धरान÷ प्राकृतिक रुपमा नेपालकै सुन्दर सहरको रुपमा चिनिएको पोखरा पर्यटकीय गन्तव्य स्थल त छँदैथियो । त्यहा शाहसिक पर्यटन खेले समेत
परिचित गरेको अवस्थामा पोखरालाई खेलकुदको सहर बनाउन अहिले पोखराका युवाहरु लागि परेका छन् ।
१४ बर्ष अगाडि खेलकुदको विकास गर्ने उद्देश्यले गठन भएको सहरा क्लब पोखराले सहराविहीन बालबालिकालाई क्लबको भवनमा राखी शिक्षा दिक्षाका साथै राष्टिूय फुटबल खेलाडी उत्पादन गर्ने कार्यलाई समेत जोड दिदै आएको छ ।
क्लबको मातहतमा रहने गरी सहराले सहरा एकाडेमीको सञ्चालन गर्दै अहिले तेस्रो व्याजसम्म आइपुग्दा ९० को
हाराहारीमा त्यस्ता बालबालिको शिक्षा, स्वास्थ्य र फुटबल खेलको प्रशिक्षण दिइसकेको छ ।
राष्ट्रिय टिमका खेलाडी अनिल गुरुङजस्ता खेलाडी उत्पादन गरेको पोखराले अहिलेसम्म प्रशिक्षण गरिएका खेलाडीहरु सबै एडिभिजन क्लबमा आवद्ध भएको सहरा क्लब पोखराका अध्यक्ष वीरभद्र आचार्यले बताउनुभयो ।
सरकारी सहयोग सून्यरहेको यस एकाडेमीलाई सहयोगी संस्था, दाता तथा पोखरामा हुने आहा गोल्ड कप, सहारा गोल्ड कप जस्ता टुर्नामेन्ट र देउसी भैलो खेलेर जम्मा भएको रकमले नै एकाडेमीको सञ्चालन भएको उहाले बताउनुभयो
पोखराका मात्र हैन पूर्वदेखि पश्चिमसम्मका सहाराविहीन बालबालिकालाई आफ्नै भवनमा राखी शिक्षा, स्वास्थ्य तथा हेरविचारसंगै फुटबल खेलको प्रशिक्षण दिने गरेको अध्यक्ष आचार्यको भनाई छ ।
भाडामा सञ्चालन भएको यस क्लबले ०६२ सालमो पोखरा १७ मा २६ रोपनी जग्गासंगै दुई तले भवन समेत निर्माण भएको छ भने क्लबको अक्षय कोषमा १ करोड रुपैया जम्मा रहेको छ ।
सरकारी सहयोग विना नै छोटो समयमा खेलकुदका क्षेत्रमा सहराले गरेको प्रगतिप्रति अन्यले समेत प्रशंसा गरेका छन् । केही समय अगाडि पोखरामा प्रमुख जिल्ला अधिकारी भएर बस्नुभएका र हाल आपूर्ति तथा वाणिज्य विभागका महानिर्देशक शम्भु कोइरालाले सरकारी सहयोग विना नै सहराले गरेको प्रगतिको विषयमा खुलेरै प्रशंसा गर्नुभयो ।
सहयोगीहरुले समेत आपूmले दिएको सहयोग सही सदुपयोग भएमात्र निरन्तर सहयोग गर्ने गर्छन् ।
पोखराको सहारा क्लबले गरेको यही प्रगति देखेर समेत सहयोगी हातहरु घट्नुको साटो बढेको क्लबका पदाधिकारी बताउछन् ।
अहिले यहाबाटमात्र हैन विदेशबाट समेत एकाडेमी सञ्चालनका लागि सहयोग आउने गरेको उनीहरुको भनाई छ । त्यसो त सहयोगीहरु समेत सहराको कामप्रति प्रभावित बनेर सहयोग गरेको बताउदै आएका छन् । बराह ज्वेलरी इण्डष्टिूज पा.लि.का अध्यक्ष शिव लामिछानेले केही गर्नेलाई सहयोग गर्ने नीति बराहको भएकोले सहरालाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
पोखरालाई यहाको मनोरम दृश्यको अवलोकनका रुपमा मात्र नलिई खेलकुदको विकासमा समेत नीजि क्षेत्रबाट ठूलो फड्को मारेका कारण पनि यहा बर्षेनी आन्तरिक तथा वाह्य पर्यटक भित्रिने क्रम बढ्दो छ । अझ सहाराले पोखराको विकासका लागि खेलकुदको अपहिारर्यतालाई महसुस गरी भविष्यका कर्णाधारलाई एकाडेमी राखी राष्ट्रिय खेलाडी उत्पादनमा सहाराले दिएको जोडप्रति पोखराबासी मात्र हैन मुलुकका हरेक पक्षले पाठ सिक्नु जरुरी छ ।
त्र
