स्थानीय तहको निर्वाचनको मिति स¥यो

बल्ल–बल्ल मुलुकमा २० बषर््ा पछि स्थानीय तहको निर्वाचन होल कि भन्ने आशा पलाएको थियो । जनप्रतिनिधिकहरुले स्थानीय निकाय सम्हाल्लान्, स्थानीय जनताले स्थानीय तहबाटै सेवा सुविधा प्राप्त गर्लान् भन्ने थियो । तर हाललाई स्थानीय तहको निर्वाचन पछि धकेलिएको छ ।
६ महिना बर्ष दिनको समेत अनुमान गर्न नसक्ने अदुरदर्शी नेपालका राजनैतिक लहरले जाबो एउटा स्थानीय तहको निर्वाचन तोकिएको मितिमा गर्न नसक्ने दलहरुको असफलताको
पराकाष्ठ हो । लोकतन्त्रमा निर्वाचन गर्न सबै दलहरुको अनिवार्य सहभागिता चाहिन्छ, पञ्चायत कालमा पनि बालिग मताधिकारको आधारमा मुलुकमा पटक पटक निर्वाचन भएको थियो । त्यसबेला काँग्रेस, एमालेले निर्वाचनमा भाग नलिनुको प्रमुख कारण पञ्चायतमा लोकतन्त्र छैन भनेरै हो । तर अब परिस्थिति हिजोको जस्तो छैन । तयसमाथि पनि मधेशबाट प्रतिनिधित्व गर्ने, संसदमा समेत उल्लेख्य उपस्थिति रहेका मधेशवादी दलहरुलाई पाखा लगाएर, आन्दोलनमा छोडेर, राज्यशक्तिको दम्भ देखाएर गरिने निर्वाचन देशभित्र मात्र हैन देश बाहिर समेत मान्य हुँदैन र मान्यता दिइँदैन ।
पञ्चायतका ती दिनहरुलाई विर्सदा २०४६ साल यताका दिनहरुलाई मात्र स्मरण गर्दा पनि राज्यल मधेश प्रतिको दृष्टिकोणमा कहिल्यै परिवर्तन गरेन । लोकतन्त्रमा हरेक तथा व्यक्तिले आफ्ना असन्तुष्टि पोखन पाउनु नैसर्गिङ्ग अधिकार हो तर जण्ड स्वभाव भएका, सदैव सत्तामै बसिररहने मानसिकता बोकेका दलहरुले मधेशवादी दलका माग, तिनले उठाएका आवाजहरुलाई कुल्चेर अगाडि सकिन्छ भन्ने जुन सोच बनाएका थिए आज उनीहरु वास्तविक धरातलमा आएका छन् । मधेशवादीदललाई दमन गरेरै अगाडि बढ्न सकिन्छ भन्ने सोच आज असफल भएको छ । अन्तत ः मधेशवादी दललाई दमन गरेरै अगाडि बढ्न सकिन्छ भन्ने सोच आज असफल भएको छ अन्तत ः मधेशवादीहरुले उठाएका मागहहरु पूरा गर्न सरकार बाध्य । हिजो संविधान जारी हुँदाको अवस्थामा मधेशवादी दलललाई समेटेको भए परिस्थिति यस्तो जटिल बन्ने थिएन ।
यसैबीच पूर्व राष्ट्रपति डा. रामवरण यादलले राष्ट्रियताका नाममा मधेशलाई होच्याएर व्यवहार गर्न नछाडे मुलुक टुक्रन सक्ने चेतावनी दिएको घट्ना पेचिलो बनेको छ । नेपालको पूर्व र पश्चिम दुवैतिर आफ्नो भूभाग मिचिएको इतिहास रहेको भन्दै पूर्व राष्ट्रपति यादवले हाल समस्याको समाधान गर्न गम्भीरता देखाउुपर्ने बताएका छन् । उनले एमालेका अध्यक्ष केपी ओलीतर्फ लक्षित गर्दै राजधानीको एक कार्यक्रममा भने
राष्ट्रियताको अतिवादी नारा लगाएर हिमाल, पहाडर तराई जोडिन नसक्ने भन्दै मधेशीलाई होच्चाएर तथा तीतोे बोलेर व्यवहार नगर्न आग्रह समेत गरे । उनले अन्धराष्ट्रवादले मुलुक जोडिन नसक्ने तर्फ सचेत समेत गराएका थिए । यादवले वास्तविकता औल्याएका छन् र तर एमाले यस कुरामा सहमत हुन नसक्ने देखिन्छ । ऊ मधेशवादी दललाई पन्छाएरै अगाडि बढ्ने सोचमा रहेको छ । यो उसको दम्भ हो । २० बर्षसम्म स्थानीय तहको निर्वाचन हुन सकनेन अब दुई चार महिना लम्ब्याएर भएपनि सबैले अपनत्व लिन सक्ने निर्वाचन भएमा त्यसले मुलुकलाई सही दिशातर्फ डोहो¥याउने छ ।

तपाईको प्रतिक्रिया