घण्टाघरबाट हेर्दा

पण्डितले जोखाना हेरे
दिउँसै तर्साउने जस्तो थुतुनो भएका झालेमालेका नेता, उहिल्यै उहिल्यै मन्त्रि पनि खाइ टोपलीसकेका लालबाबु पण्डितले भन्या स्थानीय निकायको निर्वाचन पछि बाउराम बाजे दिल्लीतिर बसाइ सर्छन् रे । हैन हौ ती लालबाबु ज्योतिषी पनि हुन् कि क्या हो ? को कता बसाई सर्दैछ, को चुनाउमा बल्ड्याङ्ग खाँदैछ, ककस्ले निर्वाचनमा भाग लिँदैछन्, कस्की जोइ कोसँग पल्केकी छ भनेर Ïयाट्ट भन्न थाले वा † उहिले उहिले राजा जनकको दरबारमा सबैले हेप्या एक सय आठ ठाउँमा शरीरका अंग बाँगिएका अष्टबक्र विद्वान थे रे । अब झालेमाले भित्र पनि लालबाउको अनुहार घप्पड भएनि विद्वान ज्योतिष निस्केछन् । अब नेपालका नेताहरुको एउटा लेन्ठोचाहिँ समाधान हुने भयो त्यो के भन्देखि अफ्नो ग्रहदशा ठीक पार्न कहिले पाइलट बाबा, कहिले काली बाबा, कहिले त्रिशुल बाबाको शरण जान्थे । अब लालबाउको शरण गए हुने भएको छ । कि कसो हौ ?
– (पूजारी)
अरु त हुु“दै हुन्न
हिजो आज नेप्लिज लाँग्रेसका सभापतिको खप्पराँ चन्द फोवियाले
राज गर्न थाल्या छ । जहाँ गए नि उन्लाई चन्दकै पिरोलोले सताइरहन्छ । पत्रकारले नि उन्लाई चन्दकै प्रश्न सोधेर हैरान बनाउन थाल्या छन् । अस्तिका दिन विराटनगरमा हस्यांङ्ग फस्याङ्ग गर्दै आएका देउवालाई त्यहाँ पनि पत्रकारले उछित्तै काढे । अब आइजिपी को हुन्छ भनेर सोध्दा उन्ले भकभकाउदै भने त्यो अदालतले भन्दैमा चन्द नहुने हो र ? चन्दलाई मरिहत्ते गरेर लगौटी नै खुस्केला झै गरेर देउवाले किन त्यसरी बोक्या होला भन्ने कुरा बुझ्न अब
कसैलाई गाह«ो परेन । त्यसरी बोक्नुको पछाडि सबै अर्थपुराणले काम ग¥या
रै’छ । चन्द अर्थ पुराणले देउवालाई सिध्याउने हो कि क्या हो ? देउवा चन्द भन्दा अर्को आइजिपी हुँदै हुन्न भन्दा र ै’छन् । –(अर्थपुराण)
ए कता
अस्तिका दिन साह«ै गजबको हल्ला आयो । हुन त यो मुलुक हल्लै हल्लाले चल्या छ । तै पनि अरु बेलाको भन्दा अलि अनौठो हल्ला चलेपछि भाते नेपालीहरुले एकपटक कान खरायोको जस्तो ठाडो ठाडो पारेर सुने । बात के भने झालेमाले र माउवादी केन्द्रबीचमा एकता हुने हल्ला । सौताको जस्तो व्यवहार गर्ने, एक अकर्कालाई छिर्के हान्न गौडा कुरेर बस्ने, छिचिराई पोहो¥याइएको सीमा नै नभएका दुईबीच एकीकरणको हल्ला लठ्यांग्राले पनि विश्वास गर्न सक्दैन । तर हल्ला भै
रहयो । आगो खाएर अंगार विस्ट्याउने दुवै बीच के साँची नै एकता हुन लाग्या हो त भनेर घण्टाघरले वाइनाकुलर सोझ्यएर बालकोट वाल्वाटारतिर हे¥या त फुइøयाँ हुन्थ्यो । बरु दुवै एक अर्कालाई सक्तो सराप गरिरहेका थिए ।
– (अप्रिल फूल)
प्रचण्डाउ भूमिगत
पर्धानमन्तरी पुष्पकमल दाहाल पर्धानमन्तरीको कुर्सी छाडेर युद्धका लागि भूमिगत भए रे । त्यत्रो पर्धानमन्तरीको कुर्सीमा शानसँग बस्न पाउँदा पाउँदै लमतन्न बाल्वाटारको सरकरी घरमा बस्न पाउँदा पाउँदै, सरकारी ढुकुटीबाट देश विदेश चारचौरास घुम्न पाउँदा पाउँदै प्रचण्डाउलाई के सनक चलेर भूमिगत भा’का होलान् भनेर घण्टाघरलाई पनि हल्काफुल्का कौतुहल नलाग्या हैन । तर छिडेछन् भूमिगत हुन । अब प्रचण्डाउ त्यसरी भूमिगत भएसी लाँग्रेसका सभापति माने बुढानिलकण्ठे काजी र बालकोटे झालेमालेका खप्रओ धाइफल तोडेर
सिंहदरबार पुगेछन् । दुवैले त्यहँबाट बडेमनको कुर्सी तानातान गर्न थालेछन् । कुर्सीका लागि दुवैले देखाएको भाले जुधाइ कम्ता रोचक खालको थेन रे । प्रचण्डाउले एक्कसी त्यै कुर्सी खोसेकाले ङ्गर ङ्गर गर्दै बसेका खप्रओ र गोडादुइएक महिना पछि त्यै कुर्सीमा ढसमस गरेर बस्ने सपनादेख्या काजी मध्ये कस्ले उकिछट्याने होलान ?
