हो भन्देउ न
हात्ती लम्कदै गर्छ कुत्ति भुक्दै गर्छ भन्ने लौह पुरुष गणेशमानसिंह चेला चपेटाहरुले यतिबेला निलिसक्या रै’छन् । अब त्यै नेपाली कँग्रेसका सभापति बुढडानिलकण्ठे काजीलाई
हेरौ न काजीले केही दिन अगाडि
भारतको गोवाको एउटा कार्जेक्रममा जाँदा दलाई लामाका प्रतिनिधि तथा तिब्बतका प्रधानमन्त्रीसँग भेट गरे भनेर कम निष्ठा भएका कम्युनिष्टहरुले यतिबेला सञ्चार माध्यममा काफुई चरित्र देखाएका छन् । निर्वासित तिब्बती प्रतिनिधिलाई भेट्नै हुँदैन भनेर कही लेख्या छ र ? भेट्दा कम निष्ठा भएकाहरुलाई के को आपत्ति ? कार्जेक्रल गर्नेले क–कस्लाई बोलाउँछन् बोलाउँछन् । देउवाले भेटेकै होकि भनेर ¥याख¥याख्ती पारेको देख्दा बुढानिलकण्ठे काजी पनि नामर्दै रै’छन् । हो भने हो भन्देउ काजी त्यसपछि बातै खलास , हो भन्दा संसदमा महाअभियोग प्रस्ताव दर्ता हुँदैन क्यारे । अनि फुइøयाँको ट्याई ट्याई ।
भ्रष्टाहरु निदाउने भए
यतिबेला नेपालक भ्रष्टहरु घ्वार–घ्वार्ती घुरेर निदाउन थाल्या छन । लोकमान छउन्जेल चारपहर रातमा चारपटक बौरिदै झकाउदै गर्नेहरु हिजो आज राम्र्रै घुराईमा पर्न जथाल्या छन् देश, जनता सबै लुटेर वन धनाढ्य भएका हिजोका कोदेहरु लोकमानको भुतलाई संसदबाटै हँटाउन यतिबेला न्वारानदेखिको कन्दनी चुँडिने गरी बल लगाएर हिडेका छन् । लोकमानको भुतबाट सबैभन्दा बढी होस हवास गुमउनेहरुमा सर्वहाराका नेता माने कम निष्ठा भएकाहरु नै देखिए । आफ्नै जनसेनाको रकम लुतुलुतु खाने,
राष्ट्रवादको खोक्रा नारा उराल्ने, रातो पासपोर्ट बेचुवा, मानव तस्करीमा संलग्न, कमिशनका दलालहरुको कुण्डली चित्र गुप्तले तयार पारेझै तयार पारेर बल्छी हान्न लाग्दा चोर बाटोबाट संसदमा महाअभियोग प्रस्ताव दर्ता गर्नेहरु यतिबेला आफूलाई बहादुर ठान्दैछन् । जे होस् अब यिनीहरुको निन्द्राचाहिँ हराम नहुने भएको छ । कारण यिनीहरु देशको कानुनभन्दा माथि जो छन् ।
ढाट कुरा
ढाँट उपहास बस्दैन भन्ने हिजो आज घण्टाघरलाई पूरा पूरा विश्वास लाग्न थाल्या छ । अब हेरौ न माउवादी केन्द्रका अध्येक्षे प्रचण्डाउले फेरि एकपटक सबै मधेशी दलहरुलाई ढाँटेर थाङनामै सुताइदिएका छन् । अस्तिका दिन उन्ले सिराहा पुगेर धक्कु लगाएछन् सविधन ससोधको तयारी अन्मि
चरणमा पुगिसक्यो । अब सबै दललाई विश्वासमा लिएर संसदमा चाँडै नै दर्ता गर्छु । उन्ले यसो भनेको सुनेर उनकै दलका लारायन काजीहरु भने खित्का छाडेर हाँस्या थे रे । कि न नहासुन त ? प्रचण्डाउ उही बोल्ने त हुन काम त माखो खालो सार्ने होइनन् । आÏनैले त पत्याएका छैनन् अरुले के पत्याउन ? प्रचण्डाउले अब उप्रान्त ढाँट कुरो नगर्दिए जाति हुन्थ्यो कि ?
खर्च चाहियो रे ?
