सबलाई हल्लाईदिए
हयतिबेला नेपालका संसद, सञ्चारमाध्यम, मन्त्री, सचिव,
राजनीतिक दलका नेता तिनका भुरे टाकुरे नेताहरुलाई एउटै लोकमानले तिरिखिरी पारेर हल्याईदिएका छन् । नाममात्र हैन मान्छे पनि लोकमान
रै’छन् । खोदा पहाड निक्ला चुहा भनेजस्तो सांसदहरुले के के न खुत्याउँला झै गरेर एउटै गोत्र भएका झलेमालेर माउवादी केन्दका स्वाँठहले संसदम अविस्वास प्रस्ताव दर्ता गराए । अब अहिले तिनैको हरिजिोग होलाजस्तो छ । झण्डै एक महिना वित्दा पनि छलफलमा ५०जना सासदहरुमात्र देखिएका छन् । अरुले भटाभट लोकमानको विरुद्धको पस्तावमा गरको हस्ताक्षर फिर्ता लिन थाल्या छन् रे । खु्रसुक्क लोकमानको विरुद्धका विरुद्धमा हस्ताक्षरगरेकाहरुले फुत्तै लोकमनलाई हटाएर आफ्नो अवैध सम्पत्तिमा राज गरौला भन्ने सपना देख्या थे । अब भने यो मनसुवा पूरा नहुने देखिन थालेपछि हस्ताक्षर गर्नेहरुको झन झन निन्द्रा हराम हुन थाल्य छ । बाँदर बढी बाठो भयो भने खै के खै के जाति च्यापिएर मर्छ भन्थे हो रैँछ ।
पचास लाखको करामत
नेपालकी एक हरितन्नम, राजधानी मण्डीखटार दरबर नभएकी, गोडा पाँचेक प्राडो पजेरो नभएकी, विना लगनीमा नेता पल्टिएकी एक नतेलाई र्वमन सरकारले उपचारका लागि ५० लाख रुपैयेँ दिएर सर्वज्ञ हाइहाइ बटुलेको कछ । यो सरकार साह«ै मनकारी छ । केही नभाकी मण्डिखटार त्तलमा पल्टिने विचारालाई एक कारोडै दिनुपथ्र्ये । विचरीले एक करोड त मागेकीपनि हुन । तर के गर्नु कोही भिलेन बनेर विचरीलाई ५० लाख मात्र दिए । तै पनि उन्ले सनेष गरेर ५० लाखको भारी जुरुक्क बोकेर दौडिएरै सिंगापुर पुगिन् । अहिलेको जमनामा ५० लाख के हो र ? हिङ्ग नभए पनि हिङ्ग भएकी घरकी छोरी पो हुन त । जाबो पचास लाख दिँदैमा आकाशै छेडुला झै गरेर केही सनकसिंहहरु बौलाएको देख्दाघण्टाघरलाई ताजुव लाग्या छ ।
सुविधा चाहियो रे
कस्लाई के को धन्दा कस्लाई के को धन्दा घर ज्वाईलाई खानकै धन्दा त्यसै भन्या होइन र अब हेरै न हाम्रो सांसदहरु यतिबेला देश जाओस भाँडमा, जना जाउन भासमा छु मतलब भन्दै आफ्नो तलब भत्ता बढाउन कन्दनी कसेर लागेका छन् । भन्सार छुम गाडी भिœयउने, अहिले खाइपाई आउको तलब भत्ता भन्दा दुई गुणा बृद्धि गर्नुपर्ने, फर्निचर, पत्रपत्रिका, घरघाडा, सबैमा बृद्धि गर्नुपर्छ भनेर संसदभित्र बुरुक बुरुक उफ्रन थाल्या छन् । चुनावजितेपछि औँसी पूर्णे भन्दा बाहेक लुसुक्क गाउँ नपुगेक यिन्लाई तलब भत्ता बढाउनुपर्ने रे । सांसद विकस कोषको रकम समेत ओदे गोरुहरुले घुस घिचेझैँ फर्जियोजना बनाएर हसुर्ने अनि अझै थप सुविधा चाहिने ? नेता भनाउँदा सबै नरवादरले मुलुकचाहिँ नांगो नाच मैदन नै बनाउने भए वा †
धनिरामको खेलोफड्को
नाममात्रका धनिराम पौडेल अब साँच्चैनै धनी हुने भएका छन् । शिक्षामन्त्री धनिरामले चाँडै नै धनि हुने गुप्त गुरु योजना अगाडि सारिसकेका छन् । नौ महिनो सरकरमा तीन महिना चिप्लिसकेपछि उनी झल्यांस्स भएका छन् । अब यसरी भएन व भन्दै पौडेलले यतिबेला कमाउ धन्धे गुरु योजनामा लागेका हुन् । डा. गोविन्द केसी मेडिकल माmियाका विरुद्धमा अनसन बसिरहेका छन्, केदार भक्त माथेमको प्रतिवेदन लागू गर्नुपर्छ भन्दै इमान्दारहरुले नारा लगाइरहेका छन् । तर धनिराम सुन्दै सुन्दैनन् । उनमा
कसरी माल कमाउने भन्ने भूत सवार भएको छ । त्सैले त पांविधिक शिक्षा
परिषद् सिटिइभिटीईलाई मापदण्ड नपुगेक अस्पतालहरुर्ला नर्सिङ्ग कार्यक्रम सञ्चालन गर्न म्बन्धन दिन लगौटी कसेर दबाब दिइरहेका छन् । कमाउ धनिराम कमाउ । जसरी भएपनि कमाउ । कसैले कमाउँछन् भने तिमीले किन नकमाउने ? भोलि के हो के हो ? फेरि मन्त्री भइएला कि नभइला । कि कसो हौं ?
