‘सम्पूर्ण भूमिहीन सुकुम्बासी एक हौं ।’ नेपाल भूमिहीन सुकुम्बासी संगठन धरान उपमहानगर कमिटी, सुनसरी

प्रेस विज्ञप्ती
गरिब भूमिहीन सुकुम्बासी जनतामाथि वर्तमान काँग्रेस–माओवादी केन्द्रको गठबन्धन सरकारले अन्यायपूर्वक विद्युत मिटर जडानमा धरौटीका नाममा १० हजार रुपैयाँ असुल्ने निर्णय गरी कार्यान्वयनमा आएको हुँदा उक्त कदम र निर्णयको घोर भत्र्सना गर्दै उक्त जनघाती निर्णय तत्कालै फिर्ता लिन आग्रह गर्दछौं । यस अघि एक हजार धरौटीमा विद्युत मिटर उपलब्ध गराउदै आएकोमा हाल एकाएक हजार गुणा वृद्धि गरेर गरिब सुकुम्बासी जनतालाई विद्युत जस्तो आधारभूत सेवाबाट समेत बञ्चित गराउने कदमको विरोधमा उत्रन समस्त बस्तीबासी न्यायप्रेमी समुदायलाई हार्दिक अपिल गर्दछौं ।
अहिलेको सरकारले यस अघि पनि ट्रान्समिटर मर्मत तथा विभिन्न बहानामा विद्युत महसुल वृद्धि गरी जनतालाई लुटपाट मच्चाउदै आएको छ । त्यतिमात्र नभएर दैनिक उपभोग्य वस्तुको मूल्यमा समेत आकाशिने गरी कालोबजारी र कमिशनखोरी निर्णय गरेर जनघाती कदम अगाडि बढाइरहेको छ । हालै संविधान संसोधनको नाममा राष्ट्रघाती कदम चलाएको जगजहेरै छ । यस्तो विषम् परिस्थितिको मौका छोपी सुकुम्बासी जनता, जो १० हजार खर्च गरेर घर बनाउन नसकी बाँस तथा जस्ता पाताले बारेर दुःखपूर्वक अवस्थामा जीवन जिइरहेके बेला एउटा विद्युतको मिटर बक्सका लागि १० हजार तिर्न बाध्य बनाउनु भनेको गरिब तथा सुकुम्बासी भूमिहीन जनतामाथि अन्यायपूर्वक र अमानवीय व्यवहार प्रदर्शन गरेको छ । यस्ता निर्णय तत्काल फिर्ता लिन सम्बन्धित निकायलाई जोडदार माग गर्दछौं ।
सम्पूर्ण भूमिहीन सुकुम्बासी जनताले जो लामो समयदेखि भोगचलन गर्दै आएको जग्गाका धर्नीपूर्जा तत्काल पाउनु पर्छ । यस अघिको सरकारलेब बनाएको सुकुम्बासी आयोगलाई समेत निस्क्रिय बनाई सुकुम्बासी जनता विरुद्ध चरणवद्ध रुपमा भइरहेको आक्रमणलाई अब धेरै दिन सहेर बस्न सक्ने अवस्था नरहेकोले जग्गाधनी स्थायी प्रकारको लालपूर्जा तत्काल छैन । नैतिकताको आधारमा पनि सरकारले बसिरहन योग्य नदेखिएकाले तत्काल प्रधानमन्त्री सहितको मन्त्रि परिषद्ले राजीनामा दिन माग गर्दछौं । हाम्रा मागहरुलाई बेवास्ता गरी जबरजस्ती अगाडि बढेमा त्यसबाट उत्पन्न हुने परिणामको जिम्मेवारी सम्बन्धित सरकारले लिनुपर्ने चेतावनी समेत दिन चाहन्छौं ।
मिति ः २०७३÷८÷२१
बोधार्थ
१) नेपाल विद्युत प्राधिकरण धरान शाखा ।
२) धरान उपमहानगरपालिका कार्यालय, धरान ।
३) नेपाल विद्युत प्राकिरण केन्द्रीय कार्यालय, काठमाण्डौ ।
४) मन्त्रि परिषद्को कार्यालय, सिंहदरबार, काठमाण्डौ ।
५) नेकपा (एमाले) धरान नगर विशेष इलाका कमिटी, धरान
६) सम्पूर्ण सञ्चार माध्यमहरु ।
नरेन्द्रप्रसाद राई
मो.९८०५३९५५१०

तपाईको प्रतिक्रिया