–(अप्रिल फुल)
फ्रि वाइफा
स्थानीय मने लोकल निर्वाचन नजिकिदै गर्दा जन्ता झुक्याउने पत्र जारी गर्ने काममा राजनैतिक दलहरु तँछाड–मछाड गरेर लागेका छन् । कुनै दलले नेपाली जन्तालाई स्वात्तै माथि पु¥याइदिन्छु भनेर लेख्या छन्, कहिले नयाँ नेपाल बनाउँछु भनेर लेख्या छन् । कसैेले के लेख्या छन् कसैले के लेख्या छन् । तर माउवादीले सप्पैलाई उछिन्दै गाउँ गाउँमा वाइफाइ पु¥याउँछु भनेर लेखेछ । हैन हौ वाइफाइ के गर्नु ? गाउँका मान्छे खाना र छाना नपाएर बस्या छन्, उपचार नपाएर थलिएका छन् । त्यो वाइफाइले तिन्का आवश्येक्ता पूरा हुन्छ ? विनाकाले बिपरीत बुद्धि भन्या यही हो । दिनुपर्ने एउटा, दिन्छु अर्कै थोक भन्छ । गाउँलेका लागि गरिबका लागि त्यो फ्रि वाइफइ न टोक्नु न चिथोर्नु ? – (घलेवा)
बरिष्ठताको प्रतिष्पर्धा
कुबुद्धिले गाँजेपछि नाश हुन्छ भन्थे हो कि क्या हो । अब काम एकातिर छ कामचाहिँ तँ भन्दा म ठूलो भन्दै नेपालका दुईजना मन्त्रीहरुले पौठे जोरी खलेर यतिबेला दुनियाँलाई मनोरञ्जन द्या छन् । संस्थाको उपाध्यक्षको कुनै काम र जिम्मेवारी हुँदैन त्यस्तै हो अहिलेका उपप्रधानमन्तरीको हैसियत । जाबो यस्ता झिना मसिना कुरा बुझ्दाबुझ्दै कमलाउ र विलेन्द्राउले पौठे जोरी किन खेल्या हुन् । काम गरेर पो बरिष्ठ हुने हो त । आफैले आफैलाई मपाई भनेर भुत्रो हुन्छ ? पर्धानमन्तरीले ती दुवै स्वाँठको बुद्धि देखेरै दुवैलाई कावा नदिइकनै विदेश हुँकिने ग¥या छन् । मन्त्री परिषदको बैठकदेखि एयरपोर्ट सम्म यिन्ले आफनो ल्याकत देख्या छन् । आँची गर्ने भन्दा देख्नेलाई लाज भने जस्तो । हुन त अहिलेको मन्त्री मण्डल नै गाडे चिहाने भेला पारेर बनाइएको हो । माने उत्तर दक्षिण, पूर्व पश्चिम , माथि, तल अनुदान भएकाहरु मन्त्रि भा’छन् ।
(कुर्सीराज)
खारेज हुन्छ रे
हैन हौ ती उपिन्द्र जादव बहुलाए कि क्या हो हँ ? अस्तिका दिन धनकुटामा पुगेर जादवले भन्या अहिलेको संविधान खारेज हुन्छ रे । तिनले लागू हुन्छ भन्दैमा लागू हुने, खारेज हुन्छ भन्दैमा खरोज हुने हो र ? त्यत्रा मान्छेलाई खाल्डामा पुरेर उठिबास लगाए, देशको सम्पत्ति भत्काएर जलाएर त्यसमा पनि दुई दुई पटक चुनाउ गराएर ३७ अर्बभन्दा बढी खर्च गरेर बनाइएको यस्तो गतिलो सविधान नि खारेज हुन्छ भन्ने ती जादव स्वाँठ नै रहेछन् । अस्तिका दिन उन्ले त्यसरी धनकुटामा मच्ची मच्ची संविधान अन्तरिम संविधान भन्दा पनि प्रतिगामी, विश्वले नै अस्विकार गरेकोले यसलाई संसोधन र पुनर्लेखन गर्नुपर्छ सम्म भने । जाबो यति संविधान बनाउन झण्डै ६ बर्ष लाग्यो । फेरि यसलाई जोरलात्ती हानेर अर्को बनाउँदा कतिबर्ष लाग्ला ? भएको मास्नुभन्दा यसैलाई दायाँँबायाँ गरेर चलाए भैगयो नि । (चतुरे)
अन्तेमा
अबचाहिँ लोकल चुनाउ लागेछ क्यारे । उमेद्वारहरु छिचिमिरा जस्तै फुत्त फुत्त दुलाबाट निस्केर सडकमा आउन थाल्या छन् । गतिलोसंग आफ्नो लगौटी बाँध्न नसक्नेहरु मेयर, उपमेयर, वडाध्क्षे, सदस्य बन्न फाइफाई र फुइँफुइँ गर्न थालेका छन् । कोही
सरकारी जागिर छोडेर चुनाउ लड्छु भन्दै छन्, कोही मास्टरको जागिर छोडेर लडछु भन्दैछन् । आफ्नै दलका मान्छे नचिन्ने, मतदाताले नपत्याउने त्यस्ता चतुरेहरु सुमेरी पर्वतमा गणेशले शिवको फन्को मारेझै नेताको फन्को मारेरटिकट लिएर छाड्ने एक सुत्%0ीय अभियानमा लाग्या छन् । त्यसका लागि टिकट दिने नेतालाई भेटी चढाउनै किन
न%Atरोस् । (चुम्नीलाल)

तपाईको प्रतिक्रिया