धरान÷नेपालमै पहिलो पटक
युरोलोजी अर्थात मृगौला मुत्र रोग तथा नवजात शिशु रोग बिशोषज्ञताको रुपमा पहिचान बनाउन सफल धरानका दुई जना डाक्टरलाई जीवन जिउने कला सिकाउने ‘द आर्ट अफ लिभि¨ले नया बर्षको आवसर पारेर सम्मान गरेको
छ ।
आईतबार बेलुका ७ बजे धरान ५ स्थित द आर्ट अफ लिभिङ धरानकी डिडिसी सदस्य पार्वती श्रेष्ठको घरमा नया बर्ष मनाउनुका साथै सम्मान
गरेका हुन ।
सम्म्मानीत हुनेहरुमा मुत्र रोग बिशोषज्ञ डा. सुधिर सिंह र नवजात शिशुरोग बिशोषज्ञ डा पियुष कनोडिया रहेको द आर्ट अफ लिभिङ धरानका डिडिसी सदस्य सरस्वती श्रेष्ठले जानकारी दिनुभएको छ ।
सम्मानित हुनेहरुर्ले सामाजिक संस्था द आर्ट अफ लिभिङले पहिलो पटक नै आफुलाई सम्मान गर्दा खुशिको सिमा नै नरहेको बताएका थिए उनीहले ेयस्ता खालको सम्मानले आफुलाई गृह जिल्लामा मात्र नभएर समाजको हरेक स्थानमा काम गर्न प्रेरणा प्रदान गरेको बताएका थिए ।
सम्मानीत डाक्टरहरुलाई बहुबृद्धा ७० बर्षिया सुभद्र श्रेष्ठले दोसल्ला तथा सम्मान पत्रले सम्मान गर्नुभएको
थियो ।
