धरान÷पटक पटक तयारी नपुगेको भन्दै मिति सर्दै आएको सातौ राष्ट्रिय खेलकुदका लागि क्षेत्रीय स्तरको छनौट प्रक्रिया मंसिर २० गतेसोमबार देखि शुरु भएको छ ।
सुनसरीको इटहरीस्थित रहेको क्षेत्रीय रंगशालामा राष्ट्रिय खेलकुद
परिषद्का सदस्य सचिव केशवकुमार विष्टले सोमबार एक भव्य समारोहबीच समुदघाटन गर्नुभएको थियो ।
अत्यन्तै आकर्षक ढंगले सजाइएको रंगशाला भव्य देखिन्थ्यो । इटहरीमा उदघाटनसँगै प्रतियोगिताका छनौट कार्यहरु पूर्वाञ्चलका धरान, इनरुवा, विराटनगर, झापा, इलाम, धनकुटा, पाँचथर, ताप्लेजुङ्ग, तेह्रथुम लगायतका स्थानमा हुने भएको छ । सोमबारै पाँचै विकास क्षेत्रमा एकसाथ छनौट प्रतियोगिता शुरु भएको छ । क्षेत्रीय स्तरका उत्कृष्ट खेलाडीहरुलाई पुष ८ गतेदेखि हुने खेलकुदमा सहभागी
गराइने भएको छ, उदघाटनमा बोल्दै खेलकुद परिषद्का सदस्य सचिव विष्टले भन्नुभयो ।
सदस्य सचिव विष्टका अनुसार क्षेत्रीय स्तरको छनौट खेल पूर्वाञ्चलका नौ वटा जिल्लामा खेलाइने छ । छनौटका अधिकांश खेल सुनसरी र मोरङमा आयोजना हुने पनि उहाँले प्रष्ट पार्नुभयो । सुनसरी जिल्लामा फूल कन्ट्याक्ट,
कराँते, महिला र पुरुषतर्फका क्रिकेट, एथलेटिक्स, आइटिएफ तेक्वान्दो महिला र पुरुष, कवड्डी हुनेछन् भने मोरङ्गमा महिला पुटबल, कराँते, टेबल टेनिस, महिला र पुरुष खोम्बो, सुटिङ्ग, उसुु हुने पनि सदस्य सचिव विष्टले जानकारी गराउनुभयो । यसैगरी झापामा पुुरुषतर्फको फुटबल, पुरुषतर्फको भलिबल, उदयपुरमा पुरुषतर्फको बास्केटबल, पुरुषतर्फको ह्याण्डबल, तेक्वान्दो लगायत हुनेछ । उता धनकुटामा व्याडमिन्टन, सिराहामा कुस्ती, सप्तरीमा पुरुष तर्पको
भारतोलन, जुँडो, ताप्लेजुङ्गमा महिलातर्फको भलिबल र पाँचथरमा चेस प्रतियोगिता लगायत रहनेछन् ।
