एमालेले सुनसरीका अधिकांश ठाउ“मा उमेद्वारी टुंगो लगायो

धरान÷आगामी असार ९ गते (?) हुने स्थानीय अन्तर्गतको निर्वाचनमा एमाले सुनसरीका अधिकांश स्थानमा उमेदवारी टुंगो लगाएको छ ।
सुनसरीका दुई उपमहानगरपालिका ६ गाउँ पालिका र चार नगरपालिकाको उमेद्वारी लगभग टुंगो लगाएको प्रदेश सभा सदस्य धर्म निरौलाले बताउनुभएको छ । सहमति हुन नसकेकाहरुको जिल्ला कमिटी र प्रदेश सभाले एक दुई दिनभित्रैमा टुंग्याउने पनि उहाँले बताउनुभयो । प्रदेश सभाले नगर पालिका र गाउँ पालिकाको निर्णय गर्ने अधिकार पाएको छ भने उपमहानगर पालिकाको हकमा प्रदेश सभाको सिफारिसमा स्थायी समितिले गर्ने एमाले प्रदेश सभाको
सिफारिसमा स्थायी समितिले गर्ने एमाले प्रदेशसभा प्रमुख भिम आचार्यले जानकारी दिनुभयो ।
इटहरीस्थित प्रदेश सभाको कार्यालयले दिएको जानकारी अनुसार
धरान उपमहानगरपालिकाको प्रमुखमा
तारा सुब्बाको नाममा सहमति भइसकेको छ भने उपप्रमुखमा सावित्री श्रेष्ठ, बेनु काÏले, मञ्जु भण्डारीको नाम पार्टीको स्थायी समितिको बैठकले प्रदेश सभाको सिफारिसमा टुंगो लगाउने भएकोले अहिले निर्णय भइनसकेको बताइएको छ । यद्यपि प्रदेश सभाले सावित्री श्रेष्ठको नाममा मोटामोटी सहमति भइसकेकोले उहाँ नै धरानको उप प्रमुखको प्रत्यासी हुने लगभग निश्चित भइसकेको छ । यसैगरी धरान उपमहानगरपालिकाका वडा अध्यक्षहरुमा वडा नं. १ बाट भरत सुवेदी, वडा नं. २ बाट मुकुल कायस्थ, वडा न. ३ बाट आशाकुमारी श्रेष्ठ, ४ बाट मनबहादुर
राई, ५ बाट चन्द्रबहादुर भुजेल, ६ बाट भुवनसिंह बस्नेत, ७ बाट जीवनराज सुवेदी, ८ बाट रुद्रबहादुर लिम्बु, ९ बाट रत्नबहादुर कटुवाल, १० बाट श्रीप्रसाद लिम्बु, ११ बाट बाबुलाल लामा, १२ बाट टंकबहादुर राई, १३ बाट नेत्रप्रसाद काफ्ले, १४ बाट झलकबहादुर श्रेष्ठ, १५ बाट नरेश इमारम, १६ बाट दिलबहादुर गिरी,१७ बाट पूर्णप्रसाद राई, १८ बाट नविन राई, १९ बाट पूर्णबहादुर लिम्बु र २० बाट मणिराज राई रहनु भएको छ ।
उता इटहरी उपमहनगरपालिकाका नगर प्रमुखको आकांक्षीमा एमाले जिल्ला अध्यक्ष द्वारिकालाल चौधरी, सर्वध्वज सावा र रामप्रसाद चौलागाई देखिएका छन् भने उपमेयरमा लक्ष्मी गौतम, अञ्जु भण्डारीको नाम सिफारिस भएको छ , भाषी रामधुनी नगरपालिका र इटहरी उपमहानगरपालिका सँगै जोडिएकोले र यी दुवै स्थानमा थारु बाहुल्यता रहेकोले जातीय समिकरणलाई समेत ख्याल गर्नुपर्ने भएकोले इटहरी उपमहानगरपालिकामा द्वारिकालाल
चौधरीलाई प्रमुखको प्रत्यासी बनाउँदा भाषी रामधुनीमा नन्द बस्नेतलाई प्रमुखको उमेद्वार बनाउने एमालेले गृह कार्य
गरिरहेको छ । एमाले १ नंं प्रदेश सभाले दिएको जानकारी अनुसार भाषी राजधुनी नगरपालिकामा शंकर चौधरीलाई प्रमुखको प्रत्यासी दिएमा इटहरीमा सर्वध्वज साँवा वा रामप्रसाद चौलााई मध्ये एकलाई उमेद्वार बनाउने भएको छ । तर यो अवस्थामा धरान उपमहानगरपालिकामा तारा सुब्बालाई प्रमुखको प्रत्यासी बनाउने निर्णय भइसकेको अवस्थामा इटहरीमा सर्वध्वज साँवाको भन्दा रामप्रसाद चौलागाइको सम्भावना बढेर गएको छ । इटहरी उपमहानगरपालिकाको वडा नं. १ देखि २० सम्ममा वडा अध्यक्षका क्रमशःदुलबहादुर मगर, हर्कबहादुर मगर, नन्दकुमार लिम्बु, चन्द्र भट्टाई, कल्याण कार्की, प्रेम बस्नेत र यामकुमरा सुब्बा मध्ये एकलाई दिने सहमति भएको छ । यस्तै वडा नं. ७ मा शिवनारायण भण्डारी
(चौधरी), टंक शर्मा नेपाल, भुपेन्द्र
बराल, सीता पौड्याल, भागवत चौधरी, रमेश चौधरी र बुद्धिलाल चौधरीमध्ये एक, वडा नं. १७ मा लोकेन्द्र सन्जेल, पदम संजेल र गणेश सापकोटाबीचमा सहमति प्रयास भइरहेको छ । वडा नं. १८ मा रामकुमार चौधरी, १९ मा श्री नारायण चौधरी, २० मा रुद्र बस्नेत हुनुहुन्छ ।
उता इनरुवा नगरपालिकामा पोष्ट नेपालको प्रमुखमा टुंगो लागेपनि उपप्रमुखमा अझसम्म टुंगो लाग्न सकेको छैन । चाँडै नै उपमेयरको समेत टुंगो लाग्ने प्रदेश सभाले जनाएको छ । इनरुवाका १० वटा वडा मध्ये वडा नं. १० र ८ बाहेक अन्य वडाको वडा अध्यक्ष टुंगो लागिसकेको छ जसमा वडा नं. १ बाट नवराज श्रेष्ठ, विन्दुदेवी ढकाल,, मधु परियार, योगेन्द साह, वडा नं. २ बाट
राजेन्द्र पण्डित, विष्णु उराउ, छोटु सर्मा, गंगा थापा, जन्नुवति राम रहेका छन् । यसैगरी वडा नं ३ बाट वडा अध्यक्ष कालुराम गुरुङ्ग र सदस्यहरुमा कृष्ण पोखं्रेल, सरोज बराल, कालिका तिम्सिना, कवत्री साह, वडा नं. ४ बाट वडा अध्यक्ष श्यामदेव मेहता र सदस्यमा लक्ष्मी बर्मा, कमला खडेका जानुकादेवी सदा, विष्णु उराव छन् । वडा नं ५ बाट अध्यक्षमा अन्जली पोख्रेल र सदस्यमा डम्मरु बल्लव भण्डारी र सदस्यहरुमा इन्दिरा सुवेदी, कैलाश
चोधरी, कुमारी परियार, वडा नं. ७ बाट वडा अध्यक्षमा वन्हु चौधरी र सदस्यमा प्रहलाद चौधरी, देवकीदेवी सरदार,
मीरादेवी चौधरी, बद्रीनारायण उराव, वडा नं ८ बाट वडा अध्यक्षमा अशोक साह र सदस्यहरुमा कृष्णदेव मण्डल,कुमारी देवी सदा, लयावती
उराव, सुकरात मिया, वडा नं. ९ बाट वडा अध्यक्षमा बसिर इद्रिस मन्सुरी र सदस्यहरुमा कमल नारायण चौधरी,
रन्जना चौधरी, शान्तिदेवी खत्वे, सुदेव खान रहेका छन् ।

तपाईको प्रतिक्रिया