धरानको भानुचौक वरिपरी मानव स्वास्थ्यमै प्रतिकूल असर पार्ने औषधी बेच्नेहरु । यिनीहरुबाट बेचिने औषधीमा न औषधिको उत्पादन मिति हुन्छ, न उपभोग्य मिति हुन्छ, न प्रयोग गर्ने विधि हुन्छ न औषधिको मूल्य नै हुन्छ । यसरी खुल्लम खुल्ला रुपमा आम सर्वसाधारणलाई दिन दहाडै ठग्ने काम भइरहँदा सरोकारवालाको ध्यान पुग्न नसक्नुलाई दुर्भाग्यपूर्ण मान्नुपर्छ ।

