पहिलो संविधान दिवसको दिन राजधानीका विभिन्न विद्यालयहरुमा बम विस्फोट संविधान र वर्तमान सरकारप्रति असन्तुष्टि जनाउदै आएकाहरुबाट विस्फोट गराइएको आशंका

काठमाडौं÷झण्डै ३७ अर्ब रुपैयाँ खर्च गरेर, ६०१ सभासदलाई आठ बर्षसम्म राज्यको ढुकुटीबाट पालेर गत असोज ३ गते जारी भएको नेपाल
अधिराज्यको संविधान अपुरो र
अधुरोमात्र हैन सिमित शासक वर्गका लागि मात्र लाभ पुग्ने सविधान भन्दै विस्तारै मुलुकभरि नै असन्तुष्टि देखिन थालेको छ ।
संविधान जारी भएकै दिन एकातिर सरकारले सुरक्षा घेराभित्र राजधानीको टुँडिखेलमा संविधान दिवस मनाइरहँदा राजधानीकै विभिन्न स्थानमा मात्र हैन देशैभरि कालो झण्डासहित विरोध प्रदर्शन भएका छन् । कतिपय स्थानमा संविधान जलाइयो भने कतिपय स्थानमा खारेजीको माग गर्दै प्रदर्शन भएका छन् ।
यसैक्रममा राजधानीका विभिन्न निजी विद्यालयमा मंगलबार विहान बम बिस्फोट भएको छ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी केन्द्र र योङ कम्युनिष्ट फोर्स नेपालले बम बिस्फोट गराएको प्रहरीको भनाई छ ।
प्रहरीका अनुसार बौद्धको आकाशद्धिप बोर्डिङ स्कुल र मनकामना उच्च माबिमा बम बिष्फोट भएको हो । बम बिस्फोट गराएको आशंकामा
प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । अनुसन्धानको क्रममा भएकाले नाम भने गोप्य राखेको छ ।
महानगरीय प्रहरी परिसर टेकुका प्रमुख विक्रमसिंह थापाले डल्लुको कञ्चनजंगा स्कुल, चप्पल कारखानाको कान्तीपुर स्कुल, जोरपाटीको राँगी स्कुल, आकाशदीप, मनकामना र स्टोपोल स्कुलमा बम राखिएको बताए ।
उनका अनुसार सेना र प्रहरीको टोलीले बम डिस्पोजल गरिरहेको छ । बम राख्ने मुख्य मान्छे पक्राउ परिसकेको र थप अनुसन्धान भइरहेको थापाले
बताए ।
महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता एसपी प्रधुन्न कार्कीका अनुसार ती दुई संस्थाले सरकारी र निजी विद्यालयको पाठ्यक्रम एउटै हुनुपर्ने, निम्न आए भएका विद्यार्थीलाई निःशुल्क पढाउनुपर्ने, निजी र सरकारी विद्यालयको मापदण्ड एउटै हुनुपर्ने लगायतका ९ बुँदे मागसहितको प्रचा छोडेका छन् । चन्दा मागेको र विद्यालयले चन्दा नदिएकाले विष्फोट गराएको हुन सक्ने प्रहरीको आशंका छ ।
त्यस्तै बौद्धस्थित राई स्कुल, इस्टपोल स्कुलमा शंकाष्पद बस्तु फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ललितपुरको रेडियन्ट स्कुलमा प्रेसरकुकर बम भेटिएको छ ।
शंस्कास्पद बस्तु रहेका विद्यालयमा सेनाको बम डिस्पोजल टोलीले बम निष्क्रिय बनाउने प्रयास गरिएको प्रवक्ता कार्कीले बताए । बम विस्फोट बारे अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया