पूर्व मन्त्री तथा मुख्य सचिव माधवप्रसाद घिमिरेको गाडी त्रिशुली नदिमा खस्यो घिमिरको अवस्था अझै अज्ञात ः प्रशासनले खोजी कार्यलाई तिब्रता दियो

त्रिशुली नदीमा बेपत्ता भएका पूर्वगृह, परराष्ट्र तथा पूर्वमुख्यसचिव माधवप्रसाद घिमिरे र उनका भाइको खोजी जारी रहे पनि सुरक्षाकर्मीले फेला पार्न सकेका छैनन्। आइतबार बेलुकादेखि खोजी भइरहेको भए पनि अहिलेसम्म केही प्रगति हुन नसकेको प्रशासनले जनाएको छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहका अनुसार घिमिरे सहित बेपत्ताको खोजीका लागि राज्यका सबै संयन्त्र त्रिशुली नदीमा खटिएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले तीन वटा डुंगाबाट खोजिरहेको छ ।
‘सयजति सुरक्षाकर्मी त्रिशुलीमा खोजीका लागि खटिएका छन्, तर अहिलेसम्म प्रगति हुन सकेको छैन,’ घटनास्थलमै रहेका प्रजिअ सिंहले भने । उनका अनुसार जीप खसेको घोप्टेभीर क्षेत्रबाट तल्लोक्षेत्र मुग्लिनसम्मको दुई किलोमिटरसम्म खोजी भइरहेको छ । तर, त्रिशुलीमा अत्यधिक बाढी र
गहिरो क्षेत्र भएका कारण खोजीमै समस्या भएको उनले बताए । ‘नदीमा पानीको बहाव अत्यन्तै धेरै छ, गहिरो पनि भएका कारण खोज्न कठिन भइरहेको छ,’ प्रजिअ सिंहले भने ।
तर, त्रिशुलीमा अत्यधिक बाढी र गहिरो क्षेत्र भएका कारण खोजीमै समस्या भएको उनले बताए । ‘नदीमा पानीको बहाव अत्यन्तै धेरै छ, गहिरो पनि भएका कारण खोज्न कठिन भइरहेको छ,’ प्रजिअ सिंहले भने ।
परिवारसहित तीर्थाटनमा गएर फर्किने क्रममा घिमिरे चढेको जीप त्रिशुली नदीमा खसेको थियो ।
घिमिरेकी ८० वर्षीया आमा चैतन्यकुमारी, आफन्त नारायण काफ्ले र सशस्त्र प्रहरीका सई रामचन्द्र कार्कीको दुर्घटनामा मृत्यु भएको छ । चालक विष्णु राई हाम फालेर बाँचेका छन् । घाइते राईको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
उनीहरू चढेको बा ९ च १५३१ नम्बरको निजी गाडी आइतबार अपराह्न मुग्लिन र कुरिनटार बीचको घोप्टेभीरबाट त्रिशुली नदीमा खसेको थियो । भाइ मोहन र प्रकाश पनि घिमिरेसँगै बेपत्ता भएका छन्
यसैबीच त्रिशुली नदीमा वेपत्ता पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेको खोजीमा गण्डक ब्यारेज (भैसालोटन बाँध)सम्म टोली परिचालन गर्न प्रधानमन्त्री प्रचण्डले निर्देशन दिएका छन् ।
घिमिरेको खोजीकार्यको अवस्थाबारे बुझ्न सोमबार चितवनको घोप्टेभिर पुगेका यातायातमन्त्री रमेश लेखकसँग टेलिफोनमा कुराकानी गर्दै प्रचण्डले सो निर्देशन दिएका हुन् ।
त्रिशुली नदी नारायणी नदीमा मिसिएर नवलपरासीको गण्डक ब्यारेज हुँदै भारतमा पुग्छ । नवलपरासीको त्रिवेणी र भारत बिहारको भैसालोटन जोड्ने भएकाले गण्डक ब्यारेजलाई भैसालोटन बाँध पनि भनिन्छ ।
दुर्घटनास्थलको अवलोकन गरेपछि मन्त्री लेखकले प्रधानमन्त्री प्रचण्डलाई टेलिफोन गरी बस्तुगत अवस्था र खोजीकार्यबारे जानकारी गराएका थिए । सोक्रममा लेखकले २५ मिटरभन्दा गहिराईमा खोज्ने उपकरण र जनशक्ति नभएकाले खोजीकार्यमा समस्या भएको भनेर सुरक्षा अधिकारीहरुको ब्रिफिङ प्रचण्डलाई सुनाएका थिए ।
त्यसपछि प्रचण्डले बंगलादेशमा पानीभित्र हराइरहेका मानिस र गाडी पत्ता लगाउने गोताखोर भएको आफूले सुनेको बताउँदै तिनीहरुलाई झिकाउन कुटनीतिक पहल गर्ने बताएको मन्त्री लेखकले जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले अन्य स्रोतसाधनका विषयमा उच्च सुरक्षा निकायसँग तत्काल बुझ्ने पनि बताएको मन्त्री लेखकले जानकारी गराए ।
त्यसअघि मन्त्री लेखकलाई चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले नदीको २५ मिटरभन्दा पनि गहिराईसम्म खोज्ने जनशक्ति र प्रविधि नभएको बताएका थिए ।
सिंहका अनुसार तीनवटा डुंगा र एउटा र्रुयाफ्टिङ प्रयोग गरी नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरी खोजी कार्यमा जुटिरहेका छन् । तर, मध्यान्ह १२ बजेसम्म पनि वेपत्ता घिमिरे र उनका दुई भाइको अवस्था पत्ता लागेको छैन ।
मन्त्री लेखकले दुर्घटनास्थलमा रहेका प्रजिअ सिंह र सुरक्षा अधिकारीहरुलाई सडक किनारमा भाँचिएका रेलिङ तत्काल मर्मत गर्न, बिग्रिएर सडकमा रोकिएका गाडीहरु हटाउन र जोखिम क्षेत्रमा सुरक्षा सतर्कता अपनाउन निर्देशनसमेत दिएका थिए ।
पूर्वगृहमन्त्री माधव घिमिरे र उनका परिवारका सदस्य सवार बा ९ च १५३१ नम्बरको स्कार्पियो कार आइतबार साँझ चितवनको दाह्रेचोक(३ घोप्टेभिरबाट त्रिशुली नदीमा खसेको थियो । दुर्घटनामा घिमिरे र उनका दुई भाइ वेपत्ता छन् भने आमासहित तीन जनाको शव आइतबार नै फेला परेको थियो ।

तपाईको प्रतिक्रिया