कस्मा को विलय ?
हिजोआज घण्टाघर बडो दोधारमा प¥या छ । खै के खै के पुत्त भनेझै । अब हेरौ न झालेमाले र माउवादी गठबन्धन भएछ माने मिलेछन् । तर कस्मा को मिल्या हो वा विलय भएको हो घण्टाघरले कुनै भेउ नै पाउन सकेको छैन । उखाने काका खप्रओ भन्छन् माउवादी एमालेमा विजय भा हो । उता प्रचण्डाउ भन्छन् झालेमाले माउवादी केन्द्रमा विलय भा’ हो । गफाडी प्रचण्डाउको कुरो पत्याउ कि उखाने काका खप्रओको कुरा पत्याउँ । घण्टाघरलाई त छुट्याउन यत्रो महाभारत भा’छ भने घोडाको आँखामा पट्टि लगाएर दगुराएका कार्जेकर्ताको के बेहाल होला ?
युरिया र पानी
उखान टुक्के काका खप्रओलाई गफ पनि कति आएको होला ? खप्रओले भाषन गर्न मुख बाउँदा पनि हिरिक्क हाँसो उठ्छ । अब हेरौ न अस्तिका दिन खप्रअेले खै के जाति ठाउँमा पुगेर नेप्लिज काँग्रेसलाई बुढो रुख भन्देछन् । बूढो रुख भए पनि तन्नेरी रुख भएपनि तिन्ले बोक्नु प¥या छैन क्यारे । बुढो रुखलाइ युरिया र पानी हालेर तन्नेरी बनाउन सकिदैन रे, खप्रओ काकाले भन्या । तर खप्रओ काकालाई एउटा कुराको हेक्का रहेनछ बाघ भन्या बाघ नै हो । बाघ बूढो भए पनि घाँस खाँदैन । बूर्ढा भएपनि अफ्नो सिकार आफै गर्छ । चारतिरका सेसान्तर बटुलेर तिनकै आडभरोसमा गर्जदा स्यालको आवाज आउँछ । उखान टुक्के ककाले खै कुरा बुझ्या ?
चोर पुलिस एकै ठाम
झालेमालेले अस्तिका दिन डिआइजी नवराज सिलवाल गुण्डाको पगरी भिराइएका दिपक मनाङ्गे, चक्रे मिलनलाई बाजा बजाएर आफ्नो पार्टीमा हुलेछ । झालेमालेभित्र छिर्नु भन्दा अगाडि सिलवाल र मनाङ्गे, चक्रे मिलनको गज्जबको खेल हुन्थ्यो । कहिले ठमेल, कहिले न्युरोड, कहिले लाजिम्पाट, कहिले दरबार मार्गबाट समातेर सिलवाल खोरमा पु¥याउँथे । अब सिलवाल, मनांगे, चक्रे मिलन एकै ठाममा छि¥या छन् । अब यिनेरकै क्रिडा राम्रै होलाजस्तो छ । अब अन्यत्रका डन गुण्डा नाइकेहरु पनि झालेमालेमा खारखार्ती छिरे भने के आश्चर्य मान्नु ? जे होस् खप्रओको बुद्धिचाहिँ मान्नैपर्छ ।
जरैबाट उखेल्ने रे
माउवादीबाट जोरलात्ती खाएर बाहिरिएका बाउरामको नयाँ शक्ति झालेमालेसँग गएर लपक्कै टाँसिएछ । झालेमालेसँग टाँस्सिने बित्तिकै मरेको स्याल जस्तो अनुहार एकएक चम्किया थ्यो । ०४६ सालपछि त्यही झालेमालेका कार्जेकर्ताहरुले प्राधिकरणको पर्खालमा
नारा लेख्दा हनुमान धुलाई ग¥या थे । आज झालेमालेमा टास्सिनासाथ उन्मा फूर्ति बढ्या देखेर झालेमालेकै कार्जेकर्ता पनि दंगदाश थिए । झनलेमालेमा प्रवेश गर्न पाएकोमन मख्ख पर्दै बाउरामले अब काँग्रेसलाई जरैदेखि उखेलेर फाल्नुपर्छ भनेर आफ्नो जात देखाइ हाले । बल्ल तल्ल झालेमालेमा छि¥याछन् आफ्नो जरो मजबुत बनाउनु छैन अरुको जरा उखेल्ने करा गर्दा दुनियाँ कति हाँसे होलान ? दुई चार अक्षर यसो पढेलेखेका भन्या त उही गुएँलाकै फूल रहेछन् । बूढापाकाले त्यसै भन्या होइन कुत्ताको पुच्छर बाह«बर्ष ढुंग्रामा हालेपनि टेंडाको टेँडै । काँग्रेसको पुच्छर
राणा, पञ्चेहरुले त उखेल्न सकेनन् अब बाउरामले झालेमालेको बर्को ओढेर उखेल्छु भन्दा आफै उल्लु भएनन् त ?
