इमेज गायन रियालिटी सो को आयोजना हुने

धरान÷ मौलिक नेपाली लोक गित संगितको संरक्षण र प्रवद्र्धनको अभियान स्वरुप नेपालमै पहिलो पटक ईमेज च्यानलले आयोजना गरेको ईमेल लोक कलाकार नामक रियालिटि शोको दोस्रो अडिसन धरानमा कात्र्तिक २७ गते शनिबार हुने भएको छ ।
ईमेज च्यानलको आयोजनामा हुन लागिरहेको कोलगेट ईमेज लोक कलाकार रियालिटि शोका लागि पुर्वाञ्चलको अडिसन धरानमा हुन लागिरहेको धरानमा सोबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । आयोजकका अनुसार पूर्वाञ्चलका विशुद्ध लोक गितका कलाकारहरुले अडिसनमा सहभागि हुने छन् । पहिलो चरणको अडिसनमा राष्ट्रिय लोक गायकहरु तुलसी पराजुली, गणेश न्यौपाने र मनु नेम्बाङले छनौट गर्नेछन् । पहिलो अडिसन पोखरामा सकेर दोस्रो अडिसनका लागि आईपुगेका कार्यक्रमका निर्माता तथा प्रस्तोता विकाश श्रेष्ठ ‘मिलन’ ले हराउँदै गएको लोक गीतहरुलाई संरक्षण गर्ने मुख्य उद्देश्य अनुसार कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।
पोखरा, धरान र काठमाण्डौंमा पहिलो चरणको अडिसन सम्पन्न भए पछि सहभागिहरुलाई दोस्रो चरणको छनौट काठमाण्डौंमा हुनेछ । श्रेष्ठका अनुसार दोस्रो चरणबाट छनौट भएकाहरुलाई विभिन्न २६ चरणको प्रतिष्पर्धा पछि फाईनलमा प्रवेश गराईनेछ । माघको पहिलो हप्ता फाईनल हुने जनाएको छ । दोस्रो चरणबाट छनौट भएकाहरुलाई फाइनल अवधि सम्म काठमाण्डौंमा बस्ने, खाने र उनीहरुलाई म्युजिक सिकाउने लगायतका सम्पुर्ण खर्च आयोजकले व्यहोर्ने जनाएको छ । कार्यक्रमको विजेतालाई इमेज च्यानलको तर्फबाट १ लाख रुपैया
पुरस्कार सहित एउटा गीतको अडियो र भिडियो समेत निर्माण गरिदिने श्रेष्ठले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया