धरान÷आन्तरिक तथा वाह्य पर्यटकलाई सेवा सुविधा दिनकै लागि ठूलो लगानीमा पानीको सुविधासहित धरानमा होटल सञ्चालनमा आएको छ ।
बर्षौदेखिको खानेपानीको हाहाकारसंगै होटल व्यवसायीहरुले व्यवसाय चौपट हुदै गएको अवस्थामा आन्तरिक तथा वाह्य पर्यटकलाई दीर्घकालीन सुविधा दिनका लागि धरान १५ पर्बत टोलमा ईजी
राईडर्स होटल सञ्चालनमा आएको हो ।
करोडौको लगानीमा सञ्चालनमा ल्याइएको होटल तथा धराने खानेपानी उद्योगको आईतवार सो कम्पनीका संस्थापक चन्द्र बहादुर खापुङले रिबन काटेर उद्घघाटन गर्नुभयो ।
होटलमा सुविधा सम्पन्न १९ वटा डिलक्स,स्वीट लगायतका रुमहरु र २ वटा पार्टीहल र पार्किङको बिशेष सुबिधा रहेको छ ।
धराने खानेपानी उद्योग धरानको खानेपानी अभावको समस्या तथा होटल पर्यटक तथा कर्पोरेट आइकनहरुलाई लक्षित गरि सञ्चालनमा ल्याएको होटलका कार्यकारी प्रमुख मणीराज राईले बताए ।
होटल एक तारे स्तरको भएपनि सेवा सुविधाहरु पाँच तारे होटलमा भन्दा कम नहुने सञ्चालकको दाबी छ ।
बुटिक टाइपको यस होटलमा पूर्ण एयर कण्डीसन सुविधा, टेलिभिजन, अट्याच वाथरुम, वाईफाई, तातो–चिसो पानी, मिनी वार लगायतका न्युनतम सेवा सुविधाहरु रहेका छन् ।
होटलमा रहेका डिलक्स रुमलाई सानो र ठूलो गरी दुई वर्गमा विभाजन गरिएको छ । कार्यकारी प्रमुख राईका अनुसार हरेक एक रुमको प्रतिरात ३ हजार सम्म तोकिएको छ ।
होटलले सञ्चालनमा आएको अवसर पारी १० देखी २० प्रतिशत छुट दिने तथा हरेक साझ जेठ महिनाभरी ग्रहकहरुको चाहनालाई ध्यानमा राखि स्थानीय ब्याण्डहरुद्धारा लाईभ प्रस्तुती दिईने घोषणा गरेको छ ।
करिब १० कठठा जग्गामा फैलिएको सुबिधा सम्पन्न ईजी राईडर्स होटल तथा धराने खानेपानी उद्योग संञ्चालनमा आएको हो ।
खापुुङको एक्लो लगानीमा संञ्चालित कम्पनीमा होटल लगायतका १६ बटा कम्पनीहरु संञ्चालनमा ल्याएको छ ।
आईतबारै औपचारिक उद्धघाटन गरिएको सो कम्पनीको प्रचार
प्रसारका लागी भारत दार्जिलिङका सागीतीक पाहुना टोली तथा राष्टिूय कलाकार उदय÷मोनिला सोत्तानको प्रस्तुती समेत रहेको थियो ।

