राजसंस्था र हिन्दु राष्ट्र पुनस्र्थापनाक लागि वृहत राष्ट्रवादी मोर्चा संघर्षको तयारीमा युवा, पूर्व प्रहरी र पूर्व सेनाको अलग अलग वाहिनी गठन ः मनिटरि· गरिरहेका छौं–एसपी पोख्रेल

धरान÷राजसंस्था सहितको हिन्दु राष्ट्र स्थापनाको उद्देश्यले पूर्व गृहमन्त्री स्व. दिलबहादुर श्रेष्ठका कान्छा छोरा सिनेट श्रेष्ठले गठन गरेको वृेहत
राष्ट्रवादी मोर्चाले यतिबेला आफ्ना गतिविधि सशक्त ढंगले अगाडि बढाएको छ ।
श्रेष्ठ आफै संयोजक रहेको मोर्चाको केन्द्रीय कार्यालय इनरुवा नगरपालिका वडा नं. ४ जिरायतमा रहेको छ भने मोर्चाको बरिष्ठ सल्लाहकारमा पूर्व मन्त्री एवम् बीपी कोइरालाका जेष्ठ सुपुत्र प्रकाश
कोइरला लगायत रहनु भएको छ ।
गठित मोर्चामा मुस्लिम, यादव, मेहता, चौधरी, क्षेत्री, बाहुन अर्थात सबै तह र तप्काका युवाहरु सहभागी भएको मोर्चा संयोजक सिनेट श्रेष्ठले जानकारी दिनुभयो । मोर्चामा सहभागी युवाहरु हरियो कम्ब्याट ड्रेस जुन अर्ध सैनिक पोसाकमा केन्द्रीय कार्यालय परिषरमै तालिम लिइरहेका छन् । मोर्चाका संयोजक श्रेष्ठका अनुसार सहभागी युवा पूर्व प्रहरी, पूर्व सैनिकहरुको छुट्टाछुट्टै बाहिनी गठन
गरिएको छ । पूर्व प्रहरीहरुको अर्जुन बाहिनी, पूर्व नेपाली सेनाहरुको
पर्शुराम बाहिनी, युवाहरुको ॐ बाहिनी गठन गरिएको छ । यी सबै बाहिनीहरुले तालिमका क्रममा प्रयोग गर्ने कम्ब्याट ड्रेस पनि भिन्नाभिन्नै रहेको छ ।
मोर्चा संयोजक श्रेष्ठले दिनुभएको जानकारी अनुसार मोर्चामा हरेक तह र तप्काका युवाहरु सहभागी रहेका छन् । युवाहरु काँग्रेस, एमाले माओवादी परित्याग गरेर समेत आएका छन् । उनीहरु वर्तमान राजनैतिक अवस्थाप्रति असन्तुष्ट भएर मोर्चामा आवद्ध भएका समेत ठूलो संख्यामा रहेका छन । मोर्चाले हिन्दु टाइगर, शिव सेना, साइराम, गोरक्ष बाहिनी लगायतका हिन्दुवादी संस्थाहरुसँग मिलेर आफ्ना थप गतिविधि अगाडि बढाउने भएको छ । मोर्चाले गदैैं
गरेको गतिविधि बाहिर आएपछि गृह मन्त्रालयले चासो व्यक्त गर्दै निगरानीका लागि जिल्ला प्रशासन कार्यालय सुनसरी र जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिएको थियो । निर्देशन बमोजिम प्रमुख जिल्ला अधिकारी मोहन चापागाई र सुनसरीका प्रहरी प्रमुख एसपी पोषराज पोख्रेलले मोर्चा संयोजक श्रेष्ठसँग भेटी पहिलो चरणको वार्ता गरिसक्नु भएको छ । प्रमुख जिल्ला अधिकारी मोहन चापागइएको निवासमा भएको वार्तामा मोर्चाका संयोजक श्रेष्ठ, सशस्त्र प्रहरी बलका एसपी जयबहादुर खड्का, राष्ट्रिय अनुसन्धानका उप निर्देशन नगेन्द्र दाहाल, प्रहरी प्रमुख एसपी पोषराज पोख्रेल सहभागी भएका थिए ।
वार्ताका क्रममा सुरक्षा प्रमुखहरुले मोर्चाको गतिविधि बारेमा जिज्ञासा
राखेका थिए । उनीहरुले माओवादीको १० बर्षे जनयुद्धले नेपाली जनताले ठूलो दुःख पाएकाले पुनः त्यस्ता गतिविधि अगाडि नबढाउन मोर्चा संयोजक श्रेष्ठसँग आग्रह गरेका थिए । सुरक्षा पमुखहरुले मोर्चाका कार्यकर्ताले प्रयोग गरेका कम्ब्याट ड्रेस, सार्वजनिक भएका तालिम लिँदै गरेका फोटोहरु, प्रशिक्षक आदिका सम्बन्धमा समेत गम्भीरता प्रकट गर्दे समाजमा त्यस्ता गतिविधिले आतंक फैल्याउने भएकोले रोक्न आग्रह गरेका थिए । प्रत्युत्तरमा श्रेष्ठले मोर्चाको उद्देश्य समाजमा आतंक फैल्याउने
नरहेको बताउनुभएको थियो । प्रशासन स्रोतले दिएको जानकारी अनुसार वार्ताका क्रमा श्रेष्ठले आफूले एउटा निश्चित
राजनीतिक उद्देश्य लिएर क्रान्तिको तयारी गरेको र क्रान्ति शान्तिपूर्ण हुने बताउनु भएको थियो । यसै सम्बन्धमा थप जानकारीका लागि जिल्ला प्रहरी प्रमुख एवम् एसएसपी पोषराज पोख्रेलसँग सम्पर्क राख्दा उहाँले भन्नुभयो हामी यतिबेला उहाँहरुको गतिविधिको मनिटरिङ्ग गरिरहेका छौं । जस्तो रुपमा मोर्चाको गतिविधि बाह्य प्रचार भएको छ त्यस्तो छैन । मोर्चामा आवद्ध केही युवाहरु कम्ब्याक्ट ड्रेसमा रहे पनि समग्रमा त्यस्तो छैन । उहाँले भन्नुभयो मोर्चा संयोजक श्रेष्ठले युवा संघ, वाइसिएल जस्तो युवा दस्ता बनाउन खोजेको हामीले अनुमान गरेका छौं ।

तपाईको प्रतिक्रिया