घण्टाघरबाट हेर्दा

आफै धामी……..
जोइटिंग्रे स्वभाव भएका वा यता पनि ढल्कु उता पनि ढल्कुको चरित्र भएका माने आफै धामी आफै बोक्सीको उखान यतिबेला एमाओवादीका अध्यक्ष प्रचण्डाउसाग ठ्याक्कै मिल्न पुगेको छ । अब हेरौ न अस्तिका दिन उन्ले कुम हल्लाई हल्लाई राजधानीको टुडीखेलमा भाषन ठोक्दै भने अब म शान्तिपूर्ण जनविद्रोहको नेतृत्व गर्छु । गामघरतिर पनि फुट्टीभाङ्ग नपत्याइएको जडौरी अनुहार भएका स्वघोषित दलका नेताहरुलाई मिलाएर २२ दलीय मोर्चा बनाई संविधान नबनाउने षड्यन्त्रमा लागेका प्रचण्डाउलाई जत्तिसुकै उफ्रिए पनि कान्ला मुनिको कान्ला मुनिकै भ्यागुताको हैसियतमा जन्नताले
राखिद्या छन् । बहुमत पनि नमान्ने अनि सहमति पनि गर्न नसक्ने प्रचण्डाउले सभामा भुके म राजनैतिक संयन्त्रको नेतृत्व छोड्छु तर २२ दलीय मोर्चाका नेतृत्व छाड्दिन । पत्याउनेले पनि पत्याइदिए पो । झण्डै एक महिना सम्म संसद अवरुद्ध गरेर राजनैतिक संयन्त्रको अध्येक्षे भेट्टाएका छन् । त्यसै छाड्छन् ? नपात्याउ ?
अख्तियार लाग्दैन
हैन हौ त्यो अख्तियार पनि मानिसको थोप्रा हेरी हेरी कार्बाही गर्छ कि क्या हो ? एक  हजार घुस खानेलाई कर्‍याप्प आठ्याउाछ तर एक करोड डकार्नेतिर फर्केर हेर्दैन । हुन त
करोडौ खानेहरुकै आर्शिवादले अख्तियारका प्रमुख कार्की काजी नियुक्ति भा’ हुन् क्यारे । अब उनेरुलाई नै कर्‍याप्प बनाएर त भएन । नामकको सोझो पनि त गर्नुपर्‍यो । आखिरी बोक्सीले पनि दश घर बार्छन भन्ने उखानै छ । त्यै अख्तियारले तडकभडक गरेर भोजभतेर गर्न पाइादैन भनेर नियम बनायो । अब यतिबेला दलका नेताहरु चियापानको नाममा हजारौ मानिसलाई बोलाएर करोडौ खर्च गरिरा’छन् । केही दिन अगाडि नेप्लिज लााग्रेसले हजारौलाई बोलाएर चियापान खिलायो । अब झालेमालेले पनि त्यसै गर्‍यो । तर अख्यितारले त्यस्तो चियापानको खर्चैै देखेन । क्या हाइसञ्चो दलहरुले जतिसुकै दन्काएर पनि अख्तियार नलाग्ने रै’छ । हुन त गणतन्त्र जो आ’छ ।
सुचने आक्रोसित
अस्तिका दिन हाम्रा सुचने माने संविधानसभाका अध्येक्षे सुभाषचन्द्र नेम्वाङ्ग संविधान सभामै बुरुक्क उफ्रिएछन् । एक छिन खुल्दुली भयो आखिरी होचा कदका सुचने त्यसरी उप्रंmनुपर्ने कारण के परेछ ? घण्टाघरले पनि यसो वाइनाकुलर सोझ्याएर सुचनेको थुतुनो सुाघ्या त बात त अर्को रै’छ । माउवादीका मुरख विद्वान बाउरामलाई संवैधानिक राजनैतिक संवाद तथा सहमति समितिको अध्येक्षेको तीनपटक म्याद थप गर्दा पनि उन्ले कुनै सहमति गर्ने लुर देखाउन सकेनन् । राज्ये शक्तिको बााडफााड, राज्यको शासकीय स्वरुप र न्याय प्रणालीका रुपमा सहमति गर्न बाउरामलाई अध्येक्षे बनाइएको थ्यो । लुरै नभएकालाई कामको जिम्मा हुादा फुइय्याा हुन्छ ? अनि नौटाकी देखाएर सुचने आक्रोसित हुनु भन्या अर्थ न बर्थ गोविन्द गाइ टाउको दुख्या औषधि नाइटोमा लाइ भन्ने जस्तै मात्र हो ।
नेताको शासन
लोकतन्त्र भन्या जन्ताको शासन भन्थे भुत्रो पनि हैन रै’छ । अब हेरौा न यसपालि नेपालका धेरै नेता विरामी भए । सुशिल कोइराला विरामी भए उपचार गर्न अमेरिका गए, त्यो पनि एक पटक हो र ? दुई दुई पटक । खप्रओ विरामी भए उपचार गर्न विदेशै गए । झल्लाझलु विरामी भए विदेशै हान्निए । राज्यको ढुकुटीबाट यी बूढा नेताहरुको उपचारमा करोडौ खर्च भयो । गणतन्त्र भन्या, लोकतन्त्र भन्या नेताकै मोज जस्तो रै’छ । विचरा ज्ञानेन्द्र साह विरामी हुादा स्वदेशमै उपचार गराए । हिजो राजा महाराजाहरु विरामी हुादा उपचार गर्न विदेश जान्थे । आज नेता, तिनका श्रीमति छोराछोरी उपचार गर्न विदेश जान्छन् । हिजो राजा महाराजाका छोराछोरी पढ्न विदेश जान्थे आज नेताका छोराछोरी विदेश जान्छन् । हिजो राजामहाराजाका घर ठूला हुन्थे आज नेताका, तिनका छोराछोरीका घर ठूला छन् । क्या काइदाको गणतन्त्र ? हिजो एउटा मोटाएको सम्म थियो आज हजारौ सुन्निएका छन् । जन्ता त उही पेटाराको पेटारै । कि कसो हौ ?
