घण्टाघरबाट हेर्दा

हिस्स बूढी हरियाँ दा“त
राप्रपाका कमलाउ र नेप्लिज काँग्रेसका विमलेन्द्राउ यतिबेला हिस्स बूढी हरियाँ दाँतको अवस्थामा पुगेका छन । दुवैल प्रचण्डाउसँग चीन जाँदा आफूलाई कार्यवाहक पर्धानमन्तरी दिन कम्ता सान्डाको तेल प्रचण्डाउलाई घसेनन् । एउटा ठूलो दलको भएकोले मैले नै पाउनुपर्छ भनेर रोड्याई गर्ने अनि अर्कोचाहिँ आफू सिनियर भन्दै कार्यवाहक फुत्काउन कम्ता बल ग¥या होइनन । दुवैलाई प्रचण्डाउले एयरपोर्टसम्म पु¥याए उनी सोल्यात्त लोपारेर पठाइदिए । यी दुवैको घुर्की सानो थिएन । कार्यवाहक नदिए राजीनामा सम्म गर्छु भने । कस्ले पत्याउने ? यिन्लाई राजीनामा गर भनेर भक्कु गाली गरे पनि गर्नेवाला छैनन् । करनी र कथनीमा फरक छ भन्ने कुरा कस्लाई थाहा छैन । दुवै लोभी पापीका घुर्कीबाट प्रचण्डाउ भलिभाँति जानकार छन् । त्यसैले त छोडे छोड बसे बस भनेर दुवैलाई सोतारेर वाइवाई गर्दै चीनतिर हुँइकिए ।
कम्ता छट्टु छैनन्
सत्तामा पुगेसी नेपालका
राजनैतिक दल कम्ता छट्टु हुदैनन् । ए्रक्कासी यस्ता गोबर गणेशलाई साँच्दै नसोचेको बुद्धि कहाँबाट आउँछ कुन्नि ? अब हेरौ न नेपालको राजनीतिक गन्ध सुँघ्न तीनदिने भ्रमणमा आएका चीनका रक्षा मन्त्रि क्यानवान च्याङ्गसँग प्रचण्डाउ, घरेलु मन्तरी मिलेन्द्राउ र रक्षेमन्त्री बालकृष्णाउले लम्पसार परेर भनेछन् नेपालको भूमिबाट चीन विरोधी गतिविधि हुन दिने छैनौं । ज्यान गए नि हुन दिन्नांै । नेपालका मन्त्रीले ्रच्याङ्गलाई त्यसो भनेसी उनी मुसुक्क मुस्काएछन् । नेपालमा जुनसुकै
सरकार आए नि चीनबाट आउने मन्त्री, राजदूतलाई नेपालका मन्त्रीहरुले सधै यसैगरी भन्ने गरेका छन् । अब उनीहरुलाई डब्लुडी माने वाक्कदिक्क लागिसक्या होला । सधै यहाँका मन्त्रीहरुले यतिमात्र भन्न जान्या
छन् । सुन्दा सुन्दा उनेरका काम पनि टट्याइसक्या होला । क्या गजब छ भने नेपालका मन्त्रीहरुले कहिल्यै चीनबाट नेपाल विरुद्ध गतिविधि हुन नदिनु भनेर भन्या छैनन् । दोहोरो डाइलग गर्न नसक्ने खैजडीले देश चलाएसी’यस्तै हो ।
गराएरै छाड्ने रे
दाँतलाई भन्दा हातलाई खस खस त्यसै भन्या होइन । अब हेरौ न त्यो निर्वाचन आयोगका प्रमुख आयुक्त डाक्टर अयोधी जादवले भन्या निर्वाचन आयोगले कुनै पनि हालतमा निर्वाचन गराएरै छाड्छ रे । सरकारले दिएको जम्मेबारी पूरा गराएरै छाड्छ रे । अस्तिका दिन तिन्ले विराटगरमा त्यसरी खोक्दा पत्रकारले तिनको सातै उडाइदिएछन् । मधेशी मोर्चाले हुन दिन्नौ भन्या छ, अरु दलले नि त्यसै भन्या छन् । अनि कसरी हुन्छ भन्दा उनले हुन्छ भएरै छाड्छ मात्र भनेछन् । अयोधीको खम्पराँ साढेसातको दशाँ पो मडारिएको छ कि क्या हो ? मोर्चाका कार्जेकर्ताले तिन्को सप्तरीमा घर छ्यान्न व्यान्न बनाई द्या छन्, प्रहरीको
घेरामा पनि सप्तरी, सिराहा, बारा, पर्सा, रौतहट, जनकपुर, नवलपरासी, बाँके, बर्दियातिर जान नसक्या जादव सुनसरी, मोरङ, झापातिर यसो चरेर राजधानी फर्केका छन् । जे होस निर्वाचनको चर्चाले यसो चर्न भने जादवले गतिलैसँगले पाएका छन् ।
माकुन्याउको रोदन
झालेमालेका रुन्चे नेता माकुन्याउले भन्या कर्मचारीले राजनैतिक नेतृत्वलाई सधै ढाँट्छन् रे । हिन्दीमा एउटा उखान छ जैसी करनी वैसी भरनी । माने जसले जे अरुलाई जस्तो गर्छ अरुले नि उसलाई त्यस्तै गर्छन् । ढाँट्ने मामलामा नेपालमा झालेमालेका नेताहरु स्वर्ण पदक नै पाएका छन् । बोलिपिच्छे, भाषणैपिच्छे यिन्ले जनतालाई ढाँट्या छन् । कहिले ग्याँसका पाइप भान्छामै हुल्दिने भन्छन्, कहिले रेल चढ्न खुट्टो उचालेर बस्नुस् भन्छन्, कहिले हावाबाट बिजुली निकालेर झिलीमिली बनाइदिने भन्छन्, कहिले पेट्रोलियम पदार्थ यहीँबाट निकालेर वाल्लछ्याल्ल बनाइदिने भन्छन् , यस्ता ढाँटका श्रृंखलाबाट कति हो कति ? आफू भलो त जगत भलो त्यस्तै भन्या होइन । आफूचाहिँ जिन्दगी भरि जन्तालाई ढाँट्ने अनि तिन्लाई कर्मचारीले ढाँट्यो भने कोकोहोलो मच्चाउनु त भएन नि ।
