१२ घण्टामा महिला हिंसा ः जनप्रतिनिधि मारिइन, श्रीमतिको टाउको काटियो

े राष्ट्रिय समाचार समिति राससको बुलेटिनमा ७९ नम्वरको समाचारको शीर्षक थियो, ‘पदभार ग्रहण गर्न नपाउँदै निर्वा्चित वडा सदस्यको हत्या ।’ राससले समाचार राती आठ बजेर ५७ मिनेट जादा पोस्ट गरेको थियो ।
त्यसको अर्को्दिन अर्थात आज विहान करिव १० बजेतिर राससले अर्को समाचार पोष्ट गर्यो र शीषर्क थिया–श्रीमानद्वारा श्रीमतीको गला
रेटी हत्या । १२ घण्टाको अन्तरमा आएका यी दुई समाचारका शीर्षक हाम्रो सामाजिक सोच र चेतनास्तर मापनका लागि पक्कै पनि सहयोगी घटना हुन् ।
स्थानीय तहको चुनावमा महिला प्रतिनीधित्वको कुरा गरेका छौँ र भएका पनि छन् । दलित प्रतिनीधित्वको विषय उठाएका छौँ र यो चुनाव मार्फत उनीहरुको सहभागीता सुनिश्चत
गरेका छौँ । तर, रुकुम र बाँकेमा भएका दुई घटनाले हाम्रा सोच कहाँ छन ? एक पटक बहस गर्नुपर्ने ठाउँमा पुर्राएको छ ।
दोस्रो चरणमा भएको स्थानीय तहको निर्वाचनबाट निर्वा्चित एक वडा सदस्यको रुकुममा हत्या भयो । पुथाउत्तरगङ्गा गाउँपालिका वडा नं ७ जाङकी दलित महिला सदस्य २७ वर्षीया बयानसरी कामीको आफ्नै
घरमा हत्या भएको प्रहरीले जनाएको
छ ।
हत्याको आरोपमा प्रहरीले उनकै श्रीमान् ३८ वर्षीय तेजबहादुरलाई पक्राउ गरेको छ । बयानसरी नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार भएर सो वडाको दलित महिला सदस्यमा विजयी भएकी थिइन् । बयानसरीले उम्मेदवारी दर्ता गरेदेखि नै श्रीमान् श्रीमतीबीच झगडा हुँदै आएको स्थानीयवासीले जानकारी दिएका
छन् ।
श्रीमतीको हत्या आरोपमा पक्राउ परेका तेजबहादुरले आफूले खुकुरी प्रहार गरेर श्रीमतीको हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थम्मनबहादुर रजालीले जानकारी दिएका छन् । अनुसन्धानका लागि तेजबहादुरलाई जिल्लामा ल्याइँदै छ भने बयानसरीको शव परीक्षणका लागि जिल्ला अस्पताल सल्लेमा पु¥याएको छ ।
संवैधानिक रुपमा हामीले स्थानीय तहमा महिला प्रतिनीधित्वको सुनिश्चता ग¥यौ । तर, रुकुममा बयानसरी कामीको ज्यान गयो, त्यो पनि श्रीमानबाटै । देशभर फुलमालासहित विजयउत्सव मनाईरहेका महिलाहरुका लागि बयानसरी कामीको हत्या सामन्य हुनु हुँदैन । यो एउटा घटना हो र सवैभन्दा डरलाग्दो प्रश्न चाहीँ सोचको हो । सोच परिवर्तनका लागि गरिनुपर्ने प्रयत्नको खाँचो हो ।
अर्को घटना छ, बाँकेको, जहाँ श्रीमानद्वारा श्रीमतीको गला रेटी हत्या भयो । एक श्रीमानले आफ्नै श्रीमतीको गला रेटी बीभत्स हत्या गरेका छन् । कोहलपुर नगरपालिका–४ बेलनपुरका २९ वर्षीय मोहमद अस्ताव बेडुवाले आफ्नै २७ वर्षीया श्रीमती मन्सुरको गला रेटी टाउको छुट्टाएर हत्या गरी प्रहरीमा आत्मसमर्पण गरेको इलाका प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
सोमवार राती करिब १२ बजे श्रीमतीको हत्या गरी अभियुक्त बेडुवा श्रीमतीको टाउकोसहित इलाका प्रहरीमा गएका थिए । घटनास्थल पुग्दा मृतकको शरीर र पाँच÷छ महिनाकी छोरी भेटिइन् । छोरीको प्रहरीले तत्कालै उद्धार गर्यो ।
श्रीमतीको हत्या गर्ने अभियुक्तका दुईवटा श्रीमती रहेको प्रहरीले जनाएको छ । निजकी कान्छी श्रीमतीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
मृतक जेठी श्रीमती रहेकी र उनका तीनवटा छोराछोरीसमेत रहेका छन् । श्रीमतीको हत्या गर्नेउपर कडा कारबाहीको माग गर्दै
बेलपुरका स्थानीयबासीले गएराति इप्रका कोहलपुर घेराउ गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यी दुई घटनाले फेरि प्रश्न उठाएको हो, हामीकहाँ महिला सुरक्षाको अबस्था के छ ?

तपाईको प्रतिक्रिया