घण्टाघरबाट हेर्दा

पर्दसन गर्ने रे
मधेशी मोर्चाको गनगन कहिल्यै नसिद्धिने रै’छ । कहिले यो ल्याउ भन्छ, कहिले त्यो ल्याउ भन्छ । मोर्चा माग्न पनि छोड्दैन, दिन्छु भन्नेले धक फुकाएर दिने पनि होइन । माग्नेले माग्न पनि छाड्रदैन अनि दिनेले दिने पनि हैन । क्या गजब छ नेपालको राजनीतिक । माग्दा–माग्दा नपाएसी मधेशवादी दललहरुले फेरि मधेशका जिल्लामा
राँको बाल्ने भएका छन् । उनेरले माघ २३ गते मधेशमा प्रदर्शन गर्ने भएका छन् । पहिला ६ महिनासम्म मधेश ठप्प बनाउँदा त सत्तामा बसेकाहरुलाई कुनै ठाँगाले छोएन । जाबो अब दिन सदरमुकाम प्रदर्शन गर्दा के चाहिँ लचारपाटो लाग्ला र ? नेपालमा आन्दोलनको मौसम पनि यही हो क्यारे । खेतिपाति उठाइहाले, तास खेलेर बसेका युवाहरुलाई दैनिक ज्यालादारीको व्यवस्था गर्देसी’ पर्दसन मात्र हैन आन्दोलनको आँधीबेहरी नै उठ्छ । बरु एक दिन हैन दिनैपिच्छे पर्दसन, चक्काजाम, नारा, जुलुस, बजार पसल नै बन्द गर्ने हो कि ? जाबो एक दिनको पर्दसनले केही नापिएला जस्तो छैन ।
ग्रिनकार्डवालाहरुको रुवाबासी
थुइँक्क यस्तो जाबो देशमा पनि कोही बस्छ भन्दै अमेरिका पुगेका र उतै घरजम गरेर बसेका ग्रिन कार्डधारी नेपालीहरको अब कन्तविजोग हुने भएको छ । उनेरमा यतिबेला गतिलै रुवाबासी पनि चल्या छ रे । धन्न अमेरिकाको
राष्ट्रपतिमा डोनाल्ट ट्रमले जितेछन् । उनले अब गृनकार्ड धारीहरुलाई समे्त अमेरिकाबाट लखेट्ने घोषणा ग¥या छन् । ट्रम्पलाई घण्टाघर मुरी मुरी धन्यवाद दिन्छ , यसो दुई चार बर्ष बसेर आएकाहरुको यहाँ सानो शान थिएन ? गजक्क पर्ने, आफूलाई नेपालै मन नपर्ने, नेपाल पनि देश हो ? के छ र यहाँ ? भनेर कम्ता खिसीटिउडी गर्दैनन् थिए । अब खुच्चिङ पर्ने भयो । लौन ट्रम्प अलि चाँडै देशै छाडेर अमेरिकमा पोइल आएर बसेकाहरुलाई पुच्छरमा आगो झोसेर लगारी देउ ।
घा“डो भयो
पछिल्लो पटक न्वारान गरेर नयाँ नाम जुराएको माउवादी केन्द्रका एकजना गतिलै मान्छेको ढिलै भएपनि घैँटामा घाम लागेको देखेर घण्टाघर बडो आश्चर्यमा प¥या छ । लारायण काजी श्रेष्ठ नाम गरेका ती नेताले अस्तिका दिन एउटा कार्जेक्रममा प्वाक्क भने एक आपसमा मिलेर बसेका नेपालीलाई भड्काउने, देश डुबाउने संघीयता घाडो भयो ।
पहिला पहिला जुन ठाउामा पुग्यो त्यही ठाउँमा फुत्त गोजीबाट संघीयता निकालेर दिने लारायण काजी पनि त हुन नि । अहिलेचाहिँ घाँडो भयो रे । दुई चार बर्ष अगाडिका कुरा समेत अनुमान गर्न नसक्ने पनि कहीँ नेता हुन्छन् । संघीयता घाँडो हैन अब त नेताहरु नै देशका लागि भाँडो भाँछन् । यत्रतत्र सर्वत्र भद्रगोल बनार डकरेर बस्नेहरु यो देशमा नेता भैपल्टिएका छन् । घाँडा नताहरुलाई थान्को लगाएसी संघीयता, धर्मरिनपेक्षता अफै साइजमा आएर बस्छन् । कि कसो हौ ?
फा“सी दिने रे
हैन यो मुलुक छाडा भएकै हो ? जसले जे बोल्दा नि भा’छ । जसले जे गर्दा नि भा’छ । देशलाई वेस्यैको पिँध पो बनाए हँ । अब हेरौ न त्यो खै के जाति माने शिवसेना नेपालका अध्येक्षे विक्रम बमले अस्तिका दिन भन्या प्रचण्डाउलाई फाँसी दिने रे । जसरी पनि प्रचण्डाउलाई फाँसी देरै छाडने रे । हैन हौ ती बमले कसरी दिन्छन् प्रचण्डाउलाई फाँसी ? नाम मात्रको बम भएर त भएन नि । यहाँ पड्किने बमले त प्रचण्डाउको भुत्लो सल्काउन सक्या छैन ओसिएको बमले के नापिसरी लगाउँछ र ? प्रचण्डाउलाई फाँसी नदिए आफै आत्महत्या गरेर मर्छौंसम्म भनेछन् बमले । हैन हौ आफूले आत्महत्या गरेर फुइøयाँ हुन्छ ?
धन्न बा“डेनन
यसपाली त अचम्मै भयो । जहाँ गयो त्यही केही न केही बा“ड्ने बानी
परेका हाम्रा पर्धानमन्तरी पुष्पकमल दाहाल माने प्रचण्डाउले अस्तिका दिन एउटा कार्जेक्रममा केही नबाडी फर्केछन् । प्रचण्डाउले केही नबाडी फर्केको देख्दा अबचाहिँ प्रचण्डाउ साँच्चै गरिब रै’छन् भन्ने लाग्यो । उन्ले जबदेखि आफूसँग तीन तोला सुन र एक कट्ठा जग्गा मात्र छ भन्या थे त्यै दिन देखि घण्टाघरलाई दया जाग्न थाल्या थ्यो । पहिला पहिला जहाँ भाषन गर्थे त्यहाँका मान्छेको अनुहार हेरेर केही न केही दिएरै फर्कन्थे । पूर्वको पाँचथरतिर गएर भाषन गर्दा लिम्बुवान दिन्छु भन्थे, कास्कीतिर पुेगर भाषन गर्दा तमुवान दिन्छु भन्थे, कैलालीतिर गएर भाषन गर्दा थरुहट दिन्छु भन्थे । हुँदा हुँदा गुरुङहरुको ल्होछारमा टुडिखेलमा यस अघि भाषन गर्दा अबको पर्धानमन्तरी गुरुङसम्म भन्न भ्याए । तर अस्तिका दिन तामाङ्गको ल्होछारमा जाँदा उन्ले आफू खुकुरीको धारमा उभिएको छु भनेर भाषन ठोकेछन् । विचारासँग दिने र
बोल्ने कुरा सबै सिद्धिएछ कि क्या हो ?
पौड्याल बा चिन्तित
नेप्लीज काँग्रेसका नेता रामचन्द्रे बाजे अस्तिका दिन देखि चिन्तामा डुब्या छन् । विचरा घाँटीमा हलेदो अड्किएझै गरी तेसो लिंगीको आवाज निकालेर भए नि बोल्दै आ’थे अब त्यो आवाज पनि बन्द होला जस्तो छ । अब हेरौ न उन्को निर्वाचन क्षेत्रका होनेहार तीन सय जना नेप्लीज कँग्रेसका कार्जेकर्ताहरु अस्तिका दिन झालेमालेमा प्रवेश गरेछन् । पार्टी सभापति, संसदीय दल, नेपाल विद्यार्थी संघ, तरुण दल, महिला संघ सबैतिरबाट लघारिएका बाजेलाई आफ्नो क्षेत्रका कार्जेकर्ताले त सघाउलान्, साथ देलान् भन्ने ठूलो आश थियो । त्यो पनि नाप्पियो । झण्डै तीन सय जना आफ्ना लडकु कार्जेकर्ता बाजा बजाएरै झलेमालेमा प्रवेश गरेसी विचाराको प्रेसर यतिबेला ह्वात्तै बढ्या छ रे । अबको चुनावमा तनहुबाट पनि बाजे उत्तानोचित्त पर्लान् जस्तो पो छ ।
अक्षम भन्न थाले
नेप्लीज काँग्रेसका सभापति बुढानिलकण्ठे मुखियालाई यतिबेला आफ्नै पार्टीका कार्जेकर्ताहरुले अक्षम पो भन्न थालेछन् त ? मुखिया अक्षम हुँर्द होइनन् भन्ने कुरामा घण्टाघर विस्वस्त छ । अक्षम भा’भए आरजुको पैसोमा मुखिया बाले सभापति, संसदीय दलको नेता जित्ने नै थिएनन् । सक्षम भाकोले त जित्या हुन् । दश महिनासम्म मुखियाले पार्टीका पदाधिकारी नियुक्ति नै गरेनन् भनेर राजा ज्ञानेन्द्रले जस्तो अक्षम भन्न छ पाइएन नि । पदाधिकारी नियुक्ति गर्ने मुखिया बाको तजबिजको अधिकार हो । मन लागे गर्छन, मन नलागे गर्दैनन् । कसैले चिच्याउदैमा हुन्छ र ? आफूले पद नपाएपछि अरुलाई अक्षम भन्नु त भए नि । कि कसो हौ मुखिया वा †
अन्तेमा
अस्ती शहीद सप्ताहको दिन साह«ै अचम्म भयो । आफूलाई बढेमानको पार्टी भनेर गर्जने, सत्तामा बसेका पर्तिपक्षमा बसेका नेताहरु, तिनका तल्लो स्तरका कार्जेकर्ताहश्र शहीदको सालिक चहार्दै हिडे । अर्थोक केही लछार पाटो लगाउन नसकेपनि यसो मरेर गएका शहीद महान थे, उनले दोएको सपना पुरा गरेरै छाड्छौ भन्न सबैले भ्याए । माने सबै दलका नेताहरुले ओठे भत्ति, देखाए । शहीदको कार्जेक्रममा गएका नेताहरुलाई सहीदको सट्टामा पहिल्यै गलाभरी फूल माला लगाई दिए । टिका लगाई दिए । घण्टाघर त एकछिन अलमलमा प¥यो । के देख्नु प¥यो नि त्यस्तो भन्ने पनि लाग्यो । शहीदलाई लगाइदिनु पर्ने माला देश, जनता लुटेर नेता भएकाहरुको गलामा फिटिक्कै नसुहाएको । के गर्नु मरेर गएका इमान्दार भन्दा बाँचेका बेइमानहरुको सम्मान छ । अनि फुइयाँ बन्छ देश ? कि कसो हौ ?

तपाईको प्रतिक्रिया