हातलागी शून्य
बुढानिलकण्ठे मुखिया हिजो आज बडो चिन्तित छन् । भक–भक गरेर दायाँ बायाँ गर्न खप्पिस मुखियाको मुखैमा आएको बाली रातारात अर्कैैले उडाउला जस्तो छ । मुखिया न आफन्तका बीचमा असफल भए न पराइँग खोसेर लिन नै सक्ने ल्याकतका देखिए । भयो के भने खप्रओको जरा उखेलेर प्रचण्डाउलाई सिंहदरबारको कुर्सीमा लगेर रोपे । अनि सर्तसहित तेस्याईदिए ९ महिनापछि मेरो लागि कुर्सी खाली गरिदिनुपर्छ । प्रचण्डाउ पनि के कम त्यसै भन्दिए । तर कम निष्टा भएका कम्युनिष्टलाई चिन्दै नचिनेका हुन कि चिनेर पनि बुझ पचाएका हुन् । अब ९ महिना कहिले आउला भनेर पर्खेर बसेका मुखिया हिस्स बुढी हरियाँ दाँतको अवस्थामा पुग्ने भएका छन् । अक्षमको विल्ला भिरिसकेका मुखिया फेरि अक्षम नै हुने भएका छन् । मुखिायालाई पाखा लगाउन खप्रओ र प्रचण्डाउको बाल्वाटाराँ गोप्य मन्त्रण समेत भैसकेछ । काँग्रेसका बाबु बाजे कसैले कम्युनिस्टको विश्वास ग¥या थेनन् । यिन्ले खुबै जान्ने पल्टेर काँध हाल्या थे देख्ने भए तोरिका फूल ।
अपवित्र गठबन्धन
यतिबेला नयाँ शक्तिका बाबुराम बाजे संघीय समाजवादी पार्टीका उपिन्द्र महतोबीच लभ परेको छ रे । पहिला पहिला एकले अर्कैलाई च्यातिएका आँखाले हर्ने नसक्नेहरु अहिले छुट्टिनै नसक्ने अवस्थामा पुगेको देख्दा घण्टाघरलाई कुरी कुरी लागेर आएको छ । एउटा उत्तर फर्केका अनि अर्कोचाहिँ दक्षिण फर्किएकाहरु बीचमा कसरी लभ प¥यो होला ? यी दुई जतासुकै फर्किए पनि एउटा कुरा चाहिँ दुवैमा समानता छ । त्यो समानता भन्याचाहिँ दुवैमा बोलीको टुंगो नहुनु । पहिला प्रचण्डाउले चुनाउको घोषणा गर्दा तिनै बाउरामले स्वागत ग¥या थे । अहिले निर्वाचनको घोषना फिर्ता लिनुपर्छ भनेर विज्ञप्ती निकालेका छन् । त्यो पनि उपिन्द्रसँग मिलेर ।
माल भएपछि पद
गनतन्त्रमा पद पड्काउन कम्ता सजिलो छैन । पहिला पद पड्काउन इमान्दार, सक्षम, योग्यता भएकोलाई पद दिइन्थ्यो । तर अब गनतन्त्रमा ती सबै कुरालाई नेताहरुले घोती लगाइदिएका छन् । गतनन्त्रको फाइदा भन्या यही हो । नत्र विदेश पठाइदिन्छु भनेर सैयौ युवा युवतीलाई ठगेर रातारात करोडौ रुपैयाँ आर्जन गरेकी, बदनामी कमाएकी सर्मिला पराजुली ढकाललाई स्वात्तसँगले ओमानको राजदुत बनाइएछ । नेपालमा इमान्दर,सक्षम, योग्यता भएकाहरुको खडेरी प¥या छ । इमान्दारको खडेरी परेसी’ बेक्ष्मानहरुको पालो त आउँछ त । फेरि सर्मिलाले काँग्रेसका भकभके सभापतिलाई दह«ै माल खुवाएको देशैभरि चर्चा रहेको छ । हावा नचली पात त हल्लिदैन । अब यस्ताले ओमान पुगेर काम गर्न पाइ भने देशको हितलाई फुइøयाँ सोच्छन् ? जे होस् मालको कमालले सर्मिलाले ओमनमा गतिलै व्यापार गर्ने भइन ।
कुनै शक्तिले रोक्दैन रे
झालेमालेका बरिष्ठ नेता माकुन्याउले भन्या निर्वाचन अब कुनै शक्तिले रोक्न सक्दैन रे । अनि उनले आफ्ना बुकुने हात उफार्दै लुइँचेको जस्तो थुतुनो फड्कार्दै भने अबको निर्वाचनमा एमाले माने झालेमाले देशको सबैभन्दा ठूलो दल हुन्छ । हैन हौ ती माकुन्याउ भविष्यवेत्ता हुन कि क्या हो हँ ? थुतुनोमा गोवेल्सवादी हल्ला गरेझैँ फलाक्दैमा हुने भए त के के हुन्यो हुन्थ्यो ? अब रहयो निर्वाचनको कुरा संविधान संसोधन नभएसम्म मधेशमा निर्वाचन नै हुँदैन । संसोधन गर्न झालेमाले नै अवरोध गर्ने, अनि निर्वाचन कुन शक्तिले रोक्दैछ त ? बाँकी रहयो दल ठूलो हुन्छ त्यो निर्वाचन पछि नै थाहा हुन्छ । ठूलो दल बन्छौं भनेर फलाक्दैमा हुने भए सबै दल बन्न चाहन्छन् । त्यसैले हे माकुन्याउ आमा मलाई त्यही केटी चाहिन्छ भनेर रुन्चे गायकले गाएजस्तो नगरेकै बेस कि कसो हौ ?
