धरान÷ संसदमा चलिरहेको संविधान शंसोधनको प्रस्ताव राष्ट्र हित विपरित भएकाले नेकपा एमालेले कुनै पनि हालतमा संसोधनको प्रस्ताव नमान्ने नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले बताउनुभएको छ ।
एमालेको धरान उपमहानगरपालिका विशेष ईलाका कमिटीको प्रथम धरान उपमहानगर स्तरिय कार्यकर्ता भेलालाई सोमबार सम्बोधन गर्दै एमाले महासचिव इश्वर पोखरेलले कांग्रेस र माओवादीले प्रस्ताव गरेको संसोधन प्रस्ताव राष्टिूय एकतालाई कमजोर बनाउने, जनभावना विपरित रहेकाले एमालेले संसोधनको प्रस्तावबाट एक ईन्च पनि पछि नहट्ने उहाँले दाबी गर्नुभयो । संसोधनको प्रस्ताव अघि सारेर निर्वाचन भाड्न खोजेको आरोप लगाउँदै उहाँले निर्वाचनको नाममा राष्टूविरोधी काम कुनै हालतमा पनि नगर्ने प्रतिबद्धता जनाउनुभयो । सरकारले जारी गरेको वैशाख ३० गतेको निर्वाचन वर्तमान देशको अवश्थामा अपरिहार्य रहेको उहाँको भनाई छ । संविधान संसोधनमा उठेका भाषा, नागरिकता, प्रतिनिधीत्वको विषयमा संविधानमा उल्लेख भएको बुँदाहरुलाई संसोधन गर्न कुनै पनि हालतमा नदिने उहाँको दाबी छ । निर्वाचन हुन नदिनका लागि पुष्पकमल दाहाल प्रचण्ड र शेर बहादुर देउवा विदेशीको विदेशीको भरिया बनेर यो काम गरिरहेको उहाँको आरोप छ ।
एमालेले निर्वाचनलाई लक्षित
गरि मेची महाकाली अभियान संचालन गरेको छ । निर्वाचनको जित सुनिश्चित गर्न कार्यकर्ता भेला, मेची महाकाली यात्राको थालनी भएको हो । यसै अन्र्तगत धरानमा नगर स्तरिय कार्यकर्ता भेलाको आयोजना गरेको आयोजकले जनाएको छ । एमाले को जित सुनिश्चित गर्न मधेस, पहाड र हिमालका नागरिकलाई एकताबद्ध गर्न अभियानलाई सफल बनाउन प्रदेश नं. १ का संयोजक तथा एमालेका केन्द्रिय सचिव भिम आचार्यले बताउनुभयो । देशको विकाश र समृद्धिको लागि एमाले जित अपरिहार्य रहेकाले यो अभियानको थालनी भएको उहाँको भनाई छ । एमालेका सचिव तथा प्रदेश नं. १ संयोजक समेत रहेको आचार्यले आमागी निर्वाचनमा एमालेको वहुमत आउने भए पछि अन्य दल निर्वाचन हुन नदिने खेलमा लागेको दावी गर्नु भयो । सो अवशरमा भिभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका युवाहरुलाई महासचिव पोख्रेल टिका लगाएर स्वागत गर्नुभएको थियो । कार्यक्रमा एमाले सुनसर िअध्यक्ष द्वारिकालाल चौधरी लगायतले बोल्नुभएको थियो ।