काम पाइनस्…..
काम पाइनस् बुहारी पाडाको पिाध कन्या भन्ने उखान हाम्रा बेकामे ६०१ सभासदमा ठ्याक्कै लागू भएको छ । यिन्ले बनाउन न कहिल्यै जान्या छैनन् तर विगार्न भने माहिर छन् । जाबो एक थान संविधान बनाउन ६ बर्षदेखि ठास–ठास कनिरहेका छन् । संविधान बनाउनुभन्दा अरु उट्पट्याङ्ग काममै यिनीहरु दौडधूप गरिरहेका छन् ,। गाई राष्ट्रिय जनावार हुादाहुादै कुकुर, गैडालाई बनाउनुपर्छ भन्छन्, कहिले झण्डा फेर्नुपर्छ भन्छन्, कहिले के भन्छन् त कहिले के भन्छन् । अहिले फेरि मुलुकी ऐनलाई परिमार्जन गरेर देवानी, अपराध संहिता, फौजदारी कसुर निर्धारण सम्बन्धी पााच विधेयक संसदमा पेश भएको छ । त्यै एउटा मुलुकी ऐन सद्धे थियो त्यो पनि अव अपांग बनाउने भए । आफू ताक्छु मुढो बञ्चरो ताक्छ घुाडो भन्या यही हो । एउटा काम गर है भनेर पठायो बाउठिएर अरु अरु काम गर्दै हिड्छन् ।
एकादेशको कथा
नेपालमा संविधान सभाबाट संविधान बन्नु भन्या एकादेशको कथा जस्तै हो । हरेक दिन अखबारका पाना, रेडियो, टेलिभिजन, हरेकका थुतुनोमा संविधानसम्बन्धी चर्चा
परिचर्चा भइरहेको हुन्छ । ६ बर्षदेखिका यस्ता समाचार सुन्दा सुन्दा होला संविधानसभाको नाम सुन्दा पनि नेपाली जनता आक्रोसित हुन थालेका छन् । संविधान नबन्दा राजनैतिक दलका नेताहरुलाई साह्रै ठूलो फाइदा छ । संविधान नहुादा यिन्ले आफ्नो राजनीतिक दोकान निर्वाध अगाडि बढाएका छन् । दोकान पनि गजबैले चलेको छ । संविधान बनाएर जानी–जानी आफ्नो दोकान त कसैले बन्द गराउादैन होला । कि कसो हौ ।
सुजुको जलपान
हिजोआज चियापानको फेसन खुबै चल्या छ । खासगरी आफूलाई नेता भनाउादाहरु चियापानको चटारोमा छन् । कारबाहीमा परेकादेखि अख्तियारले भ्रष्टाचारी भनेर डामेका, घर फोर्ने स्थानीय चोरदेखि राज्यको ढुकुटी सिध्याउने डाका सम्मलाई चियापान भनौ जलपानको चटारोले छोएको छ । अब हेरौ न तीन महिना कारबाहीमा परेकी सुजुमेम माने सुजाता जोष्ठले पनि अस्तिका दिन विराटनगरमा चियापानको आयोजना गरिन् । यिन्ले आयोजना गरेको चियापानमा धेरै गएनन्, जानेहरु पनि मुख बटारेर गए । जति गए ती मध्ये धेरै चपरचण्डाल व्यापारी, ठेकेदारहरु नै थिए । कोही भन्दै थिए कारबाही परेकाको चियापानमा के जानु ? यसो भनेको सुन्दा घण्टाघरलाई अलि ननिको लाग्यो । जे भे नि सुजुमेम भन्या गिर्जाउकी पुत्री पो हुन त हौ । उनको अपमान गर्दा गिर्जाउको अपमान हुन्छ भन्ने कस्तो नबुझ्या ?
अन्तेमा
अस्तिका दिन सुशिल बाको सरकार झण्डै चिलिम भएको । बुढाको बुद्धि पनि कहिलेकाहीा उल्टो हुन्छ कि क्या हो ? सुकुम्बासी समस्या समाधान आयोगमा झालेमालेले सबै आफ्ना कार्जेकर्तालाई मात्र नियुक्ति गर्‍यो भनेर चण्डाल केही कााग्रेसीले सुशिल बालाई बताएपछि बाले पनि तत्काल आयोग खारेज गर्नै प्रस्ताव अगाडि सारे । यसको सुइाको पाएपछि खप्रओले आफ्ना सबै मन्त्रीलाई सरकारबाट फिर्ता बोलाए । हत्तपत्त बाले सो प्रस्ताव फिर्ता लिएपछि वाको सरकार ढल्नबाट हाललाई जोगिएको छ ।

तपाईको प्रतिक्रिया