यसपालिको बोलबममा भक्तजनहरु दोहोरो मारमा

धरान/यस पटकको बोलबममा भक्तजनहरु दोहोरो मारमा परेका छन् ।
लगातार परेको बर्षा र नेकपा माओवादी (विप्लव) ले गरेको नेपाल बन्दका कारण बोलबममा आउने भक्तजनहरु दोहोरो मारमा परेका हुन् ।
अघिल्लो सोमबारको तुलनामा भक्तजनहरु बढ्ने अपेक्षा राखेको पिण्डेश्वर बाबाधाम समितिले समेत दोस्रो सोमबार भक्तजन अपेक्षा गरे अनुरुप नआएको बताएका छन् । सुनसरीको चतरास्थित सप्तकोशीबाट जल ल्याएर
धरानस्थित पिण्डेश्वर बाबाधाममा जल चढाउनेहरु भक्तजनहरुले यसपटक धेरै नै सास्ती भोग्नुपरेको भक्तजनहरुले बताएका छन् । नेपालका विभिन्न स्थानबाट मात्र होइन भारतबाट समेत पिण्डेश्वर बाबाधामको महिमा सुनेर जल चढाउनेको संख्यामा अत्याधिक वृद्धि भइरहेको समयमा पिण्डेश्वर बाबा धाम समितिले गरेको अपेक्षा अनुरुप दोस्रो सोमबार भक्तजनहरु आउन नसकेको पिण्डेश्वर बाबाधाम समितिका सचिव जयन्त गौतमले बताउनुभयो ।
तथापि पछिल्लो समयमा युवा पुस्ताहरु समेत बोलबमको महिमामा प्रभावित भएको पाइएको छ । केही बर्ष अगाडि एउटा रमाइलोको माध्यमका रुपमा बोलबमलाई लिने गरे पनि पछिल्लो समय युवायुवतीहरु बोलबमलाई एउटा अभियानकै रुपमा लिएर हिड्न थालेका छन् ।
धरान १५ की कविता खड्काले समेत यस्तो बर्षादको बेलामा समेत जोखिम मोलेर आफ्नो परिवारको खुशीको लागि बोलबम गएको बताउनुभयो । उहााले बोलबम जादा मनोकांक्षा पूरा हुने भएकोले बर्षादको समयमा हुने बाढी, पहिरो, खोला नालाको समेत वास्ता नगरी आफू बोलबममा गएको
बताउनुभयो । यस्तै विराटचौक मोरङका मनोजकुमार बस्नेतले समेत बर्षादको कुनै प्रवाह नगरी आफूले चिताएको मनोकांक्षा पूरा गर्न बोलबम गएको बताउनुभयो । उहाले धरान चतराको बाटो बाढीका कारण हिड्न अत्यन्तै कठिन भएकोले झुक्काबाट घुमेर खाली खुट्टा पिण्डेश्वर बाबाधाममा जल चढाएको बताउनुभयो ।
त्यस्तै इटहरीका १७ जना युवक डा. केसीले उठाएका मागको सुनुवाई हुनुपर्ने, केसीको जीवन रक्षामा सबै सहभागी हुनुपर्ने सन्देशका साथ बोलबममा सहभागी भएका छन् । रोट्ट्याक्क क्लब, युथ डेभलप सेन्टर, युथ फर ब्लड, वेटर कम्युनिष्टी एण्ड फेमिली एसोसिएन, क्विक भोलेन्टियर, वी पावर वेण्डमा आवद्ध १७ जना युवाहरुले ‘राष्ट्रको लागि एक घण्टा’ अभियान नै
राखेर केसीको मागलाई सरकार समक्ष दबाब दिने उद्देश्यले विविध कार्यक्रमको आयोजना गर्दै आएका छन् । यसै क्रममा उनीहरुले सुनसरीको चतरास्थित रहेको सप्तकोशीको जल ल्याएर धरान १४ स्थित रहेको पिण्डेश्वर बाबाधाम समितिमा केसीको स्वास्थ्यलाभको कामना सहित जल समेत चढाएको उनीहरुले बताएका छन् ।
सरकारसंग चारबुदे सहमति भए अनुसार केसीको अनसन तोडेकोमा खुशी व्यक्त गर्दै यसको कार्यान्वनयमा इटहरीका युवाहरुले दबाब निरन्तर
राख्ने बताएका छन् । यस्तो पुण्य काममा समेत बन्द हड्ताल हुनु विडम्बना भएको बताएका छन् । यसरी युवायुवतीहरुमा पछिल्लो समयमा आफ्नो धर्म संस्कृतिप्रति मोह जाग्नु सकारात्मक रुपमा अग्रजहरुले समेत लिएका छन् ।

तपाईको प्रतिक्रिया