घण्टाघरबाट हेर्दा

वाह † क्या वात ?
बूढानिलकण्ठका स्यालबहादुर फुस्स कमलबीचको मायाँ पिरतीबाट पोखरा उपमहानगरपालिकामा धुन्धुकारीको जन्म हुने देखिएपछि विचरा कास्की काँग्रेसका सभापति र लेखनाथ पोखर महानगरपालिका सभापतिले राजीनामा ठोकिदर्एछन् । वित्थाँ किन ठोक्या होलान् ? स्याल बहादुर फुस्स कमलको अप्राकृतिक गठबन्धन हुने अनि रजीनामाचाहिँ तिन्ले किन द्या होलान् ? राजीनामा त स्यालबहादुरले दिनुपर्ने हो । विचाराहरु अहिलेसम्म शेरबहादुर भनेर पछि ल्गाया थे रे । तर सल परेसी’ औधी पीडा भएछ । सेर माने सिंहले आफ्नो सिकार आफै गर्छ । कसैसँग तालमेल गरेर सिकार गर्दै गर्दैन भनेर जिल्ला सभापति र नगर सभापति ढुक्क थिए । तर उल्टो भएसी’ विचराहरुले के गरुन् ? सेर भए त मुलुकभरिको पराजयको जस लिँदै आफै राजीनामा घस्काइ हाल्थे नि । स्याललाई फुइøयाँको लाज ? कि कसो हौ ?
अचम्म लाग्छ रे ?
नेपाली मतदाता यतिबेला हाँसेर हिरिक्क भएका छन् । हिरिक्क किन नहोउन् त ? नेपाली उखान तुक्के सम्राट खप्रओले मुख खोल्यो कि पेट मिची मिची हास्न तयार भए हुन्छ । अब अस्तिका दिन उन्ले भने स्थानीय तहको निर्वाच्नमा काँग्रेसले एमालेलाई टक्कर दिएको देख्दा अचम्म लाग्छ । काँग्रेस भन्दा एमाले इस पटक बढी मत ल्याएकोमा अचम्म मान्नुपर्ने ओली उल्टो गफ गरेको सुनेर नेपाली मतदाता
हिरिक्क भएर हाँसकेका रै’छन् । आजकल नेपालका हाँस्इ कलाकारहरु खप्रओको अगाडि फिक्का पर्न थाल्या छन् । खप्रओकै कारण विचराहरु बजारमा चल्न छाड्या छन् । यही अवस्था रहेमा बसै हाँस्यकलाकार बेरोजगार हुने प्रवल सम्भावनाहरु बढेर गएको छ ।
बाढी आउने
स्थानीय तहको पहिलो चरणको मतदान सिद्धिएसी अब नेपालमा बाढी आउने सम्भावना देखिएको छ । निर्वाचित स्वााठजनप्रतिनिधिहरुले आफूले जितेका ठाउँमा विकासको बाढी नै ल्याउने खोकेका छन् । कसैले आूले पाउने भत्त नै नलिने, शिक्षमा लगानी गर्ने, कृष् िक्षेत्रलाई ह्वात्तै बढाउृने, विदेश पलायन रोक्ने, सहर हराभरा बनाउने लगायका दर्जनौ आश्वासन बाँडेका छन् । सबैले बाँडेका आश्वासन अनुुसार काम गरे भने यहँ त विकासको बाढी नै आउाछ । कहीँ यो किवासको बाढी बगेर बंगालको खाडीमा गएर नमिसियोस् भन्ने चिन्ता घण्टाघरलाई लागि रा’छ । चुनाउ जित्नका लागि आकास पाताल जोड्छन् तर हकामचाहिँ फुट्टीभाङ्ग केही गदैृन भन्ने कुराम नेप्लि जनता ढुक्क छन् । बाँकी आगे हेदै
जामला ।
हरायो चुरीफुरी
नयाँ बोतलमा पुरानो रक्सी घोलेर पिलाउँदै हिडेका बाउरामको चुरीफुरी सबै हराउको छ । दुई चार जना कम्मर हल्लाउने मैयाहरुलाई जम्मा गरेर चुनाउमा गा’का बाउरामलाई मतदाताहरलेजहाँ पछारेर जस्तो पछारिदिएका छन् । के के न लछारपाटो लगाउमला झै गरेर मउवादीबाट थुतुनो बजाएर हिड्या थे आखिरी उही सत्तरीको सात हातालागी सून्य भयो । आफैले बनाएको संविधानमा संसदमा प्रतिनिधित्व गर्ने भन्दा अन्य दलले चुनाउ चिहन्ह लिन नपाउने भनेर घस्काएका थिए त्यसको भुमरीमा अन्तेमा आफै परे । विचाराले अन्तेसम्म डाको छाडेर हाम्लाई नि चुनाव चिन्ह दे भनेर सडकमा उफ्रिए । केही गरी नलागेसी बाहिरै कालोभित्रै कालो भएका उपिन्द्रसँग गएर टाँसिए । धन्न उपिन्द्र काला भए नि दिलावा नै रै’छन् । बाउरामको मर्म बुझेर उन्ले मसाल चुनाउ चिन्हमा उमेद्वार उठाउन त दिए तर सबैतिर चिम्लीफाँक भए । यसैलाई भन्छन् के गर्नु मंलगले आफ्नै ढंगले ।