थारो गाईको दूध
माउवादी केन्द्रका नेता गोपाल साइला माने गोपाल किराँती यतिबेला बाम गठबन्धनसँगै बर्बराउन थाल्या छन् । उनको अड्डी छ झालेमालेसँग एकीकरण गर्नै हुँदैन । उन्ले भन्या सोह«ैआना ठीक हो । संघीयता विरोधी, जाति विरोधी, धर्मनिरपेक्षता विरोधी भनेर माउवादीले आफै खोक्दै आएको पार्टीसँग प्रचण्डाउले एकीकरणको समझदारी गरेर ठूलो घात गरेको किराँतीले बुझ्या छन् । त्यसैले उनी यतिबेला माउवादी केन्द्र पुनर्गठनको तयारीमा न्वारानदेखिको बल लगाएर लाग्या छन् । उनी आफूले गठन गर्ने पार्टीमा माउवादी केन्द्रका धेरै नेता आउने सपना समेत देखेर बस्या छन् । तर यसो छाँटकाट हेर्दा किराँतीका पछि कोही लिगलिगे दौडमा जालान् जस्तो छैन । बरु गठबन्धनमै बसेर भोलि सत्ताको स्वाद हसुर्नु नि वित्थामा थारो गाई स्याहार्ने कुमति किन आएको होला साइलालाई ।
भोक निन्द्र गायव
बाल्वाटारे काजीको यतिबेला भोक निन्द्रा गायव भएको छ । माउवादी केन्द्रले बीचैमा काँग्रेससँग सम्बन्ध विच्छेद
गरेपछि अब वाल्वाटाराँ खुट्टा हल्लाउने दिन धेरै नरहेको चिन्ताले काजीको भोकानिन्द्रा गायव भा’ हो रे । स्थानीय चुनाउजस्तै प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा सँगै लगनगाँठो कसेर जाने र आगामी
सरकार समेत सँगसँगै बनाउने भनेर तीन बुँदे सहमति भा’थ्यो रे । वाल्वाटारे काजी यतिबेला आÏना हुक्के, ढोके वैठकेहरुसाग वडो चिन्ता व्यक्त गर्न थाल्या छन् । माउवादीले गद्धार ग¥यो । सत्ताको लागि जात कुजात जोसँग पनि मायाप्रिति गाँस्ने देउवाको घैटोमा बल्ल घाम लागेछ । कमनिष्ठा भएकालाई कम्युनिष्ट भन्छन् भनेर काजीले पहिल्यै बुझ्या भए यतिबेला आएर यो राँडे रुवाई गर्नै पर्ने थिएन । यसैलाई भन्छन् अघि राँडले मानिन पछि राँडले मानिन बाघ लाग्यो घिच्याउन राँड लागी चिच्याउन ।
सिफारिसै गरेछन्
गिर्जाउ पुत्री सुजो मेमलाई यतिबेला ठूलो अन्याय भएको छ । गिर्जाउ मास छर्न गएसी’ विचरीको हरिवजोगै भा’ हो । अब हेरौ न ऐरै गैरै नत्थु खैरै काँग्रेसीहरुको आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा नाम सिफारिस भएछ । विचरी सुजोको न मोरङ्गियाहरुले नाम सिफारिस ग¥या छन् न सुनसरीकाले सिफारिस गरे । पार्टीमा कुनै लगानी छैन भन्दैमा यत्तिसाह«ो अन्याय त गर्नु हुन्थेन नि । आखिरी उनी गिर्जाउकी प्रवासी जर्मन पुत्री त हुन् । उनको नाम सिफारिस नभएको थाहा पाउँदा घण्टाघरलाई पनि उदेक लाग्या छ । हिङ्ग नभए पनि हिङ्ग बाँधेको टालो त हुन नि सुजो अब गिर्जाउको आत्माले शान्ति नपाउने भयो । मोरङ्गका काँगेसीहरुले खै कुरा बुझ्या ?
पुन मुसी भव
हिन्दु धार्मिक ग्रन्थमा एउटा मुसाले विरालेबाट आजित भएर ऋषि छेउ गएर विन्ती विसाएछ । मलाई बिरालाहरुले देखि सहेनन् । मुनवर मलाई विरालो बनाई दिनुप¥यो । ऋषिले तथास्थु भनेछन् । त्यसपछि विरालो भएपछि कुकुरले खेद्न थालेछ । फेरि ऋािषलाई हार गुहार गरुेर कुकुर भएछ । तर बाघले कुकुरलाई लेखेट्न थालेपछि उसस्ले पेरि ऋषिलाई हार गुहार गरेर बाघ बनाइदिन भनेछ । ऋषिले पनि तथास्तु भनेछन् । बाघ भएसी ऋषिलाई नै झम्टन खोजेपछि ऋषिले पुनः मुसी भव भनेर जल छर्दैछन् । यतिबेला बाउराम भट्टराईको अवस्था त्यही मुसाको जस्तै छ । प्रचण्डको अत्याचार सहन नसकेर बाहिरिएका फेरि संगै भएका छन् । कुन दिन खप्रओ र प्रचण्डाउले मुसी भव भन्दिछन् त्यसपछि उही सडक छाप ।

