घण्टाघरबाट हेर्दा

सबैलाई चयन
हैन नेपालका दलहरुले त्यो घोषणा पत्र भन्ने चिज अस्ति नै निकाल्नु पर्दैन थ्यो । नेपाली जन्तालाई त्यत्रा कुरा दिन सक्ने रै’छन् । सबैन्दा ठूलो कुरा धेरै बर्ष सम्म बाँच्न पाउन हो । अकालैमा अब कसैेले ज्यान गुमाउनु नपर्नेै भएको छ । बाहिर गएर रगत पसिना बगाएर गाँठ कमाउनु पथ्र्यो त्यसको नि टेन्सिसन दुर हुने भयो । वाइफाइ नभएर अर्काको पासवर्ड चोरेर काम चलाउनु पथ्र्यौ अब त्यसबाट पनि छुट्कारा । वृद्धवृद्धाहरु सुको नभएर औषधि सम्म खान पाउँदैनन् थिए अब डबल पाउने भए । गाइ पाल्नेहरु झन मालामाल हुने भए । यत्तिका विधि दिन सक्नेले अहिलेसम्म भद्रो हेरेर बस्या थे ? चुईøयाँहरु † नपत्याए नेप्लिज लाँग्रेसको घोषणापत्र हेरौ न ? लँग्रेसले नेपालीको आयु ७७ बर्ष पु¥याउने रे । झालेमालेले मासिक ५ हजार रुपिये दिने रे त्यो पनि डलरमा अनि वृद्धभत्ता डबल गर्दिने रे । माउवादीले त झन गाउँ गाउँमा फ्रि वाइफाइ नै बाडिदिने रे । उता कमलाउको खस्रो बुद्धि पनि कम्ताको छैन । गाइपाल्नेलाई फ्रि गाई दिएर गौशाला खोल्दिने रे । अब यत्रा कुरा पाउनी भएसी नेप्लिज जन्तालाई के को टेन्सिन ?
ओली फकाउदै काजी
नेप्लिज लाँग्रेका लठ्यौरे काजी माने बुढा निलकण्ठे मुखिया अस्तिका दिन मुखै नलोप्¥याई उखान टुक्के विद्वान खप्रओको बालकोट दरबार पुगेछन् । किन त्यति सखारै सखार उखान टुक्के विद्वानकोमा पुगे भनेर घण्टाघरले पनि आफ्नो वाइनाकुलर सोझ्याएर नहेर्ने सवालै पैदा हुँदैन । घण्टाघरले त्यसै ग¥यो । तर लठ्यौरे काजीले थुतुनो बटार्दै भने अब त्यो प्रचण्डाउले स्थानीय चुनाउ गराउन नसक्ने भए । अब
मेरो नेतृत्वमा चुनाउ गराउनु प¥यो । काजीको कुरा सुनेर खपओले एक
झटारी हान्दीहालेछन् नौ महिना पुग्यो माने काजी जन्माउन प्रचण्डाउले ९ महिनाको गर्भ जो बोक्या थे । खप्रओको कुरा सुनेर लटेउरे काजीले फेरि आफ्नो थुतुनो पुछेछन् । क्या गजब ६ महिना चुनाउ गराउन सबै एक झुण्ड हुनुपर्नेमा काजीको टोड्का त त्यही सिंहदरबारको घुम्ने कुर्सीमा पो रै’छ । अनि फुइøयाँको हुन्छ चुनाउ ?
तालाबन्दी
लुरै नभाका जननाको जस्तो भएका, जता टेके नि चिप्लिरहने तेसंो लिंगीको उपमा पाएका रामचन्द्रे बाजेका कार्जेकर्ताचाहिँ अलि जब्बडै रै’छन् । वकेर्नु गाईको विगौती भनेझै निर्वाचन नै नहुने पक्कापक्की भएपनि धेरै जिल्लामा बुढा निलकण्ठे काजी नजिककालाई उमेद्वार भटाभट बनाउन थालेसी’ बाजेका सुकेनास लागेका कार्जेकर्ताहरु चाउरी परेको मसल फुलाउँदै पार्टी कार्जालयमा तालाबन्दी गर्न थाल्या छन् रे । कहाँ राजाराम कहाँको त्इो गंगुतेली भन्ने उखान थाहा छैन कि क्या हो ? वित्थाँ बाजेको कार्जेकर्ताहले किन जोरी खोज्या होलान ?
हैरान बाउराम फोरममा
एउटै चुनाउचिन्ह माग्दा–माग्दा थकित भएर हैरान भएसी हिसिलाका अथि बाउराम बाजे उपिन्द्रको धोती अँठ्याउन पुगेछन् । कसै गर्दा नि वैतरणी तर्न नसक्ने देखेसी उनी उपिन्द्रकोमा पुग्या रे । होला नि दुई चार दिन बेकामे बुढी हिरोइनहरुलाई पत्नीसँगै सडकाँ उफारेर, नाराबाजी गरेर, नथानाम गाली गरेर, धर्ना दिएर नि केही पार नलागेसी उनले उपिन्दरको धोतीको फुर्को समत्या रे । पढेलेखेका मुरख विद्वान भनेर कहलिएका बाउराम र उपिन्दरको जेनेटिक समेत मिल्ने भएकोले त्यतैतिर लहसिएका होलान ? निर्वाचन आउन लागि सक्यो अहिलेसम्म चुनाउचिन्हको टुंगो लाग्न नसकेपछि उन्का मनमा कम्ता ठूलो हावाहुरी चलेन ? बाउराम प्रवृत्तिलाई देश खाएर सेस भएका उपिन्दरले राम्रै गरी बुझ्या होलान् । नत्र के ठेगान भोलि प्रचण्डाउलाई छोडेजस्तै छोडेर हिडे भने ?
