घण्टाघरबाट हेर्दा

मुख छ“दाछ“दै….
नेपालीमा एउटा उखान छ, मुख हुँदाहुँदै नाकले पानी पिउनु । अस्तिका दिन यस्तै देखियो झालेमालेको ठेलुवा माने ठेलेर इनरुवाको आम सभाको दृश्य । ठेलुवाहरु टन्नै थिए । भाषण सुन्ने मान्छेको खडेरी पर्नथालेको अवस्थमा त्यतिका मान्छेको भीड देख्दा भाषण गर्नेलाई कम्ता फूर्ति आउँदैन
रै’छ । त्यस्तै मध्येका एजना थे महफुज अन्सारी । अध्येक्षे खप्रओले गर्ने भाषन अन्सारीले ठोकिदिेसी’ विचरा खप्रओ
रनभुल्लमै परे । अन्सारीले प्वाक्कै भन्दिए हामी भारत विरोधी हौं । राजीन्दर महतो, उपिन्दर यादव, महन्त ठकुर भन्दा पनि ठूला गद्धारी प्रचण्डाउ र देउवा हुन रे । खप्रओको बोली अन्सारीले भ्याइदिएसी’ मुख छँदाछँदै नाकबाट पानी पिएको होला भनेर ठेलुवाहरु मुखामुख गरिरा’थे । अब झोलेमालेमा कुन नेताले कति बोल्ने भनेर पहिल्यै सीमा छुट्याउने बेला आएजस्तो पो छ । नत्र सबैको भाषन एउटंैले भ्याइदिने चिन्ता ।
अम्रिकेहरु चिन्तित
आफ्नो देशमा काम गर्न लाज मान्ने, रातारात लाखौ कमाएर करोडपति बन्ने सपना बोकेर आर्काको देश अमेरिका पुगेकाहरु अब साइजमा आउने भएका छन् । आफ्नै देशलाई आमाचकारी गाली गरेर अर्काको देशमा गएर भाडा माझ्ने, ट्वाइलेट सफा गर्ने, ट्याक्सी चलाएर बस्ने तर यहाँ आउँदा हदैसम्मको डिङ्ग हाक्नेहरु यतिबेला चिन्तित मात्र हैनन् तिल्मिलाउन थालेका छन् । राष्ट्रपति डोनाल्ट ट्रम्प प्रशासनले तिम्रै देश फर्किएर जाओ यहाँ नबस भनेपछि त्यहाँ बस्ने हुतिहारा नेपालीको अनुहारमा चौबीसै घण्टा १२ बज्न थालेको छ । नेपाली बसेको डेराको ढोकैमा धमाधम सूचना टाँस्ने काम यतिबेला भइरहेको छ रे । घण्टाघरलाई त ख्याल स्वाद लाग्या छैन ।बरु हे ट्रम्प महोदय सबैलाई जति सक्दो चाँडो यता लघारिदिए नेपालको उद्वार हुने थियो ।
एयरपोर्टबाटै गायव
नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल जादुगरी जस्र्तै छ । आँखा चिम्लिनै पदैन सरसमान अघि नै गायव । कहिले क्विन्टलका क्विन्टल सुन गायव हुन्छ, कहिले लागू अ‍ैषध गायव हुन्छ, कहिले विदेशीको लाखौ डलर गायव हुन्छ । एयरपोर्टमा जागिर खानेहरुले गायव गर्ने शिक्षा आर्जन गरेक छैनन् भने उनीहरुले त्यहाँ कमै गर्न सक्दैनन् । अस्तिका दिन एक कोरियन नागरिकको ह्याण्ड व्यागबाटै २५ सय डलर गायव भएछ । आफ्नै हातमा आएको ह्याण्ड व्यागबाट रकम हराएपछि उनले आठौ आश्चर्य व्यक्त गरेका छन् । एयरपोर्टमा काम गर्ने कर्मचारी क्या बहादुर ह्यान्ड व्यागको रकमै गायव पार्दिन्छन्, कम्ता सुरा र बहादुर छन् नेपालीहरु ? वाह † मान्नैपर्छ ।
खुट्टो उचाल्दा पुग्छ
झालेमालेका अध्येक्षे खप्रओले भन्या अब पूर्व पश्चिम इलेक्ट्रिक रेल दौडन्छ, धेरै अगाडि उभिएर खुट्टो उचाल्दा सर्रर्र रेलमा यात्रा गर्न पाइन्छ रे । गफ जोतेर नेता नभएका खप्रओको कुरा सुनेर अस्तिका दिन इनरुवामा मान्छेहरु गललल पेट मिची मिची हाँसे । उन्ले थप्दै गए धनी हुन मात्र काम गर्नुपर्छ, बसी खानलाई सरकारले नै दिन्छ रे । सत्ताबाट खुस्किएपछि ओली वा अली सुध्रे होलान्, च्यापुमा जे जे आयो त्यही त्यही नबोल्लान् भन्या त फुइøयाँ
हुन्थ्यो ? कुतिको पुच्छर बाह«बर्ष ढुंग्रामा सोझ्याउन हाल्दा पनि उस्ताको उस्तै भनेझै ओलीबाट सत्ताबाट खुस्किएपनि उस्ताको उस्तै रै’छन् । उखान र तुक्का जोडेर हँसाएरै नेता भएका ओली बाका कारण नेपालका हाँस्यकलाकारहरु नै पलायन हुने खतरा बढ्दै गा’छ कि कसौ हो ?
काइदाको पत्राचार
बन्दुक बोक्न नडराउने, पड्काउन नडराउने, गोडा सत्रेक हजारलाई सुताउन नहिच्किचाउने, व्यारेकमा जाइ लाग्ने, प्रहीका कार्यालय भत्काउने, शिक्षक, कर्मचारीको दोहोलो काढ्ने प्रचण्डाउ सत्तामा आएसी कस्ले सराफ दियो कुन्नी मुसी भवन नै भएछन् । जाबो एउटा स्थानीय निकायको निर्वाचनके मिति घोषणा गर्न सनसकेर यतिबेला सबैको टोकोसो खपि रा’छन् । आफनै छेउछाउक हनुमान मात्र नभएर सत्ता पक्षे र प्रतिपक्षेले समेत स्थानीय निकायको निर्वाचन घोषणा गर्न दबाब दिएसी उनले अस्तिका दिन निर्वाचन आयोगलाई पत्राचार गरेछन् । तर चलाख प्रण्डाउले निर्वाचनको मिति चाहिँ राख्न भुसुक्कै बिर्सिएछन् । अहिलेलाई यति पनि राहतै मान्नुपर्छ । चुनाउको ‘चु’ सम्म नसुनिराको अवस्थामा कमसेकम पत्राचार त गरे । चुनाउ होस कि नहोस् पत्राचार त भयो । कि कसो हौ ?
काजीको गर्जन
यतिका दिन सुतुर्मुगी जस्तो गरेर चुपचाप बसेका बुढानिलकण्ठे काजी माने लाँग्रेसका सभापति शेरबहादुर देउवाले अस्तिका दिन भकभक गर्दै भने हामी निर्वाचन गराएरै छाड्छौं । उन्ले भने प्रचण्डाउले निर्वाचन गराउन नसक्ने भए अब मेरै नेतृत्वमा सरकार बनाएर निर्वाचन गराउँछु । प्रचण्डाउको पर्धानमन्तरीबाट अवकास लिने अझै तीन महिना समये छ । त्यो भन्दा अगाडि प्रचण्डाउले पद ज्यान गए नि छोड्दैनन् । लाँग्रेस एक्लैले सरकार बनाउनै सक्दैन । झलेमालेले सरकार बनाउन काँग्रेस माओवादीलाई साथै देला जस्तो छैन । अनि बुडढानिलकण्ठे काजीले किन बकबक ग¥या होलान् ? फेरि काजी राजधानी छाडेर कतै हिड्या छैनन् । चुनाव हुन्छ कि हुदैन बुझेकै छैनन् । त्यसैले काजी बकबक गर्नुभन्दा गृह्य कुरा के हो बुझ्दा बेस होला है ।
आन्दोलनको घोषणा
सर्कारले निर्वाचनको घोषण ग¥यो भने मधेशवादी दलले आन्दोलनको घोषणा गर्ने रे । अब निर्वाचन र आन्दोलनको प्रतिष्पर्धा होला जस्तो
छ । सर्कारले निर्वाचनको घोषण गर्न किन खुट्टा कपाएको भन्या त भित्री कुरा त यस्तो पो रै’छ । मधेशवादी दलका एकजना तगडै नेताले भन्या सरकारले संविधान परिमार्जन सहित संसोधन नगरेर निर्वाचनको घोषणा ग¥यो भने तराईमा आगो बाल्ने रे । हैन हौ यो देशमा सबै आगै बाल्ने मात्र छन् । पानी हाल्ने त कोही देखिएन ।
झालेमाले निर्वाचन नगरे आगो बाल्ने भन्छ, मधेशवादी निर्वाचनको घोषणामात्र गरे आगो बलने भन्छन् । यतिबेला पचण्डाउ साह«ै ठूलो भुर्नहत्तेमा प¥या छन् । खाउँ भने दिनभरिको सिकार नखानउा भने कान्छा बाउको
अनुहार । त्यत्रो जनयुद्ध गरेर आएको, बल्ल वल्ल ९ महिने पर्धानमन्तरी बनेको, फेरि भइएला कि नभइएला ? क्या फसाद ।
अन्तेमा
धेरै दिन पछि नेप्लीज काँग्रेसका बेकामे नेता रामचन्द्रे बाजेले थुतुनो उघारेका छन् । निर्वाचन घोषणा गर्न कनाुनमा बाधा देखियो रे । त्यो बाधा फुकाउने प्रचण्डाउले आँट गर्नु पर्छ रे । बाजेले भन्या । के बाधा देख्या त्यो चाहिँ बाजेले केही खुलाएनन् । कस्ता कस्ता बाधा छन् त्यो नि भनेनन् । अनि यस कुरा चपाएर बोल्ने नेताबाट फुइøयाको आशा गर्नु ? खुलस्त कुरा पो गर्नपर्छ त । च्यापु उचली सकेपछि सुन्नेले नि थाहा पाउनुपर्छ कस्ता बाधा छन् भनेर । बाजेको त्यही स्वभाले त्यो केजनति अँ सभापति, ससदीय दलका नेतामा उत्तानो चित्त प¥या त हो नि । लहै बाजे स्वभावमा सुधार नल्याए वित्याँस पर्ला है ।

तपाईको प्रतिक्रिया