खेलाडी वाल्ल
बोल्ने र झुक्याउने कलामा विद्यावारिधी गरेका पर्धानमन्तरी पुष्पकमल दाहालले एफएसी सो लिडाडिटी कम फुटबलको उपाधि जितेर आएका राष्ट्रिय फुटबल खेलाडीलाई वालै बनाइदिएछन् । त्यत्रो फुटबलको उपाधि जितेकालाई जनही तीन तीन लाख दिने भनेर खेलकुद मन्त्रीबाट प्रचण्डाउले घोषणा गर्न लगाए । खेलाडीहशरु पनि फुरुङ्ग भए । जितेर फर्किएका खेलाडीहरुलाई वाल्वाटारमै बोलाएर सम्मानसँगै पुरस्कृत गर्ने कार्जेक्रम पप्रचयडाउले तय गरे । खेलाडीहरु पनि खुशी हुँदै वल्वाटार पुगे । प्रचण्डाउले सबैलाई मालासाला लगाइदिए । अनि लबेतानको भाषणा ठोक्दै अन्तेमा भने सरकारले घोषणा ग¥या तीन लाख रुपैया तपाईहरुलाई चाँडै नै दिने हाम्लाईलाइ
रा’छ । विचरा खेलाडीहरु आगो हुदै वाल्वाटारबाट तितरवितर भए । पहिलाकाले म्याच फिक्सिङ्ग गरेर माल कमाउँथे । अहिलेका विचराहरु सोझा
परेछन् ।
हावा गफ
यो देशलाई सतिको सराप परेरै होला यहाँका नेताहरु त हावा गफ गर्थे गर्थे हुँदा हुँदा अब यो एक बर्ष अगाडि जन्मेको पुन निमाण प्राधिकरण पनि हावा गफै गर्न थाल्यो । भुकम्म गएकोदुई बर्ष बित्न लाग्दा अहिलेसम्म पीडितलाई दाताहरुले दिएको रकम समेत बाँड्न हुति नपुगेको प्राधिकरणले आइतबार अनावश्यक खोकेछ । उसले दुई बर्षभित्रमा निजी आवास, एक बषभित्रमा स्वास्थ्य संस्था, तीन बष भित्रमा विद्यालय पुन निर्माण गरिसक्ने भनेर खोकेछ । मरेपछि खा बाबै केरा भनेझै दुई बर्षदेखि खुल्ला आकाशमा बसेकाहरु दुई बर्षसम्म टिक्ने हुन कि नहुन् । दाताले दिएको पैसामा पजेरो चढेर आलिशान महलम बस्ने प्राधिकरणका चतुरेहरुके खोकाइ देख्दा घण्टाघरलाई यो देशका केही सद्धे नहुने भन्ने लाइरा’छ ।
खारेज गर्नुपर्छ
नामचाहिँ लालबाबु पण्डित तर कामचाहिँ अरुलाई हरियो, निलो, कालो बनाउन भने खप्पिस् । झाल ेमालेमा सबै नेताहरु हावादारी र उखान टुक्के छैनन् । लालबाउ पण्डित जस्ता पनि छन् । एकताका तिनैलालबाबुले पिआर र ग्रिन कार्ड लिएका अनि नेपालमा उच्च ओहोदामा बसेर जागिर खाइरहेका हरुलाई कारबाही गर्छु भनेर उर्दी जारी गर्नासाथ दर्जनभन्दा बढीले जागिर छाडेका थिए । अब अहिले आएर फेरि तिनै हरेउ लालबाबुले अमेरिकामा बस्ने सबै नेपालीहरुको नेपाली नागरिकता खारेज गर्नुपर्छ भनेर प्वाक्क बोलिदिए । अब ती अमेरिकमा बस्नेहरुको हरिविजोग हुने भएको छ । अब उताबाट नव निर्वाचित राष्ट्रपति ट्रम्पले पनि लखेट्दैछन् यता पनि नागरिकता
खारेज हुने भयो यस्ता पाजी देशमा को बस्छ भन्दै ठूल्ठूला डिङ्ग हाँक्दै
अमेरिका पुगेक थिए । विचराहरु उत्तानोचित्त हुने भए ।
अन्तेमा
त्यो अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था ह्युवन राइट्स वाचले शान्ति सम्झौता भए यता नेपालमा बनेका सरकरले मानव अधिकारका सवालमा गरिएको वाचा पूरा नगरेको भन्दै चित्त दुखाएछ । फुइøयाको चित्त दुखाउनु ? नेपालकै राष्ट्रिय मानव अधिकारले दिएको सुझाव त पूरा गर्न सरकारले सकेको छैन भने सत समुन्द्रपारिकाले चित्त दुखाउनु वाल मतलब । मानव अधिकार हनन गर्नेहरु नै सरकारमा बसेपछि कहाँबाट वाचा पूरा हुनु ? जतिसुकै चिच्याएर माग पूरा गर भने पनि सबै उल्लंघनका घट्ना राजनैतिक कारणले हो भन्छन् । अनि के खाएर चित्त दुखाउनु ?
