धरान÷श्री जैन श्वेताम्बर तेरापंथी सभाका संस्थापक अध्यक्ष प्रख्यात समाजसेवी हंसराज जैन सुरणाको यही जेष्ठ ३ गते बुधबारका दिन हृदयघातबाट निधन भएको छ ।
सुरणा दर्जनौ सामाजिक संघ संस्थामा आवद्ध हुनुहुन्थ्यो । उद्योग वाणिज्य संघ सुनसरीको विभिन्न पदहरुमा बसेर उद्यमी, व्यवसयीलाई सेवा पु¥याउनु भयो भने उहाँको नेतृत्वमा धरानमा एउटा औद्योगिक क्षेत्रको स्थापना गर्न राजा महेन्द्रलाइ विन्तिपत्र चढाएको थियो । सोही अनुरुप धरान औद्योगिक क्षेत्र स्थापना भएको संघको अभिलेखमा उल्लेख छ । सुनसरी उद्योग वाणिज्य संघले उहाँको यस योगदानको कदर स्वरुप आफ्नो २० औं स्वर्ण जयन्तिको अवसरमा दोसल्ला ओढाई सम्मान गरेको
थियो । महिलाहरुलाई सीपमूलक तालिम दिन उहाँले नारी शिल्पकला केन्द्रको स्थापना गर्नुभयो । सुराणा विगत ११ बर्षदेखि पक्षघात रोगले पीडित हुनुहुन्थ्यो ।
