घण्टाघरबाट हेर्दा

कांग्रेस हैन रे
गिर्जाउ बााचुन्जेल खुट्टा हल्लाएकी सुजोका हिजोआज खुट्टा हैन थुतुनोमात्र चल्न थाल्या रै’छ । अर्थोक नचलेसी’ अब चल्ने उही थुतुनो त हो नि । मान्छेले धेरै फाइाफुइा नगर्नु सबैथोक देखिन्छ बाबै भन्थे हो रै’छ । हिजोका दिनमा सुजो मेमको फाइाफुइा कम्ता थेन । अस्तिका दिन त उन्ले के सम्म भन्न भ्याइन् भने कि शेरबहादुर देउवा काागेस होइनन् कि म काग्रेस होइन । घण्टाघरले त सुजोलाई कहिल्यै काग्रेस नै देखेन । बरु म कााग्रेस होइन भन्द्या भए हुन्थ्यो । अरुको नाममा किन फड्कार्नु ? विचारा शेरबहादुर विद्यार्थीकालदेखिकै कााग्रेस । जेल नेल पनि कााग्रेस भएकैले भोगेका । उहिल्यै उहिल्यै पर्धानमन्तरी पनि कााग्रेस भएरै भा’हुन् अहिले पार्टी सभापति पनि काग्रैे भरै भा’ हुन् । संसदीय दलको नेता पनि कााग्रेस भएकैले भा’ हुन् । सुजोलाई देउवा मन पर्देन भन्दैमा जथाभावि थुतुनो चलाउनु त भएन नि । देउवाले सुजोको नाम मन्त्रीमा लिदेन, पत्याएन, गन्दै गनेनन् भनेर त्यसरी काग्रेस नै होइन भनेर आरोप लगाउनु छ भएन नि ?
गुटैगुट
नेप्लिज कााग्रेसमा यतिखेर गुटैगुट देखिएको छ । एउटा रामचन्द्रे गुट रे, अर्को कृष्ण सिटौले गुट रे अनि तेस्रोचाहिा देउवे गुट रे । राम राम † यतिका गुट एउटा दुलाभित्र ? रामचन्दे गुट र देउवे गुट त छादैथियो । हिजो अस्ति जन्मेको कृष्ण सिटौले गुटले काग्रेसमा गजबैले धााजा फाट्न थालेको छ हुन त लगैटीको जुम्रा टाउकामा पुगेसी बढी सकसकाउाछ भन्थे सिटौलाको गुटचाहिा त्यही भा’ हो कि क्या हो ? झापाको जितबहादुर पुरीको औला अठ्याएर कााग्रेस बनेका सिटौलाले तेस्रो गुट जन्माएर के को बहादुरी देखाउन खोज्या होलान् ? गिर्जाउ छउन्ज्याल भिजेको मुसो भएर हिड्ने सिटौले पार्टीभित्रै गुट जन्माएर किन मधेशीको बहुलोझै बन्न खोया होलान् , हुन त आफै रााड देशै भााड भन्छन् । सिटौलाले पनि त्यही नीति पार्टीभित्र अख्तियार गर्न खोज्या छ होलान नि ?
दिनैहुन्न
प्रचण्डाउको सरकारले एउटा कामचाहिा राम्रै गरेछ । पूर्व विशिष्ट भातमाराहरुलाई राज्येकोषबाट ग्याम ग्याम पैसा दिने निर्नय खप्रओको राष्ट्रवादी सरकारले गर्‍या थ्यो । गरिब जनताले तिरेको करबाट यमानका भुाडेवाल विशिष्ट भातमाराहरुलाई आजीवन बस्ने, खाने, पिउने, लगाउने, दौडने खर्च दिने खप्रअ‍ेले गर्‍या थे । अब त्यस्ता
भातमारा मध्येका ५ जनालाई मात्र सबै सुविधा दिने अरु सबैको कटाइ दिने प्रचण्डाउको सरकारले निर्नय गरेछ । तर ती ५ जनालाई मात्र पनि किन दिनु ? सुागुरलाई पोसेझै उनेरलाई किन पोस्नु । खोस्नु पर्छ । सत्ता र शक्तिमा छउन्ज्याल अक्टोपसले झौ सोहोर्ने अनि सत्ता र शक्तिबाट हाट्दा पनि तिनैलाई पोस्ने ? त्यस्ता विशिष्ट भातमाराको सबै सुविधा खोस्दा कसैले विरोध गर्दैनन्, कुनै संघ संस्था र नागरिक अगुवा सडकमा आउादैनन् । बरु ती ५ जनाको पनि खोसेर पुण्यको कम पो गर्ने हो कि पचण्डाउ ?
थापा–राणा
यतिबेला नेपालको राजनीतिम थापा–
राणाको जुहारी खुब चलेको छ । थापाले
राणालाई धारे हात लगाउने, राणाले थापालाई सक्तो सराप गर्ने । क्या गजबको रमाइलो
छ । थापा र राणाको पार्टी एकता होला होला जस्तो भाथ्यो । वीचमा कुनचाहिा सकुनीको पासाले काम गर्‍यो गर्‍यो । ९ महिना खप्रओको सरकारमा विदेश डुलुवा मन्त्रालयको स्वाद चाखेका कमलाउ अचानक विच्किनुको पछाडिको कारण त बल्ल सुरुवालको इाजार खुस्केझै खुस्किन थाल्या छ । राप्रपाले सरकारमा दुई जना मन्छे पठाएको भन्दै थापाले
एकीकरण तुहिएको बताए । राप्रपाले त जारी भएको सविधानमा हस्ताक्षर गरेको छ । हस्ताक्षर गर्ने दलले सरकारमा मान्छे पठाउनु कुनचाहिा नराम्रो हो र ? संविधानको विरोध गर्ने, हस्ताक्षर नगर्ने राप्रपा नेपालले चाहिा खप्रओको सरकारमा ढलीमली चाहिा गर्न हुने ? बेइमान त राणाभन्दा थापा नै देखिए । तपाईलाई कस्तो लाग्यो कुन्नि ?