सार्दिम
माउवादीका अध्येक्षे आच्या पर्धानमन्तरी प्रचण्डाउलाई यतिबेला कम्ता ठूलो विपत अइलाग्या छैन ? मधेशी दलको बीचमा पुगेर मादल बजाउँदा नि भ्वाङै पर्छ, झालेमालेतिर फर्के मादल बजाउँदा नि भ्वाङ्गै पर्छ । कसैगर्दा नि पार नलाग्ने ।
एउटालाई टालटुल गर्न खोज्यो अर्को राम्रा हौ भनेर उफ्रने । काँग्रेसका लठेप्रे काजीलाई सहयोग गर न भन्यो वाल्वाटार छोडे्र हिड्ने बेला भा’छ के को सहयोग भन्छ । मर्ता क्या नही कर्ता भनेझै उन्ले अस्तिका दिन दुवै चरनको चुनाव सार्दिम भन्ेछन् । नरहे बाँस नब बजे बाँसुरी । चुनावै सार्देसी त मधेशवादी दललाई फकाउनु प¥यो न झालेमालेलाई गुहार्नु प¥यो । टेन्सिन नै साफ । कि कसो हौ प्रचण्डाउ ?
उठ्ने भयो टुटुल्को
यसपालि कतिपय स्थानीय नेताको टाउकोमा दह«ै टुटुल्को उठ्ने योग देखिन थाल्या छ । दुई बर्षदेखि भुकम्प पीडित, बाढी पीडितहरुको लागि आएको राहत समेत चप्काउनेहरु उमेदवार बन्ने भएसी पीडितहरु आक्रोसिुत भएर बस्या छन् । अहिले उनेरलाई फकाउन खोया विर्के लोकल नेताहरु हुल बाँधेर गाउँ गाउँ पस्ने सुरसार गर्दैछन् । यत्तिका नि दुःख पर्दाचाहिँ कहाँ मुन्टिएको थिइस् अहिलेचाहिँ भोट माग्न आउने भनेर पीडितहरु भित्रभित्रै मुर्मुरिएका छन् । अस्पतालहरुको इमरजेन्सी वार्डमा चिकित्सकहरु अब सजग भएर चौबीसै घण्टा बस्नु पर्ने भएको छ । के थाहा कुन बेला कुनचाहिाँ हरिलठ्ठक,खोया विर्के, अर्काकी स्वास्नी उडाइदिने, हप्तावारी असुल्ने, फिरौती मु¥र्याउने नेताको टाउकोमा फुरौला उठ्ने हुन् ? त्यसैले अहिलेदेखि सजग भएकै राम्रो, कि कसो हौ ?
उत्तानो टाङ
लाटो लड्छ एक वल्याडयाङ, बाटो लड्छ दश बल्याड्याङ त्यसै भन्या होइन र राजनीतिमा आफूलाई चतुर खेलाडी समझने प्रचण्डाउको यतिबेला उत्तानो टाङ्ग प¥या छ । दोस्रो चरणको निर्वाचन अगाडि भुलभुलैया बजेट ल्याएर स्थानीय निकायमा आफ्ना उमेद्वारलाई सोरपटार पारेर जिताउला भनेर सपना देख्या प्रचण्डाउलाई निर्वाचन आयोगले लोप्रयाइ दिएको छ । बजेट निर्वाचन पछि मात्र ल्याउनु भनेर आयोगले अस्तिका दिन आदेश दे’सी उन्का नै नारी गलेर आ’छ रे । हुन त प्रचण्डाउलाई अहिले कम्ता भुर्न हत्ते छैन । एकातिर लठेव्रे काजी कुर्सी छोड अब मेरो पालो भन्दैछन् । संसोधन प्रस्ताव पारिन गर्न झालेमालेलाई फकायो उल्टै च्याठ्ठिएर हुन्न भन्छ । संसोधन बिना कुनैपनि हालतमा निर्वाच्नै गर्न दिन्नम भनेर मधेशवादीहरु उफ्रिएका उफ्रिएकै छन् । त्यसमाथि अहिले निर्वाच्न आयागले पनि यति बेलै प्रचण्डाउ माथि प्रहार गरेको छ ।
अन्तेमा
घरेलु मन्तरी विमलेन्द्राउले भन्या अहिलेको संविधानलाई मधेशवादी दलले होइन झालेमाले पार्टीले नबुझ्या रे । आखिरी जात भाइको सपोर्ट त गर्नैप¥यो । आफन्त भन्या अपाmन्त नै हुन् । उनको पनि घर तल्तिरै प¥यो क्यारे । तयसमाथि जातभाईलाई चिढ्याउदा वित्यास आइलाग्ने । यसभन्दा अगाडि पनि उन्को तल्तिर भएको घरका इँटाहरु आपm्निैजात भाईले उप्काइ द्या थे । अब पनि जात भाइको समर्थन नगरे छानै उप्काइ देलान् । घरेलु
मन्तरीलाई कम्ता टेन्सिन छैन । बरु जे हेते हेते भनेर उन्ले झालेमालेका मास्तिरतिरका नेताहरुलाई बुढलेल ठानेर गाली गर्न थाल्या रै’छन् । कि कसो हौ ?

तपाईको प्रतिक्रिया