धरानमा समावेशी छठ पर्व मनाइयो

धरान÷ यस बर्षको छठ पर्वले मधेश र पहाडेबीचको दूरीलाई घटाउदै आपसी भाइचाराको सम्बन्ध विस्तार गरेको छ ।
धरानमा भएको छठ पर्वको अवसरमा सोमबार विहान उदाउदो सूर्यलाई अर्घ दिने पर्वको अवसरमा को पहाडे को
तराईबासी केही छुटिदैनथ्यो । धरानको सेउती र सर्दु खोलाका किनारमा छठ पर्व मनाउन गएका सर्वसाधारण चाहे त्यो आदिवासी जनजाति होस् या आर्य जातिका हुन् चाहे मधेशी समुदायका जाति समुदाय हुन सबै एक आपसमा मिलेर छठ मनाएको दृश्य देख्दा नेपालमा कहिल्यै पनि सामाजिक सद्भाव नखल्बिएको बरु अरु मजबुत बन्दै गएको आभाष प्रष्ट देखिन्थ्यो ।
धरान १५ कि मनिका लिम्बु राति नै छठ पर्व मनाउन आफ्ना पारिवारका साथ सेउती खोलामा पुग्नुभएको थियो । आइतबार समेत अस्ताउदै गरेको सूर्यलाई समेत पूजा गर्नुभएकी उहाँ सोमबार विहान ३ बजे नै उदाउदो सूर्यलाई पूजा गर्न सेउती खोला पुग्नुभएको हो । विगत तीन बर्षदेखि यसरी नै छठ पर्व मनाउदै आउनुभएकी लिम्बु अहिले नेपालीहरुले मनाउने चाड सबै समावेशी बन्दै गएको बताउनुभयो । उहाले विगतमा मधेशी समुदायले मात्र मनाउदै आएको छठ पर्व धरानमा समेत समावेशी बन्दै जानुले मधेशी समुदाय र पहाडे समुदायबीचको सम्बन्धलाई अझ सुमधुर बनाउन कोशे ढुंगा सावित भएको बताउनुभयो ।
यस्तै धरान ३ का पुकार साहीको सोच समेत मनिकाकै जस्तो रहेको उहाँ समेत पछिल्लो समयमा पहाडे समुदाय र मधेशी समुदाय मिलेर एकै ठाउमा छड पर्व मनाउने प्रचलनले मधेशी र पहाडेबीचको सम्बन्धलाई प्रगाढ बनाउनेमात्र हैन विगतमा आफ्नो स्वार्थका लागि केही नेता तथा व्यक्तिहरुले पहाडे र मधेशी समुदायबीच एक आपसमा घोलिदिएका विषवमन समेत अमृतमा परिणत हुने स्पष्ट पार्नुभयो ।
त्यस्तै भनाई धरान १५ का सौगात रिजालको समेत रहेको छ । उहाले समेत विगत तीन चारबर्षदेयखि मधेशी समुदाय र पहाडे समुदायका जातजातिबीच एक आपसमा खुशी साटासाट गरेर मनाएको छठ पर्वले नेपालमा आपसी सद्भाव नघटेको गतिलो उदाहरण भएको स्पष्ट पार्नुभयो ।
त्यसो त मधेशी समुदाय समेत प्रत्येक बर्ष यसरी सबै समुदायसंग छठ पर्व मनाउदा आफूहरुलाई समेत खुशी लाग्ने बताउदै आएका छन् । धरान ३ पुरानो बजारका राजेश्वर प्रसाद झाले विगतमा मधेशी समुदायले मात्र यसरी खोलामा आएर छठ मनाउदा आफूहरु असुरक्षित बन्ने गरेको बताउदै यसरी सबै समुदाय मिलेर छठ मनाउदा प्रशासनले समेत सुरक्षा संयन्त्रलाई मजबुत बनाएको टिप्पणी गर्नुभयो ।
प्रत्येक बर्ष मनाउदै आएको छठ पर्व पछिल्लो समयमा समावेशी बन्दै गएपछि छठ पर्व व्यवस्थित पार्न सुनसरीमा यदुनन्दनप्रसाद साहुको अध्यक्षतामा छठपूजा समिति सुनसरी गठन समेत गरिएको छ । यसकै मातहतमा धरानमा समेत समिति गठन गरिएको छ । छठ पर्वका समयमा सबैले सुरक्षित महसुस गरुन् भन्ने उद्देश्यले गठन गरिएको यो समितिले त्यहाँको सम्पूर्ण व्यवस्थापन पक्षलाई हेर्ने गरेको छ । विगतमा मधेशी समुदायमात्र सेउती तथा सर्दु खोलामा आएर छठ मनाउदा असुरक्षित महसुस भएपछि छठ पर्व मनाउदा सर्वसाधारणलाई सुरक्षाको प्रत्याभूति दिलाउन समिति गठन गरिएको छठपर्व समिति धरानका सह संयोजक खगेन्द्र नेपालीले जानकारी दिनुभयो ।
जे होस् पछिल्लो समयमा छठपर्व कुनै एक जातिको पर्व नभई नेपालमा बसोबास गर्ने सम्पूर्ण जातजातिको बन्दै गएको
छ । यो नेपालीहरुका लागि खुशी मात्र हैन यसले भाइचाराको सम्बन्ध समेत विस्तार गरेको स्पष्ट छ । विगतमा भएका मधेश आन्दोलन र नाकाबन्दीले मधेशी र पहाडेबीच चिस्सिएको सम्बन्धलाई छठ पर्वले प्रगाढ बनाउनेमा दुईमत छैन ।
त्र

तपाईको प्रतिक्रिया