धरान÷ सिराहा जिल्ला गोलबजार ३ को मुहरिर्निया गाउका स्थानीयहरुलाई गायक गायक राजु ढकाल सहित अन्य दुईजना मिलेर ४० थान फिल्टर प्रदान गरेका छन् ।
दुषित पानी पिइरहेका त्यस गाउका बासिन्दाले स्वच्छ पानी पिउन पाउन् भन्ने उद्देश्यले सोमबार ८० हजार बराबरको ४० थान फिल्टर प्रदान गरिएको हो ।
‘स्वच्छ पानी पिऊ, स्वास्थ्य जीवन जिउ’ भन्ने अभिप्रले प्रदान गरिएको फिल्टर गाउँकै प्रतिनिधिको रुपमा आउनुभएका दिपेश लामालाई पुर्व शिक्षा मन्त्री दिनानाथ शर्मा, पत्रकार ऋषि धमला र गायक ढकालले संयुक्त रुपमा फिल्टर प्रदान गर्नुभएको थियो ।
स्वर्गीय ओमनाथ गेलालको स्मृतिमा बलबहादुर गेलालको तर्फबाट २५ थान, सुनसरी क्यासेट ईण्ड्रष्टिजबाट गायक ढकालले आफ्ना स्वर्गीय हजुरआमा
सरस्वती ढकालको स्मृतिमा १० थान र स्वर्गीय खेमकला लिम्बूका छोरा एलाइनेट जिमका अध्यक्ष विक्रम लिम्बूको तर्फबाट ५ थान फिल्टर उपलब्ध
गराइएको थियो ।
बाला चर्तुदशी शिवालयमा आफ्ना पितृहरुको नाममा सत्वीज छर्ने परम्परा छ । पितृहरुको नाममा सामाजिक सेवा गर्दा पितृहरुको आत्माले सही रुपमा सन्तुष्टि मिल्ने भएकोले आफूहरुले बाला चर्तुदर्शीकै दिन पारेर फिल्टर प्रदान
गरिएको दाताहरुले बताएका छन् । दातामध्ये गायक ढकालले मुसहर बस्तीका बारेमा सञ्चारमाध्यममा समाचार प्रकाशन भएपछि त्यहाँका बासिन्दालाई फिल्टर आवश्यक छ भन्ने लागेकाले समाज सेवाको भावनाले फिल्टर बितरण गरेको बताउनुभयो । सो क्षेत्रमा दुषित पानी सेवन गरिरहेका मुसहर बस्तीका बासीन्दालाई फिल्टर बितरण गर्न पाउदा गर्भ महसुस भएको बताउदै यस्तो पुण्यको काम अझै गर्न आफूलाई हौसला मिलेको समेत स्पष्ट पार्नुभयो ।