जंग चलेछ
लाटो र सोझोलाई रिस उठ्यो भने नमज्जाको रिस उठ्छ भन्थे बुढापाकाहरु । हो कि क्या हो ? अब हेरौ न शान्त स्वभावका अर्जुन नरिसंह केसीलाई ओलिको
सरकारलाई सिंदरबारबाट मुन्ट्याएपछि उपपर्धानमन्तरी सहित गृह, स्थानीय वा
परराष्ट मन्त्रालय दिने भनेर केसीलाई बुढानिलकण्ठे दरबारले कान फुकेको रै’छ तर सरकारमा जाने जाने बेलामा दरबारको मुखिनीले छेस्के लगाइछन् कि क्या हो मुखिया वा माने देउवा काजीले रक्षा मन्त्रालयतिर पन्छाउन खोजेछन् । उपपर्धानमन्तरी र गृहमन्त्रीको पगरी अर्कैलाई गुथाइदिएछन् । यतिबेला ठूलो राजनैतिक वेइमनी हुादा कस्को कन्पारो तात्दैन, कस्को खोपडीबाट धुावा छुट्दैन ? पत्पत्ती धुवाई रहेका बेला दुईजना टपरटुइया सञ्चारकर्मी केसीकोमा पुगेर सरकारको
रिमोट कन्ट्रोल बाहिर छ भनेर खप्रओले भनेको भनेर सोधेछन । रिसको झोकमा कस्ले
रामायण पढ्छ र । सबैले महाभारत नै पढ्ने हो । केसीले भन्दिएछन त्यो कुरम ओलीलाई नै सोध्नु । विचरा टपरटुईय्या सञ्चारकर्मी ठामको ठाम सेन्टीÏलाट ।
व्युताउन माग
हिजे आज जताततै २०४७ सालको सविधान व्युताउनुपर्छ भन्ने माग बढ्न थाल्या छ । आन्दोलन गर्ने, दलका छेस्को, टकनटााकहरु सत्तामा पुग्ने, अकुत लुडयाउने, ख्याल गजबको लोकतन्त्र आएको छैन नेपालमा । देश टााट पल्टिदै गा’छ तर दलका नेता तिनका भाते संगठनका गुण्डाहरुको आर्थिक अवस्था काठमाण्णैको मानव महलमा मुला सप्रिएझौ तनक्क तन्किदै गएका छन । गणतन्त्र अगाडि नेपालको आर्थिक वृद्धि दर ७.८ प्रतिशत थियो भने अहिले ०.७७ प्रतिशतमा झरेको छ । काठमाण्डौ महानगरपालिकाका पूर्व मेयर पिएल सिंह, बरिष्ठ अभिवक्ता बालकृष्ण न्यौपाने जस्ता दिग्गजले धर्म बेचेर विदेशीले बनाइदया अहिलेको सविधान खारेज गरेर ४७ को संविधान व्युताउनुपर्छ रे । कुरो त ठीकै हो । बेकामे, काम नलाग्ने, केही लछारपाटो नलाग्ने अहिलेको संविधान जतिसक्दो सेलाइदेकै र
ाम्रो कि कसो हौ ?
२१ सय बनाउने ?
पार्टी होस् त माओवादी केन्द्र जस्तो । अरु पार्टीजस्तो हो र माओवादी केन्द ? अब हेर न माउवादी पाटर्यि अब २१ सय सदस्यीय केन्द्रीय सदस्य भएको बनाउने
रे । त्यसो भएसी सबैले केन्द्रीय सदस्य बन्ने चान्स पाउने भए । अरु पार्टीमा केन्द्रीय सदस्य बन्न खप्पर फुटाए पनि बन्न पाइादैन । तर माउवादी केन्द्रमा त्यस्तो छैन । होलसेलमै केन्द्रीय सदस्य बन्ने प्रावधान उक्त पार्टीले अवलम्बन गर्दिएको छ । अब माउवादी केन्द्रमा केन्द्रीय सदस्यहरु २१ सय सदस्को हुने भएपछि सबैले दह्रै चान्स पाउने भएका हुन् । साधारण सदस्य त अब माउवादीमा हट्ने भएको छ । सबैले केन्द्रीय सदस्य पाउने भएसी साधारण सदस्यमा को पो बस्ला र ?
अन्तेमा
मधेशवादी दलले अब सविधान खारेजीको आन्दोलन गर्ने रे । ये कुरा अस्तिका दिन संघीय समाजवादी पार्टीका अधयेक्षे उपिन्द्र जादवले भन्या । मधेश र मधेशीको माग पूरा नगर्ने हो अबको आन्दोलन सविधान खारेजीको हुन्छ रे । लामो आन्दोलन गरेर लखतरान परेका उपिन्द्रलाई कहिलेकाहीा के सनकले भेट्छ कुन्नि । अहिले सम्म एक मधेश एक प्रदेश, नागरिकता समान अवसरको माग राखेर मधेशदेखि काठमण्डौसम्म पुगेर आन्दोलन गर्दापनि हात लागि शुन्य भएपछि जादव यतिबेला आराम गरेर बसिसरहेका छन् । आराम गरेर बसकै बेला जादवमा त्यस्तो आइडिया फुरेको हो अबको आन्दोलन संविधान खारेजीको हुन्छ ।

तपाईको प्रतिक्रिया