मोटोपनाले निम्त्याउँछ क्यान्सर

मोटोपनाका कारण १० प्रकारका क्यान्सरका खतरा बढ्ने एक अध्ययनले देखाएको छ । मेडिकल जर्नल ल्यासेन्टका अनुसार बेलायतमा हरेक वर्ष १२ हजारभन्दा बढी यस्ता केस देखिएका छन्, जसका कारण मोटोपना हुन सक्छ ।
मोटोपनामा हुने वृद्धिका कारण हरेक वर्ष ३७ सय थप केस आउन सक्ने चेतावनी पनि विज्ञले दिएका छन् । अहिलेसम्म ५० लाखभन्दा बढी मानिसमा गरिएको अध्ययनले मोटोपना र क्यान्सरबीचको सम्बन्ध पुष्टि भएको छ । लण्डन स्कुल अफ हाइजिन एण्ड ट्रपिकल मेडिसिनका अनुसन्धानकर्ताका अनुसार औसत एउटा मानिसमा १३ देखि १६ किलाग्राम तौल बढ्दा ६ प्रकारका क्यान्सरको खतरा
हुन्छ ।
मोटोपनाका कारण गर्भाशय क्यान्सर हुने खतरा सबैभन्दा बढी हुने अनुसन्धानकर्ताको भनाई छ । यसपछि क्रमश: पित्ताशय, मिर्गौला, थाइरायड तथा रक्त क्यान्सरको खतरा हुने बताइएको छ । तर, खतरा ट्युमर कस्तो छ भन्नेमा भर पर्ने बताइएको छ । जसको बडी मास इन्डेक्स बढी हुन्छ, तिनीहरुमा कलेजो, मलद्वारा, अण्डाशय तथा स्तन क्यान्सर हुने खतरा हुन्छ ।
त्र

तपाईको प्रतिक्रिया