मन्त्री नै चिनेनन
अस्तिको शनिवार अचम्मै भयो । श्रममन्त्री सूर्यमान गुुरुङ्ग विराटनगर एयसपोर्टमा आउँदा मोरङ्गका सिडियो, एसपी, डिआइजीले मन्त्री आएको सुइँकै पाएनन् । त्यत्रो मन्त्री आउँदा पार्टीका भाते कार्यकर्ताहरुसमेत एययरपोर्ट पुगेनछन । अरुबेला खुद्रे नेता, मन्त्री आउँदा पनि तँछाड मछाड गरेर सके माला नसके फूलका पातहरु समेत लुछलाछ पारेर स्वागत गर्न पुग्थे, लाइनमा लाग्थे अनि मन्त्रीसँग अफूलाई निकट देखाउन एक दुुई पोज फोटो सँगै लिएर फेशबुकमा घुसारी हाल्थे । तर शनिवार यस्तो केही भएन । विराट एक्पोको प्रमुख अतिथि बन्न आएका गुरुङ्गले न कार्जेकर्ताको नाममा भित्ती पालेका थिए, न गुण्डाहरुको संरक्षण गरेका थिए, न राज्यको ढुकुटी अपचलन गरेर कुन्डलेहरुलाई पोसेका थिए । ति काम गर्न नसक्दा मन्त्री गुरुङ्गलाई कस्ले चिन्ने ? प्रहरी प्रशासनले त चिन्नुपर्ने हो त्यो पनि भएन । यसो ताइफाइ गर्ने मन्त्री भएपो चिन्थे । फेरि विचराहरुलाई पनि के दोष दिनु ? ६–६ महिनामा ह्या मन्त्रीको अनुहार परिवर्तन हुन्छ । कि कसो हौ ?
खुस्कन्छन् कि क्या हो ?
जसरी तसरी घस्रेर भएपनि नौ महिना पर्धानमन्तरी पड्काउने पुर्व सर्त बमोजिम पर्धानमन्तरी भएका प्रचण्डाउ अगाडि नै खलास हुने जोग पो देखियो । मधेशी मोर्चासँग तीन बुँदे सहमति गरेर कँग्रेसको फुर्को समाई पर्धानमन्तरीको वैतरणी तर्दै गरेका प्रचण्डाउ समय अगावै खुस्कने हुन कि भन्ने देखियो । मधेशी मोर्चाको माग पूरा गर्न सक्ने छाँटकाट नदेखिएपछि मोर्चाले प्रचण्डाउलाई दिएको समर्थन फर्ता लिने भएको छ । समर्थन फिर्ता लिने भएसी’ प्रचण्डाउ यतिबेला तीन लोक चौध भुवन देखिरहेका छन् । जसो तसो संसदमा संसोधन प्रस्ताव दर्ता गराए नि झालेमालेले कुनैपनि हालतमा नसघाउने भएसी’ संसोधन विधेयककै वल्लो घाट न पल्लोेतिरको हुने देखिएको छ । पहिला ९ महिना राइदाइ गरेका प्रचण्डाउले यस पटक ६ महिने भएर निस्किनु पर्लाजस्तो छ ।
सुजोको चेत खुल्या हो ?
जर्मनबाट धाइफल तोडेर नेपाल आइ फुत्तै नेप्लिज काँग्रेसकी नेतृ बनेकी सुजोको हिजो आज चेत खुल्या हो कि मति बिग्रेको हो घण्टाघरल खुट्याउनै नसकेर हैरान भएको छ । अब हेरौ न अस्तिका दिन उन्ले एउटा खैजडी पत्रिकाको अन्तरवार्तामा भनिन्–मैले पहिला धेरै अपराध गरें, त्यसले मलाई गिल्टी फिल गराएको छ । त्यसैले अब म अध्यात्ममा लागेको छु । अध्यात्मबाट स्वर्गीय आनन्द प्राप्त हुन्छ । राज्येको ढुकुटीबाट ५० लाख खर्चेर उपचार गरेर मण्डी खाटारमा थुप्रिएका सुजोको पहिल्यै अध्यात्मक भाव भैदिया भे कति जाति हुन्थ्यो ? न लाउडा काण्ड घट्थ्यो, न धमिजा काण्ड घट्थ्यो न चेज यएर काण्ड न तिनका कटुवा ज्वाइले कल वाइपास गरेर अरबौ कुल्याउँथे । ढिलै बुद्धि पलाएर के गर्नु ? सबै सर्वनाश भइसकेपछि । कि कसो हौ ?
अन्तेमा
यो ताइन तुइको सरकारले देशाँ स्थानीय निकायेको निर्वाचन गराउला भन्ने घण्टाघरलाई भुत्लोभाङ्ग विश्वास छैन । जाबो क्याम्पसको स्ववियु निर्वाचन त गर्न सक्ला जस्तो छैन । कुनै क्याम्पका प्रिन्सिपलका कुर्सी जलेका छन् कुनै क्याम्पसक यमानको भोटे ताल्चा झुण्ड्याइएको छ, कही विद्यार्थीहरु कक फाइट खेलिरहेका छन् । जाबो स्ववियुको निर्वाचन गर्न त यो महाभारत छ भने स्थानीय निकायको निर्वाचन गर्नु भनेको पुतलीको खेल त हैन होला ? कि कसो हौ ?