षड्यन्त्रमा नफस्ने रे
सद्भावना पार्टीका अध्येक्षे राजिन्दर महतोले भन्या अब मधेशी मोर्चा काँग्रेस, झालेमाले र माउवादीको षड्यन्त्रमा फँस्दैन रे । उन्ले अस्तिका दिन सर्लाही तिर गएर वडो फूर्ति लगाउँदै खोकेछन् । संविधान संसोधन गरेर मात्र निर्वाचनमा जानुपर्छ । नत्र….। पहिला झालेमालेले मधेशी मोर्चालाई षड्यन्त्रमा फँसायो, अहिले काँग्रेस माउवादीले फँसाउन खोज्दैछ रे । संविधान संसोधन गरेर निर्वाचनमा जानुपर्छ रे मोर्चाको बटम लाइन हो रे,
राजिन्दरले भन्या । निर्वाचन नजिकिदै जाँदा मोर्चाका नेताहरु ढुलमुल हुन थाल्या रै’छन् । एक मनले निर्वाचनमा जाम जाम गर्ने, अर्को मनले त्यसै जाँदा आफ्नै विरादीहरुबाट टाउकोमा टुटुल्को उठ्ने गरी दनक देलान भन्ने तराई । कम्ता धर्म संकटमा फस्या छैनन् मोर्चाका नेताहरु ।
मौसमी राष्ट्रवादी
झालेमाले मौसमी राष्ट्रवादी हुने कि क्या हो । आफू सत्तामा पुग्दा विदेशीको हस्तक्षेप नदेख्ने अनि सत्ताबाट चिप्लने बित्तिकै अरुलाई अर्राष्ट्रिय, विदेशीको
इसारामा चलेको लम्पसारवादी भन्दै आफूलई राष्ट्रवादी भएको विगुल फुक्ने । अहिले झालेमालेका अध्येक्षे खप्रओ देशका सबैभन्दा ठूलो राष्ट्रवादी भा’छन् । अब नेप्लिज जनताले खप्रओसँगै झालेमाले नेताहरुको सक्कली राष्ट्रवादी चरित्र देखिसकेका छन् । उनेरुमा मौसम अनुसार राष्ट्रियता जाग्ने र सेलाउने गर्दो रै’छ कि क्या हो ? अब स्थानीय तहको निर्वाचन आउँदै छ । त्यसैले
राष्ट्रवादीको पोको झालेमालेका नेताहरुले ठाम ठाममा फुकाउदै हिड्या छन् । मेची महाकाली अभियानमा नि उनेरले त्यही राष्ट्रवादको पोकोबाट राष्ट्रवाद बाँड्दै हिडे । क्या गजब छ बा †
हु“दै हुन्न रे
नेप्लिज लाँग्रेसका मुखिया बाले भन्या म कोहीसँग झु्कदै झुक्दिन । झुक्नु परे डँडेलुधुरातिर गएर गाई पालेर बस्छु रे । मुखिया बाको कुरा सुन्दा घण्टाघरलाई कुरी कुरी लागेर आयो । दायाँबाया गरेर लोद्रो आर्जन गर्ने
राजनैतिक धन्दा छाडेर मुखिया बा डँडेलधुरा गएर गाई पालेर बस्छन् भनेर कस्ले पत्याउने ? घाँस काट्ने, कुँडो पकाउने, भकारो साहोर्ने काम गर्लान् र ? ्राजनीतिमा न घास काट्नुपर्छ न कुँडो पकाउनुपर्छ, न भकारो सोहोर्नुपर्छ । जयबहादुर चन्दबाट मुखिनीले असुलेको रकम फिर्ता गर्नुपर्ला भनेर मुखिया बाको यतिबेला होस हवास उड्या छ । हिजो आज त मुखिया बा निन्द्रामा पनि एक्लै बर्बराउछन् रे त्यो सिलवालचाहिँ हुँदै हुदैन अरु जोसुकै आओस् रे । गाह«ो भयो पचाउन ।
अन्तेमा
काम कुरो एकातिर कु्म्लो बोकी ठिमीतिर त्यसै भन्या होइन । अब हेरौ न मुलुकाँ स्थानीय तहको महाभारत चल्या छ हाम्रा पर्धानमन्तरीचाहिँ चीनको बोआओ फोरममा भाग लिन स–परिवार दौडिएका छन् । जान त गए तर भारत भ्रमणमा जाँदा सीता माईले जुन व्यहोरा देखाइन् उता पनि त्यस्तै व्यहोरा देखाउलिन् कि भन्ने चिन्ता घण्टाघरलाई लाइराछ । भारत भ्रमणमा जाँदा त्यहाँका मन्त्रीको अगाडि सीता माईले सोफामै पलाटी कस्ने, उपरखुट्टी लगाउने
गरेकी थिइन् । त्यसो नगर्नु है भनेर चीन जाने बेलामा धेरैले सम्झाएका छन् । हेरौ के गर्छिन् ? हुन त नानीदेखि लागेको बानी त्यति सजिलै कहाँ छुट्ला र ? तै हेरौ माइले के गर्छिन् ?

तपाईको प्रतिक्रिया