पदभार ग्रहणस“गै विकास निर्माणमा तिब्रता

धरान÷बर्षौदेखिको कर्मचारी तन्त्रले तहस नहस हुन पुगेको, धार्मिक पर्यटकीय दृष्टिलेमात्र नभएर पुरातात्विक दृष्टिले समेत नेपालमै महत्वपूर्ण मानिएको धरान वडा नं. १४ विजयपुरमा सडक, ड्रेनहरु जनप्रतिनिधिको आगमनसँगै धमाधम निर्माण हुन थालेका छन् ।
आषाढ १४ गते सम्पन्न दोस्रो चरणको निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट अत्याधिक वहुमतले निर्वाचित धरान ं. १४ का वडा अध्यक्ष र सदस्यहरुको पहलमा सडक निर्माण, ड्रेनहरुको सरसफाई, खाल्डाखुल्डी पुर्ने, सडक बत्तीको व्यवस्था लगायतका कार्यले हाल तिब्रता पाएको छ ।
धरान वडा नं. १ को रेडक्रस भवनदेखि विपजयपुर चौकसम्म सवारी साधन मात्र हैन मान्छे नै हिड्न नसक्ने अवस्थामा पुगेको झण्डै दुई किमी सडकको ढलान कार्य धमाधम भइरहेको छ । जसका लागि वडा अध्यक्ष कृष्णप्रसाद भट्टराई र निर्वाचित सदस्यहरुको पहलमा धरान उपमहानगरपालिकाबाट तीन लाख ५० हजार बजेट तत्कालका लागि विनियोजन गरिएको छ । उक्त सडकको दुरावस्थाकै कारण सवारी दुर्घटना बढेको स्थानीयले बताउदै आएका थिए ।
निर्वाचित वडा अध्यक्ष र सदस्यहरुको पहलमा विजयपुरको मण्डप चौक पूर्वको हिलाम्मे सडकमा गिट्टी ओछ्याउने काम समेत सम्पन्न भएको छ । स्थानीय दाताहरुकै आर्थिक सहयोगमा ६ ट्रिप गिट्टी ओछ्याएको वडा अध्यक्ष कृष्णप्रसाद भट्टराईले बताउनुभयो । यसैगरी विजयपुर मन्दिर परिषरदेखि वडा नं ३ को साँधसम्म खानेपानीको पाइप विछ्याउँदा युएनडिपीले २५ एमएममात्र कालोपत्रे गर्न लागेकोमा त्यसलाई बढाएर ३० एमएमको बनाउन लगाइएको, विजयपुरका सम्पूर्ण ड्रेनहरुको स्थानीयकै पहलमा सरसफाई शुरु गरिएको पनि वडा अध्यक्ष भट्टराईले बताउनुभयो । यसका अलवा अब महिलाहरु घरको चुलो चौकामा मात्र सीमित हुनुहुँदैन भन्ने मान्यतालाई आत्मसात गरेर महिला सशीक्तकरणको आयोजनामा महिलाहरुको क्षमता विकास गर्ने हेतुले एक दिने उद्घोषण तालिमकोसमेत वडा अध्यक्ष र सदस्यहरुको पहलमा सम्पन्न गरिएको छ । क्षमता अभिवृद्धि र आत्मबलको लागि भएको उक्त एकदिने उद्घोषण तालिममा
विजयपुरका ७० जना महिलाहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सभापतित्व निर्वाचित सदस्य सीता पौडेल, प्रमुख आथिको रुपमा वडा अध्यक्ष कृष्णप्रसाद भट्टराई रहनु भएको यिो भने प्रशिक्षणद्वय रविन्द्र थापा, विष्णु बराल रहनु भएको थियो । कार्यक्रममा निर्वाचित वडा सदस्य मन्जिल कसजु र शोभा पुलामीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया