धरान÷सधै आकाशे पानीको भरमा खेति गर्दै आएका सुनसरीको भरौलबासी सिंचाइ आयोजना शुरु भएसंगै हर्षित बनेका छन् । नजिकै रहेको अमाहा पोखरीलाई भरपुर सदुपयोग गर्दै स्थानीयको पहलबाट सिचाई आयोजनाको लागि काम धमाधम हुन थालेपछि अब भने आकाशे पानीको भरमा जीविकोपार्जन हुनेमा ढुक्क बनेका छन् ।
केही बर्ष अगाडि ऐतिहासिक अमाहा पोखरी लोप हुने अवस्थामा पुगेको थियो । लोप हुन लागेको त्यस पोखरीको संरक्षण गर्दै भरौलबासीको बर्षौदेखिको पीडा कम गर्न त्यहा रहेको अमाहा सामुदायिक वन उपभोक्ता समितिले संरक्षण संगै पहलको लागि पहल शुरु ग¥यो । सिमसार
संरक्षणसंगै पर्यापर्यटनको विकास गर्ने उद्देश्यले अमाहा सामुदायिक वन उपभोक्ता समितिको पहलमा गत बैशाखमा स्थानीयले पोखरीलाई पुर्नजीवन दिएका थिए । गत बैशाख २२ गते उद्घाटन गरिएको सोही अमाहा सिमसारबाट अहिले भरौलबासीलाई सिचाईको थप फाइदा पनि पुगेको छ ।
गाउलेहरुकै परिश्रम र लगानीमा सामुदायिक वनको नेतृत्वमा सो पोखरी २७ लाखको लगानीमा पुनजीर्वित बनाउन गाउलेहरु सफल भए । गाउलेहरुको परिश्रम र लगानी देखेर सिचाई विभागले करोडौंको भरौल सिचाई योजना सञ्चालन गरेको छ । आकाशे पानीको भरमा खेती गरिरहेका
भरौलबासीहरु सिचाई योजना आएपछि असाध्यै हर्षित छन् । स्थानीय तेजबहादुर गुरुङले आफूले लगाएको कृषि उपजमा सिचाई आयोजना पुगेमा बर्षमा मुस्किलले एक बाली लगाउने गरेका भरौलबासी जुनसुकै मैसममा पनि खेती गर्न सकिन्छ भन्दै खुशी व्यक्त गर्नुभयो ।
सिंचाईको निर्माणको ठेक्का धरान १३ स्थित आशिष÷स्वामीनारण ÷ आर्शिवाद जेवीले पाएको छ । गत असार ३० गते ठेक्का सम्झौता भएको योजना २०७४ कार्तिक ३ गते सम्ममा ठेकेदार कम्पनीले काम स्क्ने सम्झौता भएको छ ।
यो सिंचाई आयोजना सम्पन्न भइसकेपछि भरौल वडा नम्बर १, २, ३, ५ र ६ वडाका ४ सय हेक्टर क्षेत्रफलमा खेती गर्ने कृषकहरु लाभान्वित हुने छन् । त्यहा रहेको कुल ५ सय ७९ घरधुरी लाभान्वित हुने सिचाई विकास भिडिजन सुनसरीले जनाएको छ ।
यो आयोजनाले भरौलबासीको जीवनयापनमै फरक ल्याउने स्थानीय थिरबहादुर गुरुङ बताउनुहुन्छ । बर्षादको भरमा खेती गर्दा समयमा पानी नपर्ने हुदा कुनै कुनै बर्ष खेती नै बाझो राख्नुपरेको सुनाउदै यसले भरौलबासी कृषको आम्दानीको स्रोतम समेत बढावा दिने बताउनुभयो ।
अमाहा वन क्षेत्रको २ सय ३ हेक्टरमध्ये ५२ हेक्टर सिमसार खण्ड छ । त्यसमध्ये डेढ हेक्टरमा अमाहा पोखरी छ । वन समुहका अध्यक्ष भोजराज रिली घलेका अनुसार ४० को दशकमा एडिबि र कृर्षि विकास बैंकको सहयोगमा बाँध बाधेर स्थानीयलाई सिचाईको सुविधा दिइएको थियो । तर, डेढ दशकअघि नजिकैको सर्दु खोलाको बाढीले भत्काइदिए पछि भरौलबासी मारमा परेका थिए । आफूहरु पोखरीलाई संरक्षण गर्न लागेछि सिचाई विभागले सिंचाईको लागि काम गरिदिएको छ यसले कृर्षि उत्पादनमा ठुलो सहयोग पुग्ने अध्यक्ष घलेको भनाई छ ।
भरौल सिचाई योजनाको कुल स्वीकृत लगत इस्टिमेट ८ करोड २० लाख ७९ हजार भएपनि ३ करोड ७७ लाख १७ हजार ४ सय १८ मा ठेक्का सम्झौता भएको छ । यसबाहेक सिचाई निर्माणमा ४३ लाख ५२ हजार २ सय ९५ जनश्रमदान हुनेछ भने जल उपभोक्ता समितिलाई ४६ लाख १८ हजार ९ सय ५२ रुपैया श्रमवापत भुक्तानी हुनेछ ।
सरकारी वा नेताको मुख ताक्ने प्रवृत्तिको अन्त्य गर्दै सिंचाइ सुविधाका लागि ताल
संरक्षण गर्ने अभियानको सिचाइ विभागले स्रहानीय मान्दै सिचाई आयोजना ल्याएको हो । सिंचाई सुविधासंगै हौसिएका स्थानीइहरु तालको संरक्षण गर्दै पर्यटकीय हव बनाउने सोचमा रहेका छन् । गाउलेको यो सोचप्रति सबैले एक पटक प्रशंसा नगरीकन सक्दैनन् ।
