आश्चर्य लाग्यो रे ?
झालेमालेका अध्येक्षे खप्रओ यतिबेला बडो ठूलो आश्चर्यमा प¥या छन् । उनी आश्चर्यमा पर्नुको मुख्य कारण पनि गजबकै रै’छ । कोही के हुँदा आश्चर्यमा पर्छन्, कोही केही हुँदा आश्चर्यमा पर्छन् तर खप्रओचाहिँ नेपाली कँग्रेसले पहिलो र दोस्रो चरणको निर्वाच्नमा ल्याएको परिणामबाट आश्चर्यमा प¥या रै’छन् । उनले अस्तिका दिन भन्या जन्ताको हितमा कुनै कामै नगर्ने नेपाली कँग्रेस सफाचट नै हुनुपथ्र्यो । तै पनि यतिका म त आश्चभर्य चकित भा’छु । जन्ताले झालेमालेलाई त्यतिक मत दिएर त्यत्रो ठाममा जिताउादा पनि खप्रओलाई किन ईष्र्या लाग्या होला ? बचो र बचाओ त भन्न जानेकै रहेनछन् । खाली अर्काको रिस ग¥यो , जन्तालाई डल्लो परी–परी हाँस्ने बनायो । अरुले पनि त यसो गरी खानु प¥यो नि । जरै उखेलेर नाश त गर्र्नु भएन नि ?
कुरा मिल्यो
सत्ताका लागि आÏना सबै एजेन्डा छाडेर गौडो कुरेर बस्ने मुसा प्रवृत्तिका कमलाउ माने कमल थपा र बुढा निलकण्ठे काजी–प्रचण्डाउ बीचमा अस्तिका दिन वार्ता मिल्यो रे । सत्ता भनेसी’जस्कोसुकै नेृत्मा बनेको होस् सुरुवालको इँजार कसेर कमलाउ दौडन्छन् भन्ने हो रै’छ । राजपासँग
गरेको सहमति अनुसार संविधान संसोधन गर्न काजी र प्रचण्डाउलाई संख्या चाहिएको थ्यो । कमलाउ पसल खोलेर लाग्या थे । अस्तिका दिन सम्म खप्रओलाई साथ दिइरहने भन्ने फलाक्दै थे अहिले आएर काजी प्रचणडउल खेममा पगेछन् । आखिरी मुसा प्रवृत्ति न हो । कमलाउलाई) मान मर्यादा नि निक्कै गरेछन् । वाल्वाटारेै बोलएर मनको इच्छा सोेधेछन् । ती पनि के कम फटाफट भन्देछन् एक उपपर्धानमन्तरीसहित चारवटा मालदार मन्त्रालय चाहियो । काजी प्रचण्डाउले तथास्तु भन्देछन् । आखिरी यिन्का बाबुको केही जाँदैन । सत्ता टिकाउनु जो छ ।
घरमैमा पछारिए
राजधानीमा टङ गरी हल्लाएर बस्ने अनि यसो मनलाग्दा आफ्नो गृह जिल्लातिर पसारिने नेपाली काँगठ्रेसका प्रभावशाली भनेर चिनिएका नेताहरु यतिबेला नाक, मुख, छोप्दै हिड्न थाल्या छन् । झापाली कान्छो कृष्ण सिटौलाको क्षेत्र झलेमालेले खरेटो लगाएरै बढरिदिएछ । बुढानिलकण्ठे कजीको डँडेलधुरा पनि सिनित्त, बोल्दा पनि जातै जान्छ जस्तो गर्ने बालकृष्ण खाँडको बुटवल त झन झालेमालेले एएटा कसिंगर नै नराखी तिनाउ नदीतिर मिल्काइ दिएछन् । राम्रा ठाउँ कही राखेनछन् । यति अचाक्ली त गर्नु हुन्थेन हौ ? हुन त लाँग्रेसको ठालु प्रवृत्ति दायाँ–बायाँ भएन भने अब हुने चुनाउमा कसले जित्यो है भन्नै खोज्नुपर्नेै पो हुन्छ कि क्या हो ?
किड्नी नै गायव
झालेमालेले सञ्चालन गरेको मनमोहन हस्पिटलको नाम अब किड्नी हस्पिटल राख्नुपर्ला जस्तो छ । उपचार गर्न जनकेो फर्कदा किड्नी लापत्ता हुन थलेपछि अब नामै परिवर्तन गर्दा के
फरक पर्ला ? अस्तिका दिन एकजना युवा उपचार गर्न गाथे विचारा फर्कदा जादुगरले छु मन्तर लगाएझै दुवै किड्नी गायव । किड्नी नै गायव भएसी त्यत्रा महान व्यक्तिको नाममा हस्पिटल राख्नु त भएन । किड्नी किन गायव भयो भनेर चौतर्फी आवज उठ्यो । दुनियाँका दुनियाँ थरि कुरा आए । तर खाट्टी कुरा त अर्कै पो रै’छ । कुरा के भने झालेमालेका अध्येक्ष खप्रओलाईै किड्नी चाहिएको रै’छ । सट्याकसुटुक गरेर आÏनै हस्पिटलबाट झिकझाक गर्ने प्रवन्ध मिलाउनै प¥यो । भा’को यति हो । कसैको जरो नखेली कसैलाई औषधि बन्दन क्या रे , कि कसो है ?
सरकारमा नजाने रे
सरकारमा जान भनेसी’ नेताहरु पहिल्यै देखि खुट्टा उचालेर बस्छन् । नेता र नेतृहरुको भरमार चकडी हान्छन् । उस्तै परे अग्रिम पेस्की समेत बुझाउँछन् । तर संघीय समाजवादी पार्टीका अध्येक्ष उपिन्द्र जादव सत्तामा जाँदै नजाने रे । जादवलाई हिजो आज कताको हावाले भेटाएको छ कुन्नि । यतिका दिनदेखि संविधान संसोधन गर्नुपर्छ भनेर दुनियाँ मधेशीलाई सडकमा उफारे । अहिले संविधान संसोधन गर्नु हुँदैन भनेर भट्यउन थालेका छन् । संसोधन गर्नु पर्ने थिएन भने फुइøयाा खान मधेशमा आन्दोलन ग¥या त ? अब अहिले सरकारमा नि जान्नँ भन्दै छन् । यिन्ले के खोज्या होला ?
तेस्रोमा नि पहिलो रे
हिजो आज झालेमालेका नेताहरु ज्योतिषी समेत बन्न थालेका छन् । थुतुनामो जे अयो त्यही फलाक्न थाल्य छन् । घोडालाई ज्यादा बोझ बोकायो भने त्यसले कोकोहोलो गरेर हिहीही गर्छन रे । झालेमालेलाई नि त्यस्तै भएको हो कि क्या हो ? पहिलो र दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा जन्ताले थाम्नै नसक्ने, बोक्नै नसक्ने मत दिएपछि त्यसका नेताहरु घोडा हल्लिएजस्तो हिहीही गर्न थाल्या छन् । अब हेरौ न त्यो सुनबुढा भनेर चिनिएका माने बाउदेउ गौतमले अस्तिका दिन भनया अब तेस्रो
चरनको स्थानय तहके निर्वाचनमा नि झालेमाले नै अहिले पार्टी बन्छ
रे । अझ प्रदेश र सांसदको चुनाउमा त बहुमतै ल्याउँछ रे । जनताले चाहेमा सिढी चढाउँछन् नचाहेमा पर्छाछन. भन्ने कुरा बाउदेउर्ला जथाहै होला । त्सैले अहिले आएको परिनामले मात्तिएर जाभावि बोल्ला भोली इँजार चुँडाइदिए भने अनि थाहा पाउला ?
मति बिग्रेसी
मति बिग्रेसी खति हुन्छ भन्थे हो कि क्य हो ? त्यसमाथि झन
घरैमा धुरी चढेर पोथी बासेपछि बातै खलास । अहिले लाँग्रेसका सभापति माने सिजनल पर्धानमन्तरी बुढानिलण्ठे काजी जोइटिंग्रे भै दिँदा पार्टीमत्र खलास हैन देशै खलास होल जस्तो भा’छ त । अब हेरै न त्यो विविसीको झाmा सवालमा लात्तलुत्त नांगिएका काजी बाढी पीडितलाई हेर्न सप्तरी आउँदा रहल पहल भएको लाज पनि ढाक्न सकेनन् काजीले । अविरल बर्षाका कारण डुबानमा परेका बाढी पीडितहरुले आÏना समस्या लेखेर काजीलाई द्या थे । तर भाषण गर्दा काजीले त्यै चिठ्ठी पो पढ्न था्ले । दायाँ बायाँ बसेका कार्जेकर्ता मात्र हैन प्रहर प्रशासन सबै आश्चर्यमा
परे ,। लौ वित्यासै पर्ने भयो भन्दै सप्तरीका सिडियोले हजुर विषय फरक प¥यो भनेपछि ब्वाङ–ब्वाङ्ग र तुङ्गतुङ्ग गर्दै हतार हतार चिठ्ठी कोटको खल्तीमा घुसारे । अगुल्टाले हानेको कुकुर विजुली चक्ँदा तर्सन्छ भनेझै साझा सवालले तर्साका देउवा जता पनि विच्कन थाल्या छन् ।
अन्तेमा
स्थानीय चुनावमा सबैतिर फाँक भएको माओवादी केन्द्रले आफूहरु फाक हुनुको कारण खोज्दै समिक्षा बैठक गर्ने रे । फुइøयाँको समीक्षा बैठक
गर्नु ? जन्ताले पत्याएन भोट आएन । समीक्षा बैठकगर्दा थप हुने भए पो । वित्थामा नौटकी किन ग¥या होला ? दश बर्षसम्म जन्ताको हुर्म लिने अनि अहिले आएर भोट आएर भनेर फाँक भएसी समीक्षा बैठक गर्नुको तुक के रहला र ? कि कसो हौ ?