बाबुको अपुताली खान जर्मनबाट नेपाल छिरेकी सुजोले उपचार खर्चको लागि सरकासँग एक करोड रुपैया माग्या कुराले यतिबेला तरकारीबालीको फेबुकले चर्चा पाएजस्तै चर्चा पाएको छ । धमिजा, लाउडा, कल वाइपस, कमिशनको लोदो रकम थन्क्याएर सुजोले उपचारका लगि एक करोड कुन थुतुनोले माग्या होलिन् ? ब्रेष्टम क्यानसर भयो उपचारकालागि एक करोड उपलब्ध गराइदिनु भनेर भनिछन् । नेपालमा हजारौ विपन्न वर्गका महिलाहरुलाई व्रेष्ट क्यान्सर छ । उनीहरु दुखाई कम गर्ने पेन किलर किनेर खान सक्दैनन् । खै त उनेरले राज्येसँग पैसा मागेका छैनन् । सद्धे भएर सत्तामा बस्दा पनि सोहोर्ने अनि विरामी हुँदा पनि राज्ये कोष नै दुहुने ? यो चाहिँ हजम भएन वा †
उस्तै उस्तै रे †
नेपालका एकजना ट्वाँके सञ्चारकर्मीले अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्प र नेपालका झालेमालेका अध्येक्षे खप्रअो उस्तै हुन् भनेर सामजिक सञ्जालमा लेखि पठाएछन् । ती ट्वाँकेको बुद्धि देखेर यतिबेला घण्टाघलाई दया लागेर आएको छ । खप्रओको त्यति नै चाकडी गर्नु छ भने बल्खुतिर गएर भान्छे बसे भैगो नि । खप्रओ पनि राष्ट्रवादी अनि ट्रम्प पनि राष्ट्रवादी रे । कहाँ
राजाराम कहाँ गंगुतेली भनेझैँ । गुहु र गोवर समेत छुट्याउन नसक्ने ट्वाँकेहरुबाटै खप्रओ पनि मख्ख परेर बस्न थालेको हो कि क्या हो ?
बेकामेहरु चीनतिर
अब यो मुलुकमा जसले जति डकार्दा पनि हुने भएको छ । अख्तियारलाई उठ्नै नसक्ने गरी लंगडो बनाइदिएको छ । अब हेरौ न आँची गर्नेलाई लाज छैन देख्नेलाई लाज भनेझै नेपाल आयल निगमको खर्चमा ६ जना सासद सहित १० जना चीनतिर हनिमुन मनाउन दौडिएका छन् । उपभोक्तासँग लिएको रकमबाट २५लाख रुपैयाँ आयल निगमले उनेरलाई खर्च गर्दैछ । ६ जनासहित स्वाँठ सांसद सहित १० जना चीनबाट पेट्रोलियम पदार्थ आयात गर्ने सम्भावनाको अध्ययन गर्न गाका रे । स्वाँठहरुले १२ दिनसम्म चीनमा हनिमुन मनाउने रे । हरेक स्वाँठको भागमा दैनिक १२ हजार ८ सय ४० रुपैया, हवाई टिकट, दारुपानी, सपिङ्ग सबै निगमकै । क्या हाइसञ्चो ? अब यिन्ले चीनमा गएर त्यहााको समृद्धि ट्वाँ परेर हेरेर त आउने हुन नि । अरु त यिन्का गिदीमा घुसे पो गर्छन् ।
महानिरीक्षक हटाउदै
सबैतिर बेइमान नै बैइमानको हालीमुहाली भएको बेला प्रहरीमा एकजना इमान्दार व्यक्ति थिए उपेन्द्रकान्त अर्याल अब तिन्लाई पनि पाँखा लगाउने चलखेल शुरु भएको
छ । प्रहरीको चेन अफ कमाण्ड भन्दा बाहिर नजाने, मन्त्री र नेताहको भनसुन नमान्ने अर्यालाई हटाउन जनकपुरिया नीति माने घरेलुमन्त्री विमलेन्द्र बाउ र पर्धानमन्तरी प्रचण्डाउ दुवैले कानेखुशी गरिसके रे । जबरजस्ती हँटाउदा जन्ताले ढुंगा मुढा गर्लान भनेर प्रहरीको नियमावली नै परिवर्तन गरेर अर्याललाई हँटाउने रे । अर्याललाई नहँटाएसम्म टिकापुरमा प्रहरी मार्नेलाई छोड्नै नमिल्ने भएसी’ त्यस्तो षडयन्त्रको तानावाना बुन्न खोज्या रे । त्यसै यो देशलाई सतिले सरापेको भन्या हैन नि † यो दशमन इमान्दार हुनु भन्दा बेइमान हुनु नै फाइदा छ । इमान्दार हुँदा ठोक्कर खानुपर्छ भने बेइमान हुँदा छाती फुकाएर दाई गर्न पाइन्छ । कि कसो हौ ?
अन्तेमा
झालेमालेका मासचिव इश्वर पोखरेलले अस्तिका दिन धरान र र विराटनगरमा आएर दह«ै खोकेछन् । हुन त झालेमालेका नेताहरु खोक्नामा हम किसिसे कम नही नै छन् । अब हेरौ न मासचिव जस्तो मान्छेले भन्या पर्धानमन्तरी पुष्पकमल दहाल हिजो आज पोलिटकल विजनेश गर्दैछन् रे । यस देशमा दलका नेता तिनका भाते सगठनका कार्जेकर्ता कस्लेचाहिँ पोलिटिकल विजनेश ग¥या छैनन् र ? जति बोल्यो, जति ताली बज्यो त्यति माल झर्ने व्यापार नै पोलिटिकल विजनेश हो । नत्र यिन्का राजधानीमा आकाश छुने घर, मर्सिटिज कार,
छोराछोरीको विदेशमा पढाई, साला साली, भान्जाभान्जीको रातारात आर्थिक समृद्धि कसरी हुन्थ्यो ? कागले आफ्नो नाम आफै काढ्छ भन्थे हो रै’छ ।
