सवारी चापको वृद्धिसंगै धरानको सडक साघरिदै

धरान÷ समय समयमा सडक विस्तार नहुनु र सवारी साधनको चाप भने अत्याधिक बढ्दै जानुले धरानको सडक साघरिएको मात्र हैन धरान ८ तीनकुनेदेखि धरान १३ लक्ष्मी सडकसम्मको मुख्य सडक नै अस्तव्यस्त बनेको छ । साघुरिएको सडक र बढ्दो सवारी चापका कारण एकातिर दिनप्रतिदिन धरान अस्तव्यस्त बन्दै जादैछ भने अर्काेतर्फ ट्राफिक व्यवस्थापनमा चुनौति थपिएको छ ।साघुरो बसपार्क, साघुरो सडक, त्यसमा भानुचौकदेखि छाताचौकसम्मको २ किमी सडक किनारामा छेउमा दुईपांग्रे सवारी साधनको पार्किङ स्थल बन्दा धरान अझ अस्तव्यस्त बनेको छ । पछिल्लो समय धरान उपमहानगरपालिकाले एकतर्फी बाटो सञ्चालनका लागि काम थालेसंगै धरानेहरु उत्साहित बनेका छन् ।
यसैलाई मध्यनजर गरी धरान उपमहानगरपालिकाले धरानको नया बजार र पुरानो बजारलाई एकतर्फी (वान वे) सडकको अवधारणा अनुरुप काम समेत सुचारु गरेको छ । २०७१ सालदेखि
धरानको जिरोप्वाइन्टदेखि पुरानो बजार हुदै माछा भौडी र देशीलाइनसम्मको ५ किमी सडक नेपाल सरकारको ४ करोड ५० लाख सहयोग र स्थानीय उपभोक्ताको १५ प्रतिशत लागतमा काम समेत शुरुवात गरिसकेको छ । धरानमा अत्याधिक चाप बढेकै कारण एकतर्फी बाटो सञ्चालनका लागि धरानको पुरानो बजारलाई विस्तार गरी प्रयोग गर्न लागिएको धरान उपममहानगरपालिकाले बताएको छ । धरानको पुरानो बजारलाई पुनजीवित गर्न र धरानको अस्तव्यस्तलाई कम गर्न चरण चरणमा काम धरान उपमहानगरपालिकाका योजना अधिकृत इन्जिनियर सुरज श्रेष्ठको भनाई छ ।
अहिले २ किमी सडक विस्तारसंगै कालोपत्रे समेत भइसकेको उहाको भनाई छ । २४ देखि ३२ फिटसम्म चौडाई भएको बाटोलाई अहिले ५० फिटको बनाइएको उहाको भनाई छ ।
३० बर्ष अगाडि बनाइएको सडक अहिलेसम्म विस्तार नहुनु र सवारी साधन भने प्रत्येक बर्ष दोब्बर तेब्बरले वृद्धि हुदा टूाफिकलाई समेत व्यवस्थापनमा हम्मे हम्मे पर्ने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीले बताएको छ । सडक विस्तारसगै एकतर्फी सडक सवार साधन आवातजावत भए दुर्घटना न्यूनिकरणका साथै टूाफिक व्यवस्थापनमा समेत सहज हुने जिल्ला ट्राफिक प्रहरी कार्यालय
सुनसरीका प्रहरी सहायक निरीक्षक उद्धव पोख्रेलको भनाई छ ।
त्यसो त बाटो निर्माणमा धरान ३ पुरानो बजारका सर्वसाधारणहरुले सडक निर्माण उपभोक्ता समिति गठन गरेरै सहयोग पु¥याउदै आएका छन् । श्री ३ महाराज चन्द्र शमशेरले बसाएको बजार भानुचौकदेखि छाताचौक सम्मको सडक नया बजार भएपछि यो बजार ओझेलमा परेको र अब सडक निर्माण पश्चात पुनः जीवित हुने अपेक्षा निर्माण समितिका सदस्य स्थानीय पुरानो बजार पृथीपथका मनोज श्रेष्ठको भनाई छ । सडक विस्तारसगै एकतर्फी बनाउदा पुरानो बजार जीवित हुने र ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने उहाको भनाई छ ।
यतायाता व्यवसायीहरुको समेत माग विगतदेखि नै यस्तै रहेको छ । कोशी राजमार्गमा पर्ने यो सडक
धरान बजार छिर्ने वित्तिकै अस्तव्यस्त हुने गरेकाले सडक विस्तारसंगै एकतर्फी बाटो निर्माण नगरी धरै नपाइने भएकोले धरान उपमहानगरपालिकाले थालेको यो कदमको स्वागत समेत गरेको छ । कोशी बस व्यवसायी संघका अध्यक्ष कृष्ण सुवेदीले सडक विस्तारसैगै एकतर्फी सडकले धरानको सौन्दर्यता बढ्नुका साथै दुर्घटना न्यूनिकरण र टूाफिक व्यवस्थापनमा सहज हुने बताउनुभयो ।
धरानको साघुरो सडकमा सवारी साधन चलाउने होस् या बाटोमा हिड्ने बटुवा सबैलाई धरानको साघुरिएको सडक र सवारी साधन वृद्धिले धेरै समस्या भएको थियो । पहाडी जिल्लाबाट आएका सवारी साधन
जिरोप्वाइन्टबाट पुरानो बजार हुदै भानुचौक निस्किने र पूर्व पश्चिमबाट आएका सवारी साधन नया बजार हुदै जिरो प्वाइन्ट निस्कने योजनासहित काम थालेको प्रति धराने जनता अत्यन्तै उत्साहित बनेका छन् । धरान उपमहानगर यो सकारात्मक काममा कसैले गतिरोध नगरी समयमै सक्नुपर्नेमा सर्वसाधारणको समेत जोड छ ।

तपाईको प्रतिक्रिया