नाराबाजी र उफ्राई
स्थानीय तह अन्तर्गत भरतपुर महानगरपालिकाको मत गनाई यतिबेला कम्ता रोचक भा’छैन । आफ्नै पार्टीको खुट्टामा बञ्चरो हानेर घाइते बनाई माउवादीका प्रचण्डाउँस नेप्लिज काँगेसका मुखिया स्याल बहादुरले मित लगाउन पुगगेसी’ झलेमाले दुवैको कठालो समातेर झन झन बुर्कुसी मारेर अगाडि बढेसी’ दुवैलाई यतिबेला टाउको दुखाई भएको छ । झाले मालेका उमेद्वारले अलिकति मतले अगाडि बढे भने लाँग्रेस र माउवादी नारा लगाउँदै सडक जाम गर्छन् । उनी धृतराष्ट्र पुत्रीले गोडासएक मतले अगाडि हुनासाथ खुशियाली मनाउँछन् । झालेमालेका उमेद्वार अगाडि बढ्नै नहुने भएपसी’ निर्वाचन आयोगलाई नि रतपुरको मतगणना टाउको दुखाई भा’ छ । जे होस् झालेमाले उमेदेवारले घिउ सटुवा र बरवार सटुवाको निदचाहिँ हराम गर्देका छन् ।
संसोधन विनै चुनाउ
झालेमालेका झल्लाझलु माने झलनाथ खनालले भन्या दोस्रो चरनको निर्वाचन संविान विनै हुन्छ रे । उपिन्द जादवबाहेक अन्य मधेशका दलहरु संसोधन नभए चुनाउमा भागै नलिने र चुनाउ गर्नै नदिने भनेर ड.का पिटिरहेका छन् । राजिन्दर महताको तानतुने जनता पार्टीले के गर्ला ? संसोधन विनै चुनाउमा गयो भने मधेशका जनताले मधेशी नेताको धोती खुस्काउने नजाम भने मधेी जनाले अरु दललाई भोट खन्याउने । कया अपहत्ते प¥या छ मधेशवदी दललाई । खाउँ भने कान्छा बाबुको अनुहार नखाउँ भने दिनभरिकोे शिकार ।
कमलाउ नि चिप्लिए
घरमा पाहुना अए छ रे । घरकी बुहारीको चौवीसै घण्टा मलद्वार खुल्ला रहने दीर्घ रोग रै’छ । लौ है बुहारी अरु दिन जे जस्तो भए नि पाहुना आएको दिनचाहिँ अपानवायु नछाडि दे है भनेर सासू ससुराले आग्रह गरेछन् । विचरीले लाखौ कोसिस गर्दा नि थाम्न सकिनछन् । पाहुनालाई जतिपपटक खाना थप्यो त्यति नै पटक उन्ले पानवायु छाडिछन् । यतिबेला राप्रपाका अध्येक्षे कमलाउको नि त्यही हालत भएको
छ । दोस्रो चरााको निर्वाचनमा कनेर एक ठाउँ खै कता हो कुन्नि जितेछन् । कमलाउ चिप्लिनुको मुख्य कारणचाहिँ राजसंस्था र हिन्दुधर्मको एजेन्डालाई छाडेर गनतन्त्रवादी भएर नै भा’ हो
रे । होला नि, पहिला त्यही काठमाण्डौबाट सभन्दा बढी मत ल्याएक कमलाउलाई काठमाण्डौमात्र हैन सबैतिरबाट लोप्पा खुवाइदिए ।
अन्तेमा
दोस्रो चरनके निर्वाचनमा सुरक्षे अवस्था अझ कडा पारिने रे । पहिलो चरनके निर्वाचनले नै सरकरको खुट्टी देखेर सबैले विश्वास गरे । तीन
घेरामा सुरक्षे व्यवस्था छ भनेर पलाके पनि गेडा पाँचेकको ज्यान गयो, एक आधा दर्जन घाइते भए । सेनालाई बम डिस्पोज गर्न भ्याइ नभ्याई भयो । चन्दले हल्लाउनुसमम हल्लाइ दिए । अब दोस्रो चरनमा सिके राउत, चन्द र अरुले के गर्लान् भनेर अनुमान लगाउनै गाह«ो छ । पहिला ती घेरामा सुरक्षे व्यवस्था थियो भने अब ८÷१० दिन घेरा बनाउँदा कसो होला ? नत्र उही हो । खै के खै के फ्यास्स भनेझै ।

तपाईको प्रतिक्रिया