धरान/कला र सास्कृतिलाई जगेर्ना गरी सोको पहिचान अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने उद्देश्यले भारतबाट प्रकाशित न्बििभचष्भ पत्रिकाको गत हप्ता सूचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजाल र भारतीय राजदुत
रन्जित रायले राजधानीको होटल डेल अन्नपूर्णमा एक विशेष समारोहका बीच संयुक्त रुपमा विमोचन गर्नुभयो ।
ससारका प्रतिष्ठित संग्राहालय र ग्यालरीहरुमा सहजै उपलब्ध हुने ग्यालरी पत्रिकामा नेपालका विविध कला, सास्कृति र कलाकारहरुको पहिचानलाई समेत प्रमुखतामा साथ समेटिएको छ । सो अवसरमा बोल्दै सूचना तथा सञ्चारमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता समेत रहनु भएका डा. मिनेन्द्र रिजालले प्रकाशनले नेपाल भारत बीचको साास्कृतिक सम्बन्ध अभिवृद्धि हुने मात्र नभएर आन्तर्राष्ट्रिय जगतमै कला र सास्कृतिका विविधता बुझ्न मद्दत गर्ने विश्वास व्यक्त
गर्नुभयो ।
यसैगरी भारतीय राजदुत रन्जित रे ले नेपाल र भारतबीचको सम्बन्ध अदितीय र वहुआयामिक छ । राजनैतिक, धार्मिक, साास्कृतिक सम्बन्धले दुवै देशबीचको निटता बढाएको हो । कुनै पनि देशको पहिचान त्यस देशको कला र संस्कृति पनि हो । भारतीय राजदुतावास अन्तर्गत रहेको बीपी कोइराला भारत नेपाल फाउन्डेसनका सचिव तथा कवि अभय कुमारले पत्रिकामा समेटिएका नेपालका ४३ कलाकार र लेखकहरुलाई धन्यवाद दिादै धेरै समयको प्रतिक्षापछि ग्यालरी पत्रिका प्रकाशित गर्नुभएकी बिना सरकारप्रति आभार व्यक्त गर्नुभयो । यो धेरै खुशीको कुरा हो म शब्दमा व्याख्या गर्न सक्दिना उहााले भन्नुभयो ।
सो अवसरमा प्रा.डा. अभि सुवेदी, कलाक्युरेटर संगीत थापा, गायक एनी कोइङ्ग डोल्मा, विना सरकारले नेपाली कला सास्कृति र भारतीय कला सास्कृतिको बारेमा आÏना धारणा राख्नुभएको थियो । डा. तुलसी दिवस, प्रा.डा. अभिव सुवेदी, मोमिला जोशी, मञ्जु कााचुली, श्याम नेपाली लगायतले कविता वाचत समेत गर्नुभएको थियो ।
