रुको रुपमा घोषणा गरेको एमालेलाई सहजै माओवादीका कार्यकर्ताले पचाउन सक्ने देखिदैन । जे होस् हाललाई बाम गठबन्धन भएको छ यसलाई विजयको रुपमा अहिल्यै लिइहाल्ने अवस्था छैन । यस मामलामा नेपाली काँग्रेस पछाडि परेको पक्कै हो । वाम गठबन्धनपश्चात मात्र नेपाली काँग्रेस लोकतान्त्रिक गठबन्धनको गृहकार्यमा जुटेको छ । उसले यो कामको थालनी अगाडि पनि गर्न सक्थ्यो ।

तपाईको प्रतिक्रिया