धरान÷ नया पुस्तालाई आफ्नो संस्कृति, पहिचान, भाषा र पहिरनका विषयमा जानकारी होस् भन्ने उद्देश्यले धरानमा प्रत्येक बर्ष हुरा नाचको आयोजना गरिने गरिएको छ ।
अहिलेका युवा युवतीहरु आफ्नो संस्कृति भन्दा पनि पश्चिमी संस्कृतितर्फ बढी रुमलिन थालेपछि नेपाल मगर संघ धरान नगर समितिले संस्कृति जोगेर्नाकै लागि प्रत्येक बर्ष हुरा नाच प्रतियोगिताको आयोजना समेत गर्दै आइरहेको छ । विगत पाच बर्षदेखि निरन्तर रुपमा आयोजना गर्दै आइरहेको यो नाचमा सुनसरी, मोरङ र धनकुटाका मगरजातिहरुलाई प्रतिष्पर्धा गराउदै पुरस्कृत समेत गर्दै आइरहेको छ ।
अहिलेका नया पुस्ताका मगर युवायुवतहरुले आफ्नै संस्कति हुर्रा नाच विर्सदै ग एको र पश्चिमी संस्कृतिलाई अंगाल्न थालेपछि पुस्तौपुस्ता सम्म आफ्नो संस्कृति बचाउनर्कै लागि भएपनि धरानमा प्रत्येक बर्ष हुरा नाच प्रतियोगिताको आयोजना गरिदै आएको नेपाल मगर संघ धरान नगरसमितिका अध्यक्ष चित्र थापा मगरले बताउनुभयो ।
यसो त यस कार्यलाई सघाउन मगर जातिका अग्रजहरुसमेत लागि परेका छन् । विर्सदै गएको आफ्नो संस्कृतिलाई नयाँ पुस्तासम्म पु¥याउन समेत प्रत्येक बर्ष हुर्रा नाच प्रतियोगिताको आयोजना गरिदै आएको मगर जातिकी अभियन्ता एवम् नेपाली कांग्रेसकी स्थानीय महिला नेतृ मिना पुलामीले बताउनुभयो ।
धरान १५ शिक्षा सदन उच्च माविको मैदानमा आयोजना हुदै आइरहेको सो प्रतियोगितासंगै नयाँ पुस्तालाई यसको महत्व, नाच्ने तरिका समेत सिकाइने गरिएको छ । यसले युवा पुस्तालाई समेत आफ्नो संस्कृतिको विषयमा जानकारी हुने र आफ्नो मौलिक संस्कृतिप्रति अभिरुची जगाउने सहभागी युवायुवतीहरु बताउछन् । नाचमा सहभागी धरान ३ की स्वरुपा थापा मगरले विगतदेखि नै आफू हुर्रा नाचमा सहभागी हुदै गएको बताउदै यहाँ आयोजना गरिएको हुर्रा नाचले मनोरञ्चनमात्र हैन मगर जातिको भेषभुषा, संस्कृति, भाषाको समेत ज्ञान हुने भएकोले नगरसमितिले आयोजना गरेको यो कार्यक्रम सह्रानीय भएको बताउनुभयो ।
कार्तिक औसीदेखि पूर्णेसम्म नाचिने यो पर्व धरानमा भने मगरजातिको संस्कृति जगेर्ना गर्नकै लागि विगत पाच बर्षदेखि प्रत्येक बर्ष आयोजना गरिदै आएको हो । यतिमात्र हैन संघले मगर जातिका नयाँ पुस्तालाई धरान १६ स्थित रहेको आफ्नै भवनमा भाषाको ज्ञान समेत दिदै आइरहेको छ । यसले समग्र मगरजातिको समद्र्धनमा टेवा पुग्ने मगर जातिका अगुवाहरुले समेत अपेक्षा राखेका छन् ।
