फेला पर्‍यो चारखुट्टे कुखुरा

चरा चुरुंगीका दुइ खुट्टा हुन्छन् । तर भारतमा भने एउटा चारखुट्टे कुखुरा भेटिएको छ ।
जभलउत्तर प्रदेशको हापुडस्थित कुखुराको मासु पाइने एउटा पसल आजकल निकै चर्चामा छ । यो मामुली पसलले यति धेरै चर्चा पाउनुको एक मात्र कारण हो दिल्ली मण्डीबाट त्यहाा ल्याइएको एउटा चारखुट्टे कुखुरा ।
दुनियामै कहीा नभएको चार खुट्टे कुखुरा फेला परेपछि त्यहाा ठूलै हंगामा नै भएको छ । उक्त कुखुरा निकै कौतुहलताको विषय बनेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।
उक्त पसलमा कुखुराको मासु किन्न आएका मानिसहरु उक्त जिउादो कुखुरालाई हेरेर कसैले त्यसलाई भगवानको रुप भन्दछन् भने कतिपयले त्यसलाई चमत्कार भन्दछन् ।
कतिपयले त यो चमत्कारी कुखुरा किन्नका लागि महंगो मूल्य तिर्न समेत तयार भैसकेका छन् । एक जना व्यक्तिले उक्त कुखुरा ४ हजार भारुमा आफुले किन्ने प्रस्ताव गरे । तर पसलका मालिक मोहम्मद कासिम तथा मोहसिनले उक्त अनौठो कुखुरा बेच्न अस्विकार गरेका छन्
त्र

तपाईको प्रतिक